किरात याक्थुङ र कोइँच मुक्दुम : समानता र विविधता

कोइँचबु काःतिच (उत्तम)
कोइँचबु काःतिच (उत्तम)१४ साउन २०७३, शुक्रवार
किरात याक्थुङ र कोइँच मुक्दुम : समानता र विविधता

‘हिन्दूहरुको वेद, इसाइहरुको बाइबल र मुसलमानहरुको कुरान जस्तै किरातहरुको मुन्दुम, दर्शन र साँस्कृतिक श्रोत हो । पृथ्वी, सूर्य ग्रहहरु तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरुको उत्पत्ति र प्राकृति सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोचक र तर्कपूर्ण ढंगले गरिएको छ । मुन्दुमविद्हरुका भनाइ अनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भईसकेको थियो ।’ किराँती विद्वान जितपाल किरातका यी भनाईसँग फरक छैन किराँती विद्वान तथा इतिहासका ज्ञाता मञ्जुल याक्थुम्बाका यी भनाइ– ‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु–पंक्षी, झार–जङ्गल तथा मानव श्रृष्टिका  तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’

लिम्बुवान (पल्लो किरात), खम्बुवान (माझ किरात) मा किरात धर्म र मुक्दम प्रतिको धारणा, सोचाइ, बुझाइ, अभ्यास र व्याख्या जे जसरी भएको छ त्यससँग आनका तान फरक छ भन्ने लाग्दैन र छैन कोइँचवान (वल्लो किरात) मा पनि । आदिवासी जनजाति किराँतीहरु प्रकृतिलाई सर्वेसर्व ठान्दछन् । प्रकृतिको सम्मानपूर्वक पूजा प्रार्थना गर्दछन्, अनि प्रकृति र भूमिलाई मानव भन्दा जेठो मान्दछन् । आफ्नो इष्टदेवताको रुपमा प्रकृतिलाई नै सहर्ष स्वीकार्छन् । प्रकृतिको परिवर्तनबाट आउने समयलाई सम्मान गरी पूजाअर्चना गर्ने गर्दछन् । किरात धर्म र किराती चाडपर्व, क्रियाकलापहरु प्रकृतिवादसँग अत्यन्त घनिष्ट छ कोइँचवानमा । जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू सर्वव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पूर्खाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दै ईश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।

किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोभैm सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपूर्ति गर्नेछन् ।

विविधताभित्रका समानता र यसको अन्तर बस्तु

            मुक्दुम सभ्यतासँगै विकसित हुँदै आएको एक गतिशील प्रकृया हो । मुक्दुमको मुहानबाट विभिन्न संस्कार संस्कृतिहरु विकासित भइरहन्छन् । यही संस्कार संस्कृतिमा कुनै पनि आदिवासी जनजाति किरातीको जीवन चरित्र झल्किएको हुन्छ । मुक्दुम किराँतीहरूको उर्वर मस्तिष्कको दिव्य उपज, प्रचीन सभ्यताको दस्तावेज, धार्मिक संस्कृतिको निधि, तत्वज्ञान अर्थात् धार्मिक एवम् सामाजिक संविधान हो ।

            किरात विद्वान दुर्गाहाङ याक्खा राईका अनुसार मुक्दुम भनेको प्राचीन किराँत पुस्ता दरपुस्ता मुखौली सुन्दै कण्ठस्त पार्दै ल्याइएका सृष्टि र धार्मिक रहनसहन सम्बन्धि कवितामय प्राचीन वचनहरू हुन । जहाँ पृथ्वी, अकाश, हावा, पानी पशु, पंक्षी, झार, जङ्गलदेखि लिएर मान्छेको सृष्टिसम्मको र किराँत जीवनदर्शनको कुरा आउँछ । कवि तथा किरात संस्कारका लेखक राजन मुकारूङको विचारमा मुग्दुम आफंैमा किरात जातिको विशिष्ट सभ्यताको इतिहास हो । हराइसकेको इतिहासको उत्खनन् पनि हो यो आफैंमा भव्यशैलीमा भनिने कलात्मक साहित्यको नमूना पनि हो । वर्गविहिन जातीय समानता धार्मिक सशिष्णुता सिद्घान्त अँगालिएको प्रकृति पूजक, वर्ग विभाजनरहित छुवाछुतको भेदभाव नभएको लिङ्गभेद नभएको मानव कल्याणकारी दर्शन हो ।

