लोपोन्मुख ज्ञानकोश : परम्परागत आदिवासी ज्ञान

कोइँचबु काःतिच (उत्तम)
कोइँचबु काःतिच (उत्तम)१ माघ २०७८, शनिवार
लोपोन्मुख ज्ञानकोश : परम्परागत आदिवासी ज्ञान

पुस्तक समीक्षा

उत्तरआधुनिक वैज्ञानिकयुगको जमनामा पनि परम्परागत आदिवासी ज्ञानको वारेमा चर्चा गरीरहनु कतिपयका लागि पस्चगामी बाटो अँगालेको भन्ने लग्न सक्छ । बोइलर संस्कृतिलाई परिपक्व ठान्ने जमातहरुका लागि आदिवासी ज्ञानको चर्चा त काम नलाग्ने र अन्धविश्वास नै लाग्न सक्छ । तर अतिउत्तराधुनिक युगतिर लम्कँदै गरेको विश्व जनसमुदायलाई कोरोना महामारीले भने केही हदसम्म परम्परागत ज्ञानको शरणमा पर्न वाध्ये बनायो । कोरोना महामारीका कारण पुरै विश्व लकडाउनले ठप्प भयो । कोभिड १९ ले मानिसहरुको ज्यान लिन थाल्यो । विज्ञानले तत्काल निकास दिन सकेन । र, सबैले परम्परागत औषधिमुलोको साहरा लिनुपर्यो । परम्परागत ज्ञानप्रति सबैको सकरात्मक सोँच बन्यो । विश्वले परम्परागत ज्ञानको विकल्प पाउनै सकेन । यही महौलमा सञ्चारकर्मी कुमार यात्रु, परम्परागत ज्ञानको जानकारी पस्किने अभियानमा जुटे । जसको परिणाम ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तक तयार भयो । विभिन्न मौलिक आदिवासी ज्ञान समेटिएको उक्त पुस्तकलाई नौ अध्यायमा विभाजन गरी विवेचना गरिएको छ । 

पहिलो अध्यायमा परम्परागत आदिवासी ज्ञान, अभिलेखीकरण र परामर्श तथा सहभागतिता वारे विवेचना गरिएको छ । त्यसैगरी दोश्रो अध्यायमा जैविक विविधता संरक्षण र वातावरणमैत्री आदिवासी ज्ञान सम्बन्धी शेर्पाको सिङ्गी नावा, डोल्पोको घापु र ढेवु, याक्थुङ परम्परा र दर्शनमा वनजंगल र जैविक विविधता, तमुको क्रव परम्परा, मगरको भेजा, छन्त्यालको सामुहिक सहभागिताको थिति, चेपाङको प्रचलन, तराई मधेशको जैविक विविधता संरक्षण परम्पमरा, आदिवासीको वातावरणमैत्री अन्य विशेषताहरु, बाँसको झ्याङ हुर्काउने परम्परा, कान्ले वन, चरण प्रणाली वारे विवेचान गरिएको छ ।
तेश्रो अध्यायमा सरुवा प्रणालीको पशुपालन र चरन क्षेत्रको विषयमा हिमाली आदिवासीको अभ्यास, आदिवासी परम्परागत प्राकृतिक श्रोत व्यवस्थापन प्रणाली, आदिवासीको भुमि अधिकार र चरन क्षेत्र, नियमनका नाममा राज्यकरण, खर्क व्यवस्थापनमा चुनौति वारे चर्चा गरिएको छ भने चौथो अध्यायमा आदिवासीको पानीजन्य अभ्यासका सन्दर्भमा पानीको संकट, पानी संरक्षणमा आदिवासी जुक्ति, राजकुलो, पोखरी, हिथि, कुवा तथा पँधेरा, पानी संरक्षणका अनेक विधि वारे चर्चा छ ।

