परम्परागत संस्था ‘कोइँच चुपलु’

कोइँचबु काःतिच (उत्तम)
कोइँचबु काःतिच (उत्तम)१० मंसिर २०८१, सोमवार
परम्परागत संस्था ‘कोइँच चुपलु’

सामूहिक नेतृत्वबाट चल्ने कोइँचको आफ्नो परम्परागत संस्था कोइँच चुपलु (चुप्लु समाज) ले संस्कार संस्कृति, भूमि र प्राकृतिक स्रोत जोगाउने निर्णय गर्छ तर एकल नेतृत्वको शासकीय स्वरुप रहेको सरकारी निकाय राष्ट्र, जिविस र गाविसले त्यस्ता निर्णयलाई जातिगत भयो भनेर तिरस्कार गरिन्छ । सरस्वती वा अन्य मन्दिर बनाउन, स्कूल स्थापना गर्न वा अन्य विषयमा केही गर्न सहयोग जुटाउने निहुमा श्रीमद्भागवत सप्ताह लगाउने जस्ता निर्णय सर्वसम्मत तरिकाले तत् निकायहरुमा विन अवरोध निर्णय पारित हुन्छ । यीनै अन्तरविरोध वीच कोइँचहरु आफ्नो संस्कृति बचाउने प्रयास गरिरहेका छन् । तर दिन दिनै उनीहरुको संस्कृति लोप हुँदै छ । त्यसैले प्रतिनिधिमूलक संस्थाभन्दा परम्परागत संस्था ‘कोइँच चुपलु’ को पुनःस्थापना गर्नु अति अवश्यकता छ कोइँचहरुका लागि । आइ एल ओ कन्भेन्सन नं. १६९ ले पनि आदिवासीको परम्परागत संस्थालाई मान्यता दिएको छ । र, यो कानुन बाध्येत्मक कानुन बनीसकेको छ । तर नेपाल सरकारले अभैm पनि त्यस्ता संस्थाहरुलाई सरकारी मान्यता दिने व्यवस्था गरेको छैन । कोइँच समाजमै पनि बाहुनवादी मनु सोंच बोकेका जातीय नेता हुँ भन्नेहरुले पनि अध्यक्ष र महासचिव प्रणालीलाई नै संगठन ठान्छन् । बेलाबेलामा त्यस्ता संस्था प्रति वैधानिकताको कुरा उठाउँछन् बाहुनवादी कोइँचहरु । सम्भवत एमाले, कांग्रेस, माओवादी जस्तो पार्टीकरण गर्न चाहन्छन् कोइँच जातिय संस्थाहरुलाई उनीहरु । विचाराहरु भन्नु पर्छ तिनीहरुलाई । उनीहरुको गिदीमा पार्टी बाहेक अरु के नै पो छ र ? आदिवासी जनजातिको लागि उनीहरुको आफ्नो पराम्परागत संस्था नै सामाजिक तथा राजनीतिक संस्था हो भनेर उनीहरुका खासबाहुन गुरुले कहिल्यै प्रशिक्षित गरेका त छैनन् ।

कोइँचको परम्परागत संस्था ‘कोइँच चुपलु’ विस्तारै बौरिँदै छ । यस्तो पराम्परागत संस्था कोइँच चुपलुका सदस्य कोइँचहरुले जन्मदै प्राप्त गरेका हुन्छन् । त्यस्ता सदस्यलाई निस्चित उमेर पुगेपछि परम्परागत संस्था कोइँच चुपलुले अधिकार प्रत्यायोजन गरिदिन्छ । र, यिनीहरुको संस्थाका पदाधिकारी चयन पनि वर्तमान समयको जस्तो अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष भन्ने हुँदैन । उनीहरुको शासकीय प्रणाली नै भिन्दै हुन्छ । जुन शाँदार व्यावस्थापन प्रणालीमा आधारित छ । परम्परागत संस्था कोइँच चुपलुमा कोही पनि ठूलो सानो भन्ने हुँदै हुँदैन । सबै बराबर हुन्छन् । तसर्थ परम्परागत संस्था कोइँच चुपलुमा निरंकुसता हुँदैन । प्रतिनिधिमूलक संस्थाका सल्लाहकारले बेला बेलामा कान काटेर फाल्छु भन्दै स्पष्टिकरण दिइरहनु हुन्छ । त्यस्तो कष्ट पराम्परागत संस्था कोइँच चुपलुमा आवश्यक पर्दैन । सबैले सबैको विचार सुन्ने र सहमति लिएर निर्णय गर्ने, अरुको अस्तित्वलाई पनि स्वीकार गर्ने परम्पपरा छ आदिवासी जनजाति परम्परागत संस्था कोइँच चुपलुमा ।