            वास्तवमा आदिम सृष्टि, प्राणी तथा मानव विकासको विविध चरणहरुदेखि किरातहरुको जीवन दर्शन, सामाजिक जीवन पद्धति, न्याय तथा शिक्षा प्रणाली, संस्कार–संस्कृति लगायत विविध पक्ष तथा विधिहरुका बारेमा मुक्दुममा वर्णन पाइन्छ । फरक यति हो कि भौगोलिक स्थिति, समय तथा विविध परिस्थिति अनुसार मुक्दुमी अभ्यास गराइमा केही भिन्नताहरु भए पनि मुक्दुमको सार एउटै देखिन्छ, विभिन्न किराँती विद्वानहरुको मतमा कोइँच र याक्थुङ मुक्दुममा । विविधता नै किराती एकताको विशेषता हो भन्ने मान्यता आम किराँती वीच सहमति रही आएको हुँदा केही बस्तुगत र विषयगत विशेषता किराती थाक्थुङ र कोइँच मुक्दुम वीचको समानता, सारमा यसरी चर्चा गर्न उपयुक्त हुने छ :

 

मुक्दुमका किसिम : मुक्दुमलाई याक्थुङ चुक्मुक् साम्जिक मुन्धुममा इमानसिंह चेम्जोङले किरात दार्शनिक उपदेश दोस्रो अध्यायमा येहाङले मुन्धुम बनाई दुई भागमा बाँडे भन्ने उल्लेख छ । प्रथम भागलाई थुङसाप, र दोस्रो भागलाई पेसाप नाम दिएको चर्चा गर्दै पेसापलाई पनि चार भाग १. सक् सक्, २. साम्जिक, ३. साप्जि र ४. साप्मुन्धुम उल्लेख गरेका भए पनि कोइँच मुक्दुम भने अहिलेसम्म कथ्यरुपमै छ । तै पनि कोइँच मुक्दुम पनि चार भागमा विभाजित छ : क) सासि मुक्दुम (सृष्टि, चाडबाड, मानव, पृथ्वी र अन्य मिथक सम्बन्धि मुक्दुम), ख) मुइग्यो (पिदार) मुग्दुम (आदार सद्भाव र निराकरण सम्बन्धि मुक्दुम), ग) मुलकेम (मुइलि) मुग्दुम (संस्कार, संस्कृति सम्बन्धि मुक्दुम), घ) मेग्यो (पारसार) मुग्दुम (शिक्षा, जडिबुटि, युद्ध, अर्ति उपदेश सम्बन्धि मुक्दुम) ।

किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा परसर्ग कहिले कोइँचमा उपसर्ग, कहिले याक्थुङ पान्मा उपसर्ग कहिले कोइँचमा परसर्ग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं ।

परम्परागत देवीदेवता कुलपुरोहित : किराती याक्थुङ र कोइँच मुक्दुममा परम्परागत देवीदेवताहरु कुनै कुनै सन्दर्भमा ठ्याक्कै नाम मिल्दछन् भने कतिपय अबस्थामा तलमाथि अक्षर हराउने वा परिवर्तन भएको पाउँछौं । त्यस्तै गरी कुलपुरोहितको नाम पनि उस्ता उस्तै र कार्य तथा जिम्मेवारी एउटै पाउँछौं । कोइँच र याक्थुङ दुबै एकीश्वरवादी आदिवासी जनजाति हुन् भन्ने देखिन्छ । याक्थुङहरुले ‘युमा–थेबा’ भन्छन् भने कोइँचले ‘युमा–युल्सि’ । ‘थेबा’ लाई कोइँचले ‘देवा/थोम्बार’ । ‘तेन्छामा र खन्जमा’ लाई ‘तेन्जे र खन्जे’, ‘थोतोक्ला’ लाई ‘थोदुङ’, ‘योतोक्ला’ लाई ‘यातो’ । ‘तागेरा निङवा?फु’ लाई ‘तारा साराङगि’, ‘खाम्तोक’ लाई ‘खादिमुदि’, ‘दुङदुङगे’ लाई ‘दुङदुङ’ । ‘माङ’ लाई कोइँचले मामा भनेको पाउँछौं । त्यस्तै गरी ‘हिम’ को बदला खिँ उच्चारण गर्छन । याक्थुङ पानको ‘ह’ कोइँचमा ‘ख’ वर्णमा परिणत भएको पाउँछौं भने कुनै पनि शब्दको अन्तिमको ‘म’ वर्ण ‘ ँ ’ मा परिणत भएको पाउँछौं । किरात थाक्थुङ मुन्धुमवेत्त जसरी साम्बा, येÞबा, येÞगाप्चि भए जस्तै कोइँचमा पोइँबो, ग्याँमि र नाअÞसो हुन् । र यिनीहरुले लगाउने पोशक र आभूषण मिल्दछ ।

