आदिवासी, अल्पसंख्यक र सीमान्तकृत

डा. कृष्ण बहादुर भट्टचन
डा. कृष्ण बहादुर भट्टचन१८ माघ २०७१, आइतवार

विकासे अभियन्ताहरुले अल्पसंख्यक तथा सीमान्तकृत समूदायको कुरा पटक–पटक गर्ने गरेका छन् । तर यस्तो अल्पसंख्यक समूदाय कुन हो र सीमान्तीकरणमा परेका समुदाय कुन–कुन हुन् भन्ने सवालमा भने फरक–फरक परिभाषा दिने गरेको पाईएको छ  । केही सन्दर्भहरुमा आदिवासी जनजातिहरुलाई पनि यो परिभाषा भित्र राख्ने गरेको पाईएको छ , वास्तवमा नै आदिवासी जनजातिहरु यस परिभाषा भित्र पर्छन् कि पर्दैनन् भन्ने बिषयमा यहाँ संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

संख्या महत्वपूर्ण होइन

धेरैको बुझाईमा जसको जनसंख्या कम छ, उसलाई अल्पसंख्यक भन्ने गरिन्छ । संख्याका आधारमा भन्ने हो भने केही आदिवासी जनजातिलाई कसैले अल्पसंख्यक भन्यो भने त्यसलाई अस्वीकार गरिदैन । नेपालमा मात्र होइन विश्व समुदायमा नै यस्तो चलन छ । तर, फेरि समाजशास्त्रीय परिभाषा तिर ध्यान दिने हो भने खासगरी एन्थोनी गिडेनजस्ता समाजशास्त्रीहरुले अल्पसंख्यक र सीमान्तीकृतको परिभाषा बेगल ढंगले दिएका छन् । उनले जो विभेद र उत्पीडनमा परेको छ, उनीहरु जति ठूलो वा सानो जनसंख्या भए पनि अल्पसंख्यक भनेर परिभाषित गरेका छन् । यसकारण अल्पसंख्यकको परिभाषा जनसंख्याको आकारसंग होइन कि विभेद र उत्पीडनसंग सम्बन्धीत छ भन्ने प्रष्ट छ ।

एन्थोनी गिडेनजस्ता समाजशास्त्रीहरुले अल्पसंख्यक र सीमान्तीकृतको परिभाषा बेगल ढंगले दिएका छन् । उनले जो विभेद र उत्पीडनमा परेको छ, उनीहरु जति ठूलो वा सानो जनसंख्या भए पनि अल्पसंख्यक भनेर परिभाषित गरेका छन् ।

नेपालमा बनकरियाहरु या राउटे, बरामो अथवा किसान, झागडलाई अल्पसंख्यक भन्ने अनि तामाङ गुरुङ, मगर, राई लिम्बुको जनसंख्या तुलनात्मक धेरै भएकाले बहुसंख्यक भन्ने तर्क पनि यदाकदा सुनिन्छ । बास्तबमा भन्ने हो भने जनसंख्याको आकारमा नेपालमा कोही पनि बहुसंख्यक छैनन् र सबै अल्पसंख्यकमा छन् । हामी आदिवासीहरु मुलुकको जनसंख्यामा ३८ प्रतिशत भएपनि खस, आर्य बाहुनहरु १२ प्रतिशत मात्र छन् । स्थिति के छ भने १२ प्रतिशतले सम्पूर्ण मुलुकलाई शोषण, दमन र उत्पीडन गरिरहेकै छ । यसका आधारमा पनि १२ प्रतिशत जनसंख्या रहेको खस, आर्य बाहुनलाई   संख्याको हिसाबले अल्पसंख्यंक भन्न सकियो त ? यसकारण अल्पसंख्यकको परिभाषा गर्दा जनसंख्यालाई आधार बनाईएको छ, त्ये पूर्णतः गलत छ भन्न्े पुष्टी हुन्छ ।