कोइँचमा भएको वर्तमान स्थिति

१. कोइँचमा आफ्नै परम्परागत संस्था ‘कोइँच चुपलु’, जीवनपद्धति र विश्वास छ । तर राज्यको एक भाषा, धर्मका कारण यसको शासकीय शक्ति नष्ट भएको छ मात्र साँस्कृतिक रुपमा अस्तित्व राखीरहेको छ । यसैले कतिपय कोइँच नेता हुँ भन्नेहरु यो संस्था नै नभएको जिकिर गर्छन् । कारण उनीहरुको गिदीमा खासबाहुनले पार्टी वा आयतीत किरचियान एवं हिन्दू संस्कारको गोबार भरिदिएका छन् ।

२. सामुहिक नेतृत्वम चल्ने कोइँच समाजमा एकल नेतृत्वको अभ्यास भइरह्यो । जसको कारण उनीहरुमा नेतृत्वको अन्तरद्वन्द्व छ । आम आदिवासी मै पनि यो समस्या छ । कारण के हो भने नेपालले सिकेको शिक्षा ब्रिटिस साम्राज्यवादको एकात्मक विस्तारवादी शिक्षा हो । जसले गर्दा नेता भन्ने वित्तिकै कि त राजा, कि राष्ट्रपति, कि प्रधानमन्त्री, कि पार्टी अध्यक्ष वा वरिष्ट नेता भन्ने दिमागमा सम्झना आइहाल्छ । तर आदिवासी कोइँचको परम्परागत शिक्षा प्रणाली भनेको सहभागीतामूलक सामुहिक समावेशी समता शिक्षा प्रणाली हो । यसले सबै नेता हुन् भन्छ । अर्थात् नीनि निर्माण गर्ने व्यवस्थापिका स्वतः जनता हुन । उनीहरुको सहभागितामा मात्र नीति निर्माण तथा निर्णय प्रक्रियाहरुको थीति राखिन्छ । मात्र कार्यपालिका र न्यायपालिकाहरु चुनिन्छन् ।

३. ‘कोइँच चुपलु’ परम्परा जबसम्म अस्तित्वमा थियो उनीहरुको माटोको रक्षा हुन्थ्यो र उनीहरुको जल, जमीन र जंगलको रक्ष भएको थियो । अहिले आफ्नै माटोबाट कोइँच विस्थापित छन् । आफ्नो भूमिमा अल्पसंख्याकको रुपमा बसोबास गरिरहेका छन् । कारण जब नेवार मल्ल राजाले नेपालमा कोइँच भूमिलाई गाब्यो कोइँच भूमिमा नेवारहरुले आफ्नो व्यापारिक बिस्तार गर्दै गए जसको कारण व्यापार केन्द्रहरु उनीहरुको हातमा प¥यो । मल्ल पछि शाहको हातमा कोइँच माटो पुगेपछि कोइँचको १२ किपटलाई काठमाडौंमा केन्द्रिकृत गरियो र बस्नेत र खड्का काजीहरुलाई कोइँच भूमिका प्रंसाशनिक प्रमुख बनाए पस्चात् कोइँच माटोमा खासबामनहरुको हालीमुहाली बढ्दै गयो । कमराकमारी, बाहुन, कामी, दमाइ, सार्कीलाई कोइँच भूमिमा ल्याउने र उनीहरुको वस्ती बसाउने काम गरियो । जालझेल शुरु भयो । कोइँचहरु विस्थापित हुँदै गए । अभैm पनि वर्तमान संरचनाको रामेछाप जिल्लाको गुमदेल गाविसका कोइँचहरुलाई बाम्तीका खासहरुले जालझेल गरेर खेदेको कथन ताजै छ ।

४. कोइँचहरुको विश्वास, संस्कार र संस्कृति जल, जमीन र जंगलमा नै निर्भर गर्ने भएकोले उनीहरुको परम्परागत संस्थालाई राज्यले ध्वस्त पारेपछि सामाजिक तथा साँस्कृतिक विचलन आइरहेको छ । कारण मल्ल राजाहरुले कोइँचको भूमि कब्जा गरेपछि कोइँच माथि मिथिलाका बामनहरुले भित्रिएको हिन्दू संस्कृति विस्तारै लादियो र शाहकालमा त उनीहरुको किपट खोसेर कि राजाको सिपाहीलाई पाल्ने अन्न भर कि हिन्दु धर्म स्वीकार गर भन्ने विकल्प प्रस्तुत गरेपछि १८८२ मा सारमे धारमे काःतिच सुनुवारले आँपचौर थुममा आई बाहुन बाछी पुज्ने भन्ने सम्झौता गर्न बाध्ये भए । यसैले अभैm पनि कोइँचमा साँस्कृतिक द्विविधा जारी छ । अहिले कोइँच संस्कार संस्कृति हिन्दु, बौद्ध, बोन र आफ्नो परम्परागत मुक्दुम संमिश्रण भएको हुँदा तेस्रो धर्म किरचियन धर्म अवलम्बन गर्नेहरुको जमात बढ्दै गएको छ । तर त्यो मात्र पनि समस्याको समधान भने होइन ।

५.कोइँच चुपलुका प्रथा र परम्परा अभैm पनि कार्यन्वायनमा त छ तर अन्तिममा गएर सरकारी मान्यताको कारण ती कुराहरु अवैधानिक हुन्छन् कि भन्ने शंका छ कोइँच समाजमा । जसको कारण उनीहरुको परम्परा र संस्कृति कमजोर र लोप हुँदै गएको छ । तर उनीहरुलाई बुझाउन प्रतिनिधिमूलक संस्था आपैंm पनि र त्यस संस्थामा रहेका पदाधिकारी, सदस्य तथा सल्लाहकार नै प्रष्ट नभएको कानून प्रति कोरा ज्ञान भएको कारण र बाहिरीय प्रभाव बाहुनवादी मनुसोंचले ग्रस्त भएको हुँदा व्यवहारिक कार्यन्वायन हुन सकिरहेको छैन ।

६. सामुहिक नेतृत्वलाई स्वीकार गर्ने अदिवासी जनजातिहरुले हिन्दु मनुवादी एकल नेतृत्वको शिक्षा पाइरहेको हुँदा जहिल्यै पनि व्यावहारीक रुपमा आदिवासी जनजातिको सामुहिक नेतृत्व र एकात्मक पद्धतिको नेतृत्व भएको राज्यको नीति निर्माण तथा शासकीय स्वरुप वीचको बुझाइमा अन्तरद्वन्द्व पैदा गरेकोले आफ्नो सामुदायको नेताको बारे मै पनि अन्यौल छन् । कारण उनीहरुले जातीय नेताहरुलाई गौण सम्झिने र राजनीतिक पार्टीको नेतालाई शक्तिशाली सम्झिने प्रचलनको हबी बढीरहेको छ । यसैले जातीय आन्दोलनले गति लिन सकिरहेको छैन ।

७. परम्परागत संस्था ‘कोइँच चुपलु’ को संरचना भत्किएकोले संस्कृति रक्षा गर्न नसकेको अवस्था यथावत छ । त्यसैले प्रतिनिधिमूलक संस्थाले कोइँच संस्कृतिको रक्षा गर्न सक्दैन भन्ने कोइँच विद्वानहरुको दावी रही आएको छ । कारण प्रतिनिधिमूलक संस्थाको संगठानात्मक संरचना एकाल्मक पद्धतिको छ । तर कोइँचहरुमा सामुहिक नेतृत्व प्रणालीको संगठानात्क संरचना छ । हरेक थारिकुटीको संस्कार संस्कृतिमा विविधता छ । त्यसैले हरेक थारिकुटीको संस्कार संस्कृतिलाई अध्यक्षले सम्कोधन गर्न सक्दैन न त महासचिवले । यसैले कोइँचको प्रतिनिधिमूलक संस्थाको संरचना पनि संघीय हुनु अवश्यक छ ।

परम्परागत संस्था कोइँच चुपलुको महत्व

१. परम्परागत संस्था कोइँच चुपलुले नीति निर्माण गर्ने भएको हुँदा उनीहरुको अनुकूल नियम बन्दछ ।

