रेडियो पत्रकारिता तालिम राजधानीमा सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ जेठ २०७४, सोमवार
रेडियो पत्रकारिता तालिम राजधानीमा सम्पन्न

इन्डिजिनियस भ्वाईस सम्बाददाता 
काठमाण्डौ, जेठ १९ ।

सामुदायिक रेडियोमा आदिवासी जनजाति महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले इन्डिजिनियस कम्यूनीटि रेडियो नेट्वर्क र रेडियो कैरनको संयुक्त आयोजनामा ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम राजधानीमा सम्पन्न भएको छ ।  

तालिममा ३० भन्दा बढी सामुदायिक रेडियोका महिला रेडियोकर्मी सहभागिता रहेको आयोजकले जानकारी दिएकोे छ । आदिवासी जनजाति महिला पत्रकारहरुको पत्रकारितामा सहभागिता बढाउने उदेश्यले जेठ १६ देखि २० गते सम्म तालिम सञ्चालन गरिएको जनाइएको छ । पछिल्लो चरणमा सामुदायिक रेडियोमा आदिवासी महिलाको चासो रहेपनि संख्यात्मकका साथै गुणात्मक सहभागिता निकै कमजोर रहेको स्थीतिलाई सम्बोधन गर्न सो तालिमको आयोजना गरिएको इन्डिजिनियस कम्यूनीटि रेडियो नेट्वर्कका अध्यक्ष जगत दोङले जानकारी गराउनु भयो । 

आदिवासी जनजाति महिला पत्रकारहरुको पत्रकारितामा सहभागिता बढाउने उदेश्यले जेठ १६ देखि २० गते सम्म तालिम सञ्चालन गरिएको जनाइएको छ ।

आदिवासी जनजाति महिलाहरुको सहभागिता र क्षमता वृद्धिका लागि आयोजना गरिएको उक्त तालिममा समाचार लेखन, स्थलगत रिपोर्र्टिङ, कार्यक्रम उत्पादन, आदिवासी जनजाति महिलाको मुद्दा पहिचान लगाएतका विषयमा प्रशिक्षण गराईएको थियो । 

तालिममा रेडियो अभियान्ता एवं सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनाली, पत्रकार कुमार यात्रु, रेडियोकर्मी अमरध्वज लामा, श्रमिक महिला पत्रकार संगिता लामा, मायालु लामा, बबिता तामाङ, देवकुमार सुनुवार, जगत दोङ, अनुसन्धाता कैलाशरानी राई प्रशिक्षकको रुपमा रहेको आयोजकले जनाएको छ । 

इन्डिजिनियस कम्यूनीटि रेडियो नेट्वर्कमा आदिवासी जनजातिद्धारा सञ्चालित देश भरिका २१ सामुदायिक रेडियोको सहभागिता रहेको छ ।

सामुदायिक रेडियोमा आदिवासी जनजाति महिला सञ्चार कर्मीहरुको संख्यातम र गुणात्मक सहभागिता बढाउने विषयमा जेठ २१ र २२ गतेका दिन छलफल गरि लैगिक तथा समावेशी नीति निमाण गरिने समेत आयोजगले जानकारी दिएको छ । 

इन्डिजिनियस कम्यूनीटि रेडियो नेट्वर्कमा आदिवासी जनजातिद्धारा सञ्चालित देश भरिका २१ सामुदायिक रेडियोको सहभागिता रहेको छ । सो नेट्वर्कको उद्देश्य आगामी दिनमा आदिवासी जनजातिद्धारा सञ्चालित समुदायीक रेडियोको प्राविधिक क्षमता अभिबृद्धिका साथै रेडियोमा कार्यरत सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने रहेको नेट्वर्कका अध्यक्ष जगत दोङले बताउनु भयो । 

प्रतिक्रिया