 

संस्कार–संस्कृति : किरातहरुमा चेली माइती वीच पूmल पूmलमाला आदनप्रदान गर्न नहुने संस्कृति भए पनि कोइँचमा त्यस्तो चलन भने देखिँदैन तर पूmललाई कुटुम्बको छोरीको रुपमा पनि लिने गरेको पाइन्छ । ‘साप्पोक–चोमेन’ लाई कोइँचमा विभिन्न ठाउँ अनुसार ‘दाक पाइच्चा, रुकामाना, कालपिप पिदार, खाअÞकुर पिदार’ भन्ने गर्दछन् । याक्थुङको ‘तङसिङ तक्मा’ र कोइँचको ‘चेँगु’ एकै मान्न सकिन्छ । दुबै सब्दको अर्थ तथा व्याख्या उस्तै देखिन्छ– सबै मनुष्य, घरपरिवार र समाजको सुख–समृद्धिको लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यबद्धताको पारिवारिक अनुष्ठान । ‘चासोक’ लाई कोइँचले ‘गिँजो’ र ‘याक्वा’ लाई ‘पारमो पिदार’ को रुपमा मान्ने गर्दछन् । ‘बालिहाङ तियाहा तङ्नाम’ लाई ‘बालिहोपो पिदार’ । ‘कक्फेःक्वा तुम्येन् ताङ्नाम्’ लाई ‘सामि पिदार’ त्यस्तै गरी ‘सिसेःक्पा तुम्येन् तङ्नाम्’ लाई ‘राँके पिदार’ भनेर मान्ने गरेको पाइन्छ । जन्म, विवाह र मृत्युमा पनि कोइँच र याक्थुङ वीचको धेरै कुराहरु समान देखिन्छ ।

 

मिथक, परम्परा र मान्यता : किरात याक्थुङहरुको धेरै मिथक, परम्पराहरु अभिलेखीकरण भइसकेका छन् । जसको कारण याक्थुङ सम्बन्धी खोजअनुसन्धान सरल मात्र होइन धेरै संस्कारहरु जीवित छन् र पुनःजीवन दिन सम्भव भएको छ । तर कोइँचमा त्यस्ता मिथक तथा परम्पराहरुको अभिलेखीकरण नभएको र जे जति अभिलेखीकरण भएका हुन् भर्खरै भएका हुँदा कतिपय संस्कार\संस्कृति लोप भइसकेको र पुनःजीवन दिनका लागि सामाजिक मान्यता पाउने सम्भावन क्षीण भएर गएको छ । याक्थुङ मुक्दुममा पाइएको ब्रह्मण्ड, आगो, पानी, हावा, पृथ्वी, आकास, प्राणी र मानव सृष्टिका मिथक कोइँच मुक्दुमसँग मिल्छन् । घरको बास्तु पूजा किन गरिन्छ भन्ने मिथक पनि मिल्छ । तर मिथकीय पात्रहरुको नाम चाहिँ मिलेको पाइँदैन । विभिन्न मिथकहरुले बनाएको परम्परा र त्यसलाई समाजले दिएको मान्यताहरु याक्थुङ र कोइँचमा समान देखिन्छ ।

 