कोरोना महामारीका कारण पुरै विश्व लकडाउनले ठप्प भयो । कोभिड १९ ले मानिसहरुको ज्यान लिन थाल्यो । विज्ञानले तत्काल निकास दिन सकेन । र, सबैले परम्परागत औषधिमुलोको साहरा लिनुपर्यो । परम्परागत ज्ञानप्रति सबैको सकरात्मक सोँच बन्यो । विश्वले परम्परागत ज्ञानको विकल्प पाउनै सकेन । यही महौलमा सञ्चारकर्मी कुमार यात्रु, परम्परागत ज्ञानको जानकारी पस्किने अभियानमा जुटे । जसको परिणाम ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तक तयार भयो ।

पाँचौं अध्यायमा परम्परागत अर्थतन्त्र सम्बन्धि पेशा व्यवसाय, श्रम र रोजगारसँग सम्बन्धित प्रथा र परम्पराहरु, पर्म प्रथा, सघाउनी परम्परा, ग्वार प्रथा, कोसेलीपातको परम्परा, आदिवासीका विशिष्ट सीप तथा पेशा, खोरिया खेती प्रणाली, मूल्य श्रृंखलाको सीप, बनको कन्दमूलको पहिचान गर्ने ज्ञान, शिकार खेल्ने सीप, माछा मार्ने, डुँगा चलाउने सीप, व्यापार तथा पर्यटन, कपडा बुन्ने र तयार गर्ने, माटाका भाँडा, बाँस तथा बेतका सामान बनाउने सीप, पौभा, थाङ्का लगायतका चित्रकला, आदिवास् अधिकारमा पेशा र सीप वारेमा जानकारी पस्किएको छ । त्यसैगरी छैठौं अध्यायमा स्वास्थ्य उपचारमा आदिवासी प्रचलनको विषयमा धामी झाँक्रीको प्रयोग, जडिबुटी पहिचान गर्ने ज्ञान र प्रयोग, अभ्यासमा आदिवासीको अन्य स्वास्थ्य उपचार पद्धति, सोवा रिग्पा उपचार पद्धति वारे विवेचना गरिएको छ ।
सातौं अध्यायमा संकट विरुद्ध तामाङ परम्परा र ज्ञान सम्बन्धि जलवायु परिवर्तनको असर र नीतिगत प्रयास, असर न्यूनिकरण र अनुकुलनको अभ्यास, तीन चेली बाली, घुम्ती बाली प्रणाली, न्यून खनजोतबाट बाली लगाउने, अकासे पानी संकलन गर्ने जुक्ति, पानीको मुहान संरक्षण, कृषि बनको अभ्यास, खाद्य सुरक्षा, वन तथा बनस्पतिको प्रयोग र यसको संरक्षण, परम्परागत उपचार र औषधिय ज्ञान वारे चर्चा छ । त्यसैगरी आठौं अध्यायमा परम्परागत कृषि प्रणाली र भुमिका विषयमा कृषिको सुरुआत, इतिहास, कृषि अभ्यास र ज्ञान, खाद्य अधिकार, भूमिसँगको सम्बन्ध र भुमि अतिक्रमण वारे संक्षिप्त जानकारी छ भने नवौं अध्यायमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा आदिवासी ज्ञान सम्बन्धि जलवायु परिवर्तन र आदिवासी ज्ञान, परिचय, अन्तर सम्बन्ध, न्युनिकरण र अनुकुलन सम्बन्धि ज्ञान, प्रथा परम्परागहरु हेलम्बुको ह्युलठिम, शेर्पाको नावा प्रथा, तामाङहरुको चोहो प्रणाली नेवारहरुको गुथी परम्परा, पहरीहरुको ज्ञान र सीप, कुमालेको माटाको भाँडा बनाउने सीप, चेपाङको जीवनशैली र प्रकृतिमैत्री, थारुहरुको परम्परा, अन्य आदिवासीको साझा ज्ञानहरु वारे चर्चा गरिएको छ ।

