बोटे समुदाय आन्दोलित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ चैत २०७४, बुधवार
प्रमिला बोटे, घरेलुकिटनाशक औषधी बनाउँदै, स्रोत प्राक्टीकल एक्सन नेपाल


पूर्बी नवलपरासीका बोटे समुदाय माछा मार्न पाउनु पर्ने माँग गर्दै आन्दोलित भएका छन् । त्यहाँको राष्ट्रिय निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्न रोक लगाए पछि उनीहरुले आन्दोलनका कार्यक्रम ल्याएका हुन् । जंगली सागसिस्नु र कंन्दमूल संकलन तथा माछा मार्ने आदिवासी जनजातिको अधिकारलाई सरकारले खोसेका कारण आन्दोलन गर्नू परेको बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनु भयो ।  

पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।


पूर्बी नवलपरासीका बोटे समुदाय त्यहाँको राष्ट्रिय निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्न रोक लगाए पछि माछा मार्न पाउनु पर्ने माँग गर्दै आन्दोलित भएका छन् ।

परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनुभयो ।

माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ ।

दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

गत फागुनमा दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलनका क्रममा नवलपरासीमा रहेका सात मध्यवर्ती उपभोक्ता समिति र एक मध्यवर्तीबाट सञ्चालित सहकारीमा तालाबन्दीसमेत गरिदिएका छन् ।

निकुञ्जले अभियुक्त दुई जनालाई रु पाँच पाँच हजार धरौटीमा रिहा गरेको छ भने दुई दिनअघि माछा मार्दै गरेका बाबुछोरालाई नियन्त्रणमा लिएको छ ।

निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया