तामाङ समुदायले संञ्चालन गरे गाउमै होमस्टे

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ असार २०७४, सोमवार
तामाङ समुदायले संञ्चालन गरे गाउमै होमस्टे

 मस्र्याङ्दी गाउँपालिका ८ भुस्मेकी देवीमाया तामाङले गाउँमा होमस्टे सञ्चालन गरेकी छन् । छोराछोरी पढाउन बेंसीसहर झरे पनि कतारमा काममा गएका पतिको कमाइ सोचेअनुसार नभएपछि उनी गाउँमै फर्किएकी हुन् । उनले भनिन्, ‘गाउँमै खेती किसानी गर्छु, होमस्टे चलाउँछु भनेर गाउँ फर्किएँ ।’

६ महिनाअघि मलेसियाबाट फर्केका मदमबहादुर तामाङले पनि होमस्टे सुरु गरेका छन् । मलेसिया ६ वर्ष बसेर फर्केका उनले होमस्टे सञ्चालन गरी गाउँमै अर्थोपार्जन गर्ने सोच बनाएका छन् । मिलिजुली आमा समूहकी अध्यक्ष नालमाया तामाङका अनुसार गाउँका महिला बढी होमस्टे सञ्चालनतर्फ आकर्षित भएका छन् । उनीहरूले होमस्टेको तालिम लिएपछि मात्र सुरु गरेका हुन् । ‘होमस्टे हेर्न घलेगाउँ पुग्यौं । तालिम लियौं र सुरु र्गयौं,’ उनले भनिन् । हिजोआज गाउँमा पर्यटक आउन थालेका छन् ।

गाउँमै खेती किसानी गर्छु, होमस्टे चलाउँछु भनेर गाउँ फर्किएँ ।’

टटेलाको फूलमा नौनी घिउले भिजाई पर्यटकलाई टीका लगाएर होमस्टेमा भित्र्याउने गरेको र खादा लगाएर गीतमार्फत बिदाइ गर्ने उनले बताइन् । होमस्टे सञ्चालिका तारादेवी तामाङका अनुसार स्वदेशी र विदेशी पर्यटकका लागि छुट्टाछुट्टै मेनु बनाइएको छ । उनका अनुसार अलैंची र पतिना चिया, तोङ्बा, गुन्द्रुक सुप, कोदोको सुप, उसिनेको पिँडालु र तरुल, कोदोको रोटीलगायत अन्यत्रका भन्दा फरक खालका परिकार छन् । उनले भनिन्, ‘आलुको लागि प्रख्यात ठाउँ भएकाले आलुका विभिन्न प्रकार बनाई पर्यटकलाई खुवाउन थालेका छौं ।’

गाउँका अगुवा नारायण तामाङका अनुसार लमजुङका तामाङ गाउँमध्ये भुस्मे गाउँमा पहिलोपटक तामाङ समुदायले होमस्टे सञ्चालनमा ल्याएका हुन् । गाउँमा पर्यटन प्रवद्र्धन गरी स्थानीयको आर्थिक विकासमा टेवा र्पुयाउन होमस्टे सञ्चालन गरिएको उनले बताए । पर्यटकलाई तामाङ सेलो, डम्फु नाच, म्हेन्दोमाया नाच, मने नाच, तम्बा नाच देखाइने गरिएको छ । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमराज तामाङका अनुसार गाउँमा ५५ घर छन् । ११ घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । ‘होमस्टेका लागि सञ्चालकले डेढ लाख रुपैयाँसम्म खर्च गरेका छन्,’ उनले भने । उनका अनुसार होमस्टेका लागि २५ बेड तयार भइसकेका छन् ।

गाउँका महिला बढी होमस्टे सञ्चालनतर्फ आकर्षित भएका छन् । उनीहरूले होमस्टेको तालिम लिएपछि मात्र सुरु गरेका हुन् ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले जिल्लामा पर्यटनका गतिविधि बढदै गएको बताए । ‘हरेक समुदायले होमस्टे सञ्चालन गरी पर्यटन प्रवद्र्धन गर्न थालेका छन्,’ उनले भने, ‘यसले जिल्लामा पर्यटकीय गतिविधि बढाएको र ग्रामीण जनजीवनमा आर्थिक परिवर्तन ल्याएको छ ।’ भुस्मे गाउँबाट अन्नपूर्ण, लमजुङलगायतका हिमशृंखला देख्न सकिन्छ । घलेगाउँ, घनपोखरा, ढगैंलगायत पर्यटकीय गाउँ देख्न सकिन्छ । मस्र्याङदी र खुदीखोलाको मनोरम दृश्य साथै गाउँमाथिको गुफाले भुस्मेको सुन्दरता थपेको स्थानीय बताउँछन् ।

कान्तीपुर दैनिकमा आश गुरुङले लेख्नुभएको छ।

प्रतिक्रिया