कान्छीमाया तामाङ बनिन समुदायको पहिलो सगरमाथा आरोही महिला

बबिता घिसिङ
बबिता घिसिङ१० जेठ २०७४, बुधवार
कान्छीमाया तामाङ बनिन समुदायको पहिलो सगरमाथा आरोही महिला

बबिता घिसिङ 
काठमाडौ । 

तामाङ समुदायको पहिलो महिलाका रुपमा सिन्धुपाल्चोकका कान्छीमाया तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो । तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पु¥याउने उद्देश्यले आफू सगरमाथा चढेको बताउनु भयो । 

काठमाडौमा गरेको पत्रकार सम्मेलनमा तामाङले ३२ दिनको यात्रा पछि सगरमाथाको चुचुरोमा पुरेर फर्कीएको जनकारी दिनुभयो । सगरमाथा आरोनका क्रममा अक्सीजन सिलीन्डर चोरी भएकाले गर्दा समस्या भएको थियो उहाँले बताउनु भयो टोली प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोले मात्र यो उद्देश्य पुरा भएको हो ।  

तामाङका टोली प्रमुख पेम्बादोर्जे शेर्पाले कान्छी माया तामाङलको यो यात्राले तामाङ महिलाहरुलाई सगरमाथा आरोहनको लागि प्रेरणा दिनभएको बताउनु भयो । 

त्यस्तै गरी नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पहिचान नै हिमाल भएकाले त्यसको संरक्षण र संवद्र्धनमा राज्यले विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु बबिता घिसिङ