नेपालभाषाको चलचित्र तँकालीको शुभमुहुर्त सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ असोज २०७३, बिहिवार
नेपालभाषाको चलचित्र तँकालीको शुभमुहुर्त सम्पन्न

काठमाडौको ढल्को–नयाँ बजार स्थित नेपाः ब्याँक्वेटमा आयोजित भव्य समारोह वीच बुधवार चलचित्र तँकालीको शुभमुहुर्त भएको छ ।

नेपालभाषाका तन्नेरी चलचित्र निर्देशक तथा क्यामेराम्यान शैलेश डंगोलको होम प्रोडक्सन बज्र क्रियशनले रिसाहाको सामाजिक कथावस्तुमा नेपालभाषामा चलचित्र तँकाली निर्माण हुने भएको हो । 
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा चलचित्र तँकालीको शुभसाइत भएको थियो । बोर्डका अध्यक्ष राईले चलचित्र तँकालीको क्ल्याप बोर्ड पडकाएर शुभसाइत गरेका थिए ।

चलचित्र तँकालीको छायाँकन आगामी कात्तिक महिनाको तेश्रो हप्तावाट हुने जानकारी चलचित्र निर्देशक शैलेश डंगोलले बताए । 

चलचित्र तँकालीमा सुरेश महर्जन र सलोना बज्राचार्यको अलावा गौतमरत्न तुलाधर, मञ्जु श्रेष्ठ, सुरेन्द्र तुलाधर, प्रकाशराज मानन्धर, गोपालकाजी कायस्थ, सुमन चित्रकार, रजनी खड्गी, उजय शाही, सुजना बज्राचार्य, गंगाराम डंगोल, रोहन प्रजापति लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

प्रतिक्रिया