डा. भट्टचन नेपालका एक प्रख्यात समाजशास्त्री र आदिवासी अधिकारकर्मी हुनुहुन्छ । उहाँले वि. सं २०३७ सालदेखि अध्ययापन शुरु गर्नु भयो भने त्रिभुवन विश्वविद्यालय अन्र्तगतको मानवशास्त्र तथा समाजशास्त्र विभागका संस्थापक समेत हुनुहुन्छ । उहाँले अमेरिका स्थिती बारक्ले विश्वविद्यालयबाट वि.सं. २०४९ मा विद्यावारिधी गर्नु भयो । विद्यावारिधी गरी नेपाल फर्किए लगत्तैदेखि समाजमा उपेक्षित पारिएका समुदाय विशेषगरी आदिवासी जनजाति, दलित, महिला र मुस्लिमहरुको अधिकारमुखि आन्दोलनको क्षेत्रमा व्यापक काम शुरु गर्नु भयो । उहाँले यसविचमा राष्ट्रिीय तथा अन्तराष्ट्रिय क्षेत्रमा सयौं कार्यपत्रहरु प्रस्तुत गरिसक्नुभएको छ यस्को अलवा नेपाली समाजको बारेमा धेरै लेख, जर्नल र पुस्तकहरु प्रकाशित समेत गर्नुभएको छ । उहाँ विशेषगरी समाजमा उपेक्षित परिएका समुदायहरुलाई संगठित हुन र आफ्नो अधिकार मागका लागि सक्रिय हुनका लागि प्रेरणादायीसिद्ध हुनुभएको छ ।
कानून र मानवअधिकार२९ साउन २०७७, बिहिवारडा. कृष्ण बहादुर भट्टचनराजनीतिक दलको पुच्छर हुन छाडौ
समाज तथा संस्किृति९ असोज २०७४, सोमवारडा. कृष्ण बहादुर भट्टचनयसकारण दसैँ परित्याग
राजनीति१५ पुष २०७२, बुधवारडा. कृष्ण बहादुर भट्टचनसंबिधान पुनर्लेखन अपरिहार्य– डा. भट्टचन
विचार र दृष्ट्रिकोण१८ माघ २०७१, आइतवारडा. कृष्ण बहादुर भट्टचनआदिवासी, अल्पसंख्यक र सीमान्तकृत




