आदिवासी सवालमा कार्यदल गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ असोज २०७३, आइतवार
आदिवासी सवालमा कार्यदल गठन

२०७३ असोज ८ गते शनिबार, काठमाडौं । 

आदिवासी जनजाति आयोगको विधेयक संशोधनका निम्ति नेपाल आदिवासी जनजाति महासंघको संयोजकत्वमा एक कार्यदल निर्माण भएको छ । कार्यदलको सदस्यमा संसदमा प्रतिनिधित्व रहेका राजनीतिक दलसंवद्ध सांसदहरु रहेका छन् । संसदमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने तयारीको सन्दर्भलाई लिएर महासंघले शनिबार राजधानीमा आयोजना गरेको ‘आदिवासी जनजाति आयोगको विधेयक‘ सम्बन्धी सांसद र विज्ञहरुमाझ भएको छलफलपछि उक्त कार्यदल गठन भएको हो । 

कार्यदलको सदस्यमा नेपाली कांग्रेसबाट सांसद दिलमान पाख्रिन र सांसद अन्जली श्रेष्ठ, नेकपा एमालेबाट सांसद टिकाराम चेम्जोङ र सांसद जयन्ती राई, माओवादी केन्द्रबाट सांसद गणेशमान पुन र सांसद रुपा महर्जन रहेका छन् । त्यसैगरी राप्रपाबाट सांसद परशुराम तामाङ, थरुहट तराई पार्टीबाट सांसद डा. गोपाल दहित, नेपाः राष्ट्रिय पार्टीबाट सांसद लक्ष्मण राजवंशी रहेका छन् । अन्य पार्टीहरुसित समेत समेटिने महासंघका महासचिव पेम्बा भोटे गुरुङले जानकारी दिएका छन् । 

महासंघका अध्यक्ष तथा सांसद नगेन्द्रकुमार कुमालले सिंगो आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्ने रहेको बताएका छन् ।  

प्रतिक्रिया