जनजाति महासंघद्धारा आन्दोलनको घोषणा

डोल्मा शेर्पा
डोल्मा शेर्पा२५ मंसिर २०७५, मङ्गलवार


देशव्यापी धर्ना, विदेशमा पनि विरोध कार्यक्रम


काठमाडौँ÷२५ मङसिर,२०७५

 नेपाल आदिबासी जनजाति महासंघले जनजातिहरुको साँस्कृतिक चार्डपर्वको सार्वजनिक विदा पूनःस्थापनाका लागि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने भएको छ । मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघका अध्यक्ष जगत वरामले यस्तो जानकारी दिनुभएको हो ।

सरकारले आदिबासी जनजाति समूदायको ल्होछार, ल्होसार, माघी, माघी संक्रन्ति, र उधौली, उभौलीजस्ता प्रमूख चाडपर्वलाई यस बर्षदेखि कटौती गरेको थियो । ती सार्वजानिक विदा पुनःस्थापनको लागि अदिबासी जनजनतिमहासंघ लगाएतका संघसंस्थाले पटक पटक अग्रह गरे पनि सुनवाई नभएकाले आन्दोलन गर्नु परेको पत्रकार सम्मेलनमा जनकारी दिइएको थियो ।

सरकारले आदिबासी जनजाति समूदायको ल्होछार, ल्होसार, माघी, माघी संक्रन्ति, र उधौली, उभौलीजस्ता प्रमूख चाडपर्वलाई यस बर्षदेखि कटौती गरेको थियो ।

पत्रकार सम्मेलनमा आदिबासी जनजातिका चाडपर्वमा दिईने सर्वजानिक विदा पुनःस्थापना नभए थप सडक संघषको कार्यक्रम ल्याउने चेतावनी दिइएको थियो । महासंघ लगायत ६७ जनजातिय प्रतिनिधीमुलक संगठनहरुकाो तर्फबाट आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङसिर २९ गते जिल्ला जिल्लाबाट स्मरण पत्र पठाइने, पुस १ गते विदेशस्थित दुताबास मार्फत ज्ञापन पत्र प्रेषित गर्ने,सोही दिन विपक्षी दलका नेता शेरबहादुर देउवालाई ज्ञापन पत्र दिने, पुस २ गते नेकपाका अध्यक्ष पुषपकमल दाहाललाई ज्ञापन पत्र दिने,  त्यसै दिन देशैभरी स्थानिय तह शैक्षिक संस्था र कलकारखानाहरुमा सर्वजानिक दबाबमूलक गतिविधी सञ्चालन गर्ने कार्यक्रम सर्वजानिक भएको छ । कार्यक्रमको शिलशिलामा पुस ३ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र पुस ४ गते ७७ जिल्ला ७ प्रदेशमा दबाबमूलक धर्ना कार्यक्रम गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष नविन रोक्का मगरले प्रेस विज्ञप्ती वाचन गर्नुभएको थियो भने अध्यक्ष वरामले पत्रकारको प्रश्नको जवाफ दिनुभएको थियो ।  

प्रतिक्रिया