खोकनामा झडप, आदिवासी अभियन्ताहरुको आपत्ति-भिडियो सहित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ असार २०७७, आइतवार
खोकनामा झडप, आदिवासी अभियन्ताहरुको आपत्ति-भिडियो सहित

ललितपुरको खोकनामा स्थानीय आदिवासी नेवा समुदाय र प्रहरी बीच शनिवार दोहोरो झडप भएको छ । 

सरकारले सुरु गरेको राष्ट्रिय गौरवको सडक परियोजना फास्ट ट्«याकको प्रस्थान बिन्दूस्थित खुदोलमा स्थानीय नेवाहरुले साँकेतिक बिरोध स्वरुप धान रोपाई गर्न खोजे पछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । 

धिमे र भुस्या बाजा बजाउँदै स्थानीयहरु धान रोपाई गर्न खुदोल पुगेका थिए । उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरका थिए ।

हातमा जग्गाधनी लालपूर्जा समेत बोकेर खेतमा रोपाइ गर्न ओर्लिएका खोकनाबासीलाई तितरबितर बनाउन प्रहरीले अत्याधिक बल प्रयोग गरेका थियो । 

हातमा जग्गाधनी लालपूर्जा समेत बोकेर खेतमा रोपाइ गर्न ओर्लिएका खोकनाबासीलाई तितरबितर बनाउन प्रहरीले अत्याधिक बल प्रयोग गरेका थियो । प्रहरीले दर्जनौ सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । यस क्रममा स्थानीयले समेत प्रहरी माथि ढुंगा प्रहार गरेका थिए । झडपमा परेर केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । 

अभियन्ताहरुको बिरोध 

खोकना झडप पछि नेपाल आदिवासी जनजाति महासंघ र बिभिन्न जातीय संस्था, मानव अधिकारकर्मीहरुले घटनाको बिरोध गर्दै सरकारलाई बिभेदकारी नीति सच्याउन आग्रह गरेका छन् । 

ऐतिहासिक सम्पदाले भरीपूर्ण नगरी खोकना, बुङ, कुदेश क्षेत्रमा राज्य सरकारबाट भई रहेको मानव अधिकार बिरुद्धको ज्यादती बन्द गर्न अपिल गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत वराम, नेवा देय् दबुका अध्यक्ष नरेश ताम्राकार राष्टिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझी र नेपालका अदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)का सचिब अधिवक्ता शंकर लिम्बू समेतले संयुक्त वक्तव्य जारी गर्दै  ऐतिहासिक सम्पदाले भरीपूर्ण नगरी खोकना, बुङ, कुदेश क्षेत्रमा राज्य सरकारबाट भई रहेको मानव अधिकार बिरुद्धको ज्यादती बन्द गर्न अपिल गरिएको छ । 

बक्तव्यमा विभेदकारी राज्य सरकार र व्यबस्थाको आफनो आफनो ठाउँबाट बिरोध गर्न पनि आह्रवान गरिएको छ । सो बक्तव्यमा त्यस क्षेत्रका आदिवासी नेवा र स्थानीय जनताको बाच्न पाउने अधिकार हनन् भएको दावी गर्दे आदिवासी नेवाको आदिभूमि अतिक्रमणको निन्दा गरिएको छ । 

खोकना र बुङमती हुँदै काठमाडौ–तराई  द्रुतमार्ग संगै १३२ केभीए प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटलाइट सिटी, बाग्मती कोरीडोर, काठमाडौ तराई रेलमार्ग जस्ता आयोजना सञ्चालन गर्ने घोषणा गरेको छ । फास्टट्रयाकका कारण बुङमती, खोकना, कुदेश र सिकाली मन्दीरको साँस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्याकै खेतीयोग्य जमिन नष्ट हुने स्थानीयको आरोप छ ।

प्रतिक्रिया