ज्ञान भनेको तथ्य हो । तथ्यले नियम बनाउँछ । नियम लागु गर्न व्यवस्था वा प्रणालीको विकास हुन्छ । व्यवस्था वा प्रणालीलाई सञ्चालन गर्न चुस्तदुरुस्त राख्न सीपको आवश्यकता पर्छ । नियम र सीपमा भरोसा वा विश्वास हुनुपर्दछ । यो निरन्तर चलीरहनुपर्दछ । निरन्तर चल्नका लागि अभ्यासको जरुरी पर्दछ । अभ्यास भनेकै परम्परा हो । अनि कुनै खास भु–अधिनत्वमा शताब्दियौंदेखिको गहिरो सम्बन्ध तथा अन्तरक्रियाबाट उत्पन्न अभिव्यक्ति, अभ्यास, विश्वास, बुझाइ, अन्तरदृष्टि, र अनुभव नै आदिवासी ज्ञान हो । परम्परागत आदिवासी ज्ञानका लेखक यात्रुका अनुसार पनि ‘आदिवासी ज्ञान कुनै चमत्कारिक आविष्कार नभएर क्रमिक विकासको परिणाम हो ।’

ज्ञान भनेको तथ्य हो । तथ्यले नियम बनाउँछ । नियम लागु गर्न व्यवस्था वा प्रणालीको विकास हुन्छ । व्यवस्था वा प्रणालीलाई सञ्चालन गर्न चुस्तदुरुस्त राख्न सीपको आवश्यकता पर्छ । नियम र सीपमा भरोसा वा विश्वास हुनुपर्दछ । यो निरन्तर चलीरहनुपर्दछ । निरन्तर चल्नका लागि अभ्यासको जरुरी पर्दछ । अभ्यास भनेकै परम्परा हो ।

औपचारिक र अनौपचारिक रुपमा समुदाय र पारिवारिक सदस्यहरुमा सामाजिक जम्काभेट, मौखिक परम्परा, संस्कार संस्कृति र विभिन्न क्रियाकलाप मार्पmत आदिवासी ज्ञानको प्रवाह हुन्छ । स्थानीय र आदिवासी ज्ञान प्रणालीहरुमा युनेस्कोको कार्यक्रम (लिंक्स) कानुसार स्थानीय समुदायले प्राकृतिक वातावरणहरुसँगको घुलमिल अनुभव र लामो इतिहासहरुबाट विकासित बुझाइहरु, सीपहरु र दर्शनहरु नै आदिवासी ज्ञान हो । आदिवासी ज्ञानले शताब्दियौंदेखि कुनै एक विशेष भू–अभिनत्वसँग गहिरो अन्तरक्रियाबाट उत्पन्न आदिवासी समूहहरुको अभिव्यक्ति, अभ्यास, विश्वास, बुझाइ, अन्तरदृष्टि र अनुभवहरुलाई समेट्छ ।

परम्परागत आदिवासी ज्ञानमा लेखकले स्थानीय तथा साँस्कृतिक सन्दर्भमा आदिवासी ज्ञान विशिष्ट, सामुहिक, समग्र र अनुकुलनीय ज्ञानका बारेमा चर्चा गरेका छन् । आदिवासी ज्ञानलाई योजनाविद् तथा वातावरण वैज्ञानिकहरुले आजकाल विशेषगरी बढ्दो भुमण्डलीय तापमान घटाउन र भौतिक विकास तथा वातावरण संरक्षणको क्षेत्रमा चासो दिने गरिएको छ । आदिवासी ज्ञान प्रणालीबाट धेरै ज्ञान सिक्न सकिन्छ भन्ने व्यापक मान्यता राख्न थालिएको पाइन्छ । तर पनि कानुनत यो ज्ञानको संरक्षणमा राज्य तथा सरकार रहेका शासकवर्गहरु वितृष्ण देखिन्छन् । यही समस्यालाई बढी जोड दिएर लेखकले परम्परागत आदिवासी ज्ञानमा विवेचना गरेका छन् । बढ्दो सामाजिक सञ्चारले आफ्नै स्वदेशी ज्ञानबाट टाढिँदै गएको युवा पुस्ताहरुको लागि परम्परागत आदिवासी ज्ञान नौलो स्वादको खुराक हो । ज्ञान मिमांशमा रुची राख्नेहरुका लागि परम्परागत आदिवासी ज्ञान मौलिक नेपाली ज्ञानको सँगालो हो, एक संग्राहनीय आदिवासी ज्ञानकोश हो ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)