मुक्दुमी भाषा र संरचना : किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा परसर्ग कहिले कोइँचमा उपसर्ग, कहिले याक्थुङ पान्मा उपसर्ग कहिले कोइँचमा परसर्ग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं । मुक्दुमको सूक्ष्म अध्ययनले प्राचीन किराँती भाषाको खोजी गर्न सकिने सम्भावना पनि प्रबल देखिन्छ । साथै सबै किराती मुक्दुमहरु गेयात्मक भएको हुँदा मुक्दुम वाचन गर्ने र मुक्दुमका सिलोक वा हरफहरु गेयात्मक थेअÞनि संरचनामा भएको पाउँछौं ।

जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू सर्वव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पूर्खाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दै ईश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।

अन्तमा

‘धार्मिक र सामाजिक संस्कारका लिखित विधान नभएकोले कति कालदेखि श्रुति परम्परामा मुन्धुम जीवित छ ।’ –किराँती विद्वान तथा साहित्यकार वैरागी काइँलाको यो सत्य उक्तिलाई कसैले नकार्न सक्ने छैन । किरात मुक्दुमहरु अभैm पनि अलिखित नै छन् । कति विस्तारै लेख्योन्मुख छन् त कति किरातीहरुको मातृभाषा नै लोप भइसकेको हुँदा लोप भएका छन् । अलिखित भए पनि मुक्दुममा उच्चारित ऐतिहासिक मुक्दुमी देवीदेवता, पुर्खाहरुको नामको आधारमा किराँती याक्थुङ र कोइँच मुक्दुमको मिलनविन्दु कहाँनेर हो वा शाखा छुट्टिएको काल कुन हो ? मापन गर्न सकिने सम्भावना भने छँदै छ । जस्तो कि ‘युमा’ मुक्दुमी शब्द दुवै मुक्दुममा प्रष्ट उल्लेख पाइन्छ ।

            किरात याक्थुङ र कोइँच मुक्दुमलाई सँगै राखेर दाँज्ने हो भने धेरै कुरामा भिन्नता छ र कतिपय कुरा वा विषयहरुमा समानता पनि छ । मुक्दुममा देखिएका यी भिन्नतालाई किराँती विविधताको रुपमा स्वीकार्दै याक्थुङ र कोइँच मुक्दुमको प्राचीन सम्बन्धको कालरेखा कहाँ, कति हो पत्ता लगाउन, भए देखिएका सबै समानतालाई आधार रेखाको रुपमा लिनु पर्ने हुन्छ । किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोभैm सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपूर्ति गर्नेछन् ।

सन्दर्भ स्रोत


आङबुङ, डी.बी., २०६१, प्रतापी राजनेता वालिहाङको मार्गदर्शन, पालाम पूर्णाङ्क ५, पृ. २३–३०, तेह्रथुमे याक्थुङ विद्यार्थी सुजुम, काठमाडौं ।
काइँल वैरागी, २०५२, तङ्सिङ तक्मा मुन्धुम : आख्यान र अनुष्ठान, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
..... , २०४८, लिम्बू जातिमा कोख पूजा, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
काःतिच कोइँचबु, २०६४, मुक्दुमले अवलम्बन गरेको बाटो, कोइँचबु १७:१, सुनुवार सेवा समाज, काठमाडौं ।
..... , २०६१, मुक्दुम, सिर्मी ३:३, पृ. १३–१६, सुनुवार महिला समाज, काठमाडौं ।
मञ्जुल याक्थुम्बा, २०६२, मौलिक किरात धर्म–संस्कार, धनजीत येभेङ, राजकुमार फोम्बो लिम्बू ।
किरात जितपाल, २०५९, किरात धर्म मुन्दुम, कोइँचबु ११:१, पृ.१०–१२, सुनुवार सेवा समाज, काठमाडौं, । 
चेम्जोङ, इमानसिंह, २०५९ (दोस्रो संस्करण), याक्थुङ चुक्मुक् साम्जिक मुन्धुम किरात दर्शनको सारांशा, किरात याक्थुङ चुम्लुङ, ललितपुर।
..... , २०५९ (तेस्रो संस्करण), किरात मुन्धुम (किरात वेद), किरात याक्थुङ चुम्लुङ, ललितपुर ।
मुकारुङ राजन, २०६१, किरात संस्कार, मकरबहादुर बान्तवा, श्रीमती विष्णुदेवी बान्तवा ।
सुनुवार ईश्वरकिरण (अतीत मुखिया),२०६७, कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य, चुप्लु समाज, काठमाडौं ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)