१३९ औं तामाङ साहित्य श्रृखला सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ माघ २०७१, आइतवार

माघ २५, काठमण्डौं ।
शनिबार काठमण्डौंमा तामाङ भाषामा साहित्य वाचनको १३९ औं श्रृखला सम्पन्न भएको छ । तामाङ डाजाङ साहित्यकीक संस्थाको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार बिगत २०५९ सालदेखि शुरु साहित्य वाचन कार्यक्रम हुदै आएको छ ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा सम्पन्न साहित्यीक कार्यक्रममा डेढ दर्जनबढि स्रस्टाहरुले साहित्यका विभिन्न विधामा लेखिएका रचनाका साथै तामाङ मौलिक गित प्रस्तुत गरेका थिए । स्रस्टाहरु मोतिलाल दोङ, राम.बि लामा, छेयाङदोर्जे लामा र ङेमा गोलेलगायतले तामाङ भाषामा लेखिएको कविता, गजल र बालगित प्रस्तु गरेका थिए । त्यस्तै सपना योन्जन, सजन मोक्तान, धनकुमारि घिसिङ, संगिता थिङ, रन्जना मोक्तानलगयातकाले तामाङ मौलिक लयमा गित गाएका थिए । 

dajang

भाषा संरक्षणका लागि साहित्य विकास बिना सम्भव नहुने भन्दै एक दशक भन्दा पहिले तामाङ डाजाङले थालेको साहित्य वाचन कार्यक्रमको चाख र महत्व अझै उत्तिकै रहेकोले आफुहरु उत्साहित रहकोको तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जनले बताउनु भयो ।
पछिल्लो समय तामाङ भाषामा साहित्य लेखन तिब्र रुपमा अघि बढेको तामाङ भाषा तथा साहित्यकर्मिहरुले दावि गरेका छन् । उनिहरुका अनुसार करिब एक सय जति तामाङ साहित्यका विभन्न विधाका कृतिहरु बजारमा आइसकेका छन् । काठमण्डौंमा मात्रै हरेक महिना ४ वटा साहित्य वाचनका श्रृखलाहरु चल्दै आएका छन् । महिनाको सबै शनिबारमा तामाङ भाषामा लेखिएको साहित्य वाचन कार्यक्रमको विभन्न साहित्यीक संस्थाहरुले नेतृत्व गर्दै आएका छन् । तामाङ भाषा तथा साहित्यका विकास र उथ्थानका लागि भन्दै तामाङ साहित्य एकेडेमी पनि बनि सकेको छ ।

Dajang

 

प्रतिक्रिया