बिभेदलाई हेर्ने गरौ 

अल्पसंख्यक तथा सीमान्तीकृतको परिभाषा गर्दा विभेद र उत्पीडन नाप्ने चश्मा प्रयोग गर्नु पर्दछ । नेपालमा १२ प्रतिशतमा रहेको एक समुदायले ८८ प्रतिशत बिरुद्ध जुन प्रकारको बिभेद गरिएको छ । यसका आधारलाई अल्पसंख्यक र सीमान्तीकृतको शव्दावलीले दिने अर्थ खोज्नु श्रेयस्कर होला । त्यसकारण आदिबासी जनजातिलाई अल्पसख्यक भन्यो भने एउटा नमान्ने चलन पनि छ । तर, अब केही हिसाबले हे¥यो भने त्यो कतिपय अवस्थामा त्यो अल्पसंख्यक संख्यामा हुने अल्पसंख्यक हुन सक्छ । र विभेदको हिसाबले त अल्पसंख्यक नै देखिन्छ हैन । तर त्यो दुईटा कुरा चाहिँ फरक गर्नुपर्ने हुन्छ । अब सीमान्तकृत भनेको त जो एकदम किनारामा पारिएको छ भन्ने बुझिन्छ त्यो । जो मुलधारमा छैन अथवा बीचमा छैन जसलाई एकदम किनारामा राखिएको छ । उनीहरुलाई सीमान्तकृत भन्ने हो । अब नेपालमा २ सय ४५ वर्ष बाहुनवादी सोच नीति र व्यवहार भएको हिसाबबाट त बाहुन क्षेत्रीहरु केन्द्र विन्दुमा अनि बाँकी सबै आदिबासी जनजाति, दलित, मधेशीहरु सीमान्तकरणमा पारिएको त देखिएकै छ ।

विकासे मापदण्डमा 


नेपाल आदिवासी जनजाति महासंघले जारी गरेको २०६० सालको बर्गीकरण पनि मिलेको छैन । त्यो बर्गीकरणको बारेमा मैले त्यतिबेला विमति जाहेर गरेको थिएँ । यसअघिका मेरो लेखहरुमा पनि आएको छ । नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान दुवैको संयोजनमा बनाएको त्यो बर्गीकरणमा उन्नत समूह, सुविधाबाट वञ्चित, सीमान्तकृत, अति सीमान्तकृत, लोपोन्मुख भनेर बर्गिकरण गरेको छ । त्यो विकासे सुचांकहरुमा आधारित छ । त्यो भनेको के भने विश्व बैंकलगायतले बनाएको विकासे सूचांकको आधार हो । त्यस समुदायका व्यक्तिको आयकोस्तर, जग्गा जमिनको स्वामित्व, साक्षरता दर र शिक्षा जस्ता सूचा)कलाई आधार बनाएर को अगाडि र को पछाडि भनेर वर्गिकरण गरिएको छ  ।

धार्मिक हिसाबले त लोपोन्मुख मगरहरु भए नि ! अर्कोतिर राउटे वा चेपाङको कुरा गर्ने हो भने जमिनको स्वामित्व अथवा शिक्षाको हिसावले पछाडि परेपनि फेरि मातृभाषाको हिसाबले अथवा आफ्नो संस्कृतिको हिसावले, प्रथाजन्य कुराहरुको हिसावले त उनीहरु पो उन्नतमा परेको देखियो ।

अहिलेको आधुनिक जुन विकासका दृष्ट्रिकोणले  यो वर्गिकरण ठिकै हो । तर, त्यहाँ जो चाहिँ उन्नत देखिएको छ, उहाँहरुको फेरि आदिवासी कै सांस्कृतिक हिसावले अथवा भाषिक हिसावले अथवा सामाजिक हिसावले त फेरि उल्टो पछाडि परेको देखिन्छ । जस्तो भनौं अब तामाङ, नेवार  मगर, अथवा गुरुङ कै कुरा गर्ने हो भने पनि ती जातिहरु यति धेरै हिन्दुकरणमा परेका छन् त्यसको नतिजा जनगणना हेरे प्रष्ट हुन्छ । ९१ प्रतिशत त मगरहरु मात्र हिन्दू भएको देखिन्छ । यसका आधारमा धार्मिक हिसाबले त लोपोन्मुख मगरहरु भए नि ! अर्कोतिर राउटे वा चेपाङको कुरा गर्ने हो भने जमिनको स्वामित्व अथवा शिक्षाको हिसावले पछाडि परेपनि फेरि मातृभाषाको हिसाबले अथवा आफ्नो संस्कृतिको हिसावले, प्रथाजन्य कुराहरुको हिसावले त उनीहरु पो उन्नतमा परेको देखियो ।


(इन्डिजिनियस भ्वाइस रेडियो कार्यक्रमका लागि देव कुमार सुनुवारले गर्नु भएको कुराकानीमा आधारित)

प्रतिक्रिया

अन्य सामाग्रीहरु डा. कृष्ण बहादुर भट्टचन