पद्मरत्न तुलाधर व्यक्ति नभएर शक्ति हुन् (भिडियो सहित) 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ कार्तिक २०७५, बुधवार
पद्मरत्न तुलाधर व्यक्ति नभएर शक्ति हुन् (भिडियो सहित) 

पद्मरत्न तुलाधर ‘व्यक्ति मात्र नभएर शक्ति भएको’ आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा नागरिक समाजका अगुवाहरुले बताएका छन् ।  

तुलाधरको २०७५ साल कात्तिक १८ गते आइतबार काठमाडौमा मस्तिष्कघातका कारण निधन भएको थियो । 

नेवारी परम्परा अनुसार उहाँको कात्तिक १९ गते राष्ट्रिय सम्मानका साथ शोभाभगवतीमा दाहसंस्कार गरिएको थियो ।

नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्त गरिएको थियो । यस अवसरमा नेपाल प्रहरीको टुकुडीले सलामी समेत अर्पण गरेका थिए ।  

नेपालको मानव अधिकार, भाषिक अधिकार तथा आदिवासी जनजाति अधिकार आन्दोलनका समेत नेतृत्व लिनु भएका तुलाधरको निधन प्रति राष्ट्रपति बिद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत बिभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले शोक बक्तव्य प्रकासित गरी श्रद्धान्जली व्यक्त गरेका छन् । 

तुलाधरको निधनका कारण नेपाल सम्बत ११३९को अवसरमा आयोजना गरिने कार्यक्रमहरु स्थगित गरिएको छ । 

तुलाधरको निधनका कारण नेपाल सम्बत ११३९को अवसरमा आयोजना गरिने कार्यक्रमहरु स्थगित गरिएको छ । 

पन्चायत बिरोधी आन्दोलनबाट राजनीतिमा लाग्नु भएका तुलाधर नौ महिने एमालेको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री हुनु हुन्थ्यो । 

तत्कालीन बिद्रोही माओवादीलाई शान्तिबार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्बाह गर्नू हुने तुलाधर बहुआयामिक व्यक्तित्व हुनु हुन्थ्यो । 

तुलाधर नेपाल भाषा मंका खलको अध्यक्ष हुनु भएको बखत सुरु भएको भाषिक आन्दोलन अहिले पनि जारी छ । तुलाधरले नेपाल सम्बत लाई स्थापित गर्ने काम गर्नु भएको थियो । 

उहाँकै पहल र अभियानको परिणाम स्वरुप यतिबेला नेपाल सम्बतले सरकारी मान्यता पाएको छ । 

शान्त र सरल मिजासका तुलाधर पछिल्लो समयमा आदिवासी जनजाति राष्टिय आन्दोलनका संयोजक हुनु हुन्थ्यो । 

उहाँ मानव अधिकारसंग जोडिएको हरेक बिषयमा सरिक हुने गर्नू हुन्थ्यो । 

समाबेशी नेपालको बिभेदरहित समाज नै पद्मरत्न तुलाधरको साँचो सपना हो । 

यदि हामीले पद्मरत्न तुलाधरको सपनालाई पुरा गर्ने हो भने यो बाटोमा हामी सबै लाग्नु नै अहिलेको प्राराम्भीक दायित्व भएको उहाँका अनुयायीहरुले बताएका छन् । 

प्रतिक्रिया