आदिवासी जनजाति चलचित्र महोत्सव सुरु 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ असार २०७४, आइतवार
आदिवासी जनजाति चलचित्र महोत्सव सुरु 

इन्डीजिनिय सम्बादाता

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तिन दिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा शनिबार देखि सुरु भएको छ । 
  
उक्त  कार्यक्रमको प्रमुख   अतिथी  सभामुख ओनसारी घर्ति मगरले पानसमा बति बालेर महोत्सवको उदघाटन गर्नुृ भएको थियो ।  कार्यक्रमको उदघाटन गर्ने क्रममा  सभामुख घर्ति मगरले आदिवासीका समृद्ध कला , संस्कार , संस्कृति , भेषभुषा , किपट भुमि समेतको प्रचारले नेपाललाई विश्वमा चिनाउन सकिने बताउनुभयो । त्यसैगरी चलचित्र  समाजको एउटा ऐना र प्रतिबिम्ब पनि रहेको उहाले बताउनुभयो । आदिवासी जनजाति चलचित्र महासंघलाई आफुले व्यावस्थापिका संसदबाट गर्ने मिल्ने सहयोग गर्ने प्रतिबद्धाता पनि दिनु भयो । 

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तिन दिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सवको काठमाण्डौको मृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा शनिबार देखि सुरु भएको छ । 
 
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामले आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र महोत्सवको आयोजना गर्नुभनेको आदिवासी जनजातिहरुको पहिचानको लागि कोसेढुङ्गा भएको बताउनुभयो । त्यसैगरी किरात राई राई चलचित्र संघको अध्यक्ष केशव राईले चलचित्र महोत्सव चै यो एउटा ऐतिहासीक दस्तावेज पनि हुने बताउनुभयो । निर्देशक नविन सुब्बाले आदिवासी जनजाति सेन्सर गर्ने  निकायमा भाषागत ज्ञान भएका  पदाधिकारी र प्राविधिकको कारणले सास्ती व्योहेदै आएको बताउनुभयो । 

त्यसैगरी नेपाली चलिचित्र विकास बोर्डको पर्व अध्यक्ष राजकुमार राईले आफनो कार्यकालमा आदिवासी जनजाति चलचित्रहरुलाई पनि स्थान दिएको बताउनुभयो । जातिय चलचित्रहरु निर्माण गदर्खा मौलिक पहिचान बोकेको बनाउनु पर्ने उहाले बताउनुभयो । कार्यक्रममा चलचित्र निर्माण संघ अध्यक्ष आकास अधिकारीले चलचित्र निर्माण गर्दा आखा,नाक र कान तिन वटा इन्द्रीयले काम गर्ने खालको निर्माण गर्नु पर्ने बताउनुभयो । 
 
शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा रहेको छ  । 
आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवारले आदिवासी जनजातिहरुको चलचित्रहरु जति नै गुणस्तरीय भएपनि राज्य स्तरमा ठाउ नपाएको बताउनुभयो । आदिवासी जनजाति सम्बन्धि बनेको चलचित्रहरु पनि अब राज्य स्तरमा स्थान पाउनु पर्ने र ध्यानकर्षण दिनु पर्ने बताउनुभयो । आदिवासी जनजाति चलचित्रकर्मिहरुको सृजना सम्मान गर्न लागि महोत्सवको आयोजना गरेको उहाले बताउनुभयो । 

शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा रहेको छ भने सोमबार ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा , बुम्बा प्रर्दसन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा किरात , लिम्बु , थारु , गुरुङ्ग , तामाङ्ग , थारु , नेवार समुदायले जातिय भेषभुषा बाजागाजा सहित  झाकी नृत्य प्रस्तुत गरेका थिए ।  
 
  

प्रतिक्रिया