२. परम्परागत संस्था कोइँच चुपलुमा लिङगभेद नभएको हुँदा लैंगिक समावेशी स्वतः हुन्छ ।

३. परम्परागत संस्था कोइँच चुपलुले कोइँच भाषा, संस्कृति जोगाइ राख्दछ ।

४. परमपरागत संस्थाको नियम कानुन स्वतन्त्र पूर्व सुसूचित सहमतिमा परामर्श गरी सबैको सहभागितामा तयार हुन्छ ।

५. परम्परागत संस्था कोइँच चुपलु प्रतिको आस्था विश्वासको कारण अभैm पनि १२ किपाट १६ थुम १२ गाउँको कोइँच बसेर न्याय गर्ने भन्ने चलन छँदै छ । जसको कारण १२ गाग्रो जाँड, १२ सोली रोटी, १२ पाथी चामाल, १२ पोङ रक्सी, १२ वटा खासी जस्ता रीतभातको कुरा गरिन्छ ।

६. परम्परागत संस्था कोइँच चुपलुको अधिकार क्षेत्रमा जल, जमीन र जंगल पर्ने भएको हुँदा उनीहरुको जन्म, विवाह, मृत्यु संस्कार तथा चाडपर्वहरुलाई चाहिने स्रोत साधन उपलब्ध गरिदिने भएकोले संस्कार संस्कृति हराउँने सम्भावना कम हुन्छ ।

७. आइ एल ओ कन्भेनसन नं. १६९ ले परम्परागत संस्थालाई पहिलो प्राथमिकता दिन्छ । यसैले कोइँच चुपलुलाई पुनः स्थापित गर्नु अति आवश्यक छ ।

८. पराम्परागत संस्था पुनः स्थापित हुनु भनेको कोइँचको पहुँच नीति निर्माणमा पुग्नु भएको हुँदा जातीय स्वायत्त स्वतः प्राप्ति हुने छ ।

९. कोइँच सबैमा नेतृत्वको विकास हुने छ ।

१०. कोइँचहरुमा आफ्नो भाषा, धर्म–संस्कृति प्रति पुनः आस्था बढ्ने छ ।

र, अन्त्यमा

आदिवासी जनजातिको उत्पत्ति तथा पहिचानको आधारमा अधिकार उपभोग तथा अभ्यास गर्ने सवालमा कुनै पनि भेदभाव गरिनु हँुदैन । र, यस्तो भेदभाव भएमा आदिवासी जाजातिहरुलाई कुनै पनि भेदभावविरुद्ध प्रभावकारी उपचार तथा क्षतिपूर्तिको अधिकार हुनुपर्दछ । यस्ता अधिकारलाई वर्तमान संविधान सभा मार्पmत सुनिश्चित गर्नु पर्ने बेलामा उल्टै राज्यले जालझेल गरिरहेका छ । कतै पनि राज्यले आदिवासी जानजातिको स्वातन्त्रतापूर्वक आफ्नो राजनीतिक व्यवस्था निर्धारण गर्ने तथा आफ्नो आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास अवलम्बन गर्ने अधिकार, आदिवासी जनजातिहरुको पूख्र्याैली र परम्परागत भूमि, क्षेत्र तथा स्रोत माथिको स्वामित्व तथा प्रभावकारी नियन्त्रणको अधिकारलाई मान्यता दिनुको साट्टो अधिकार खुम्च्याउनतिर उद्यत देखिन्छ । आदिवासी जनजातिलाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक पद्धति तथा संस्था, आदिवासी ज्ञान र शीप, सम्पदा, धर्म, शिक्षा पद्धतिलाई कायम राख्न, विकास गर्न तथा संरक्षण गर्न र आफ्ना जीविकापार्जन एवं विकासका माध्यमको बेरोकटोक पहुँच, उपभोग र नियन्त्रण गर्न पाउने अधिकारका साथै आफ्ना परम्परागत आर्थिक गतिविधिमा स्वतन्त्रतापूर्वक संलग्न हुने अधिकार राज्यले संरक्षित गर्नुपर्छ भन्दै आन्दोलनमा उत्रिएका आदिवासी जनजातिहरुको वीचमा खोइ कोइँचको भूमिका कस्तो रहने भन्ने स्पष्टता अझै अन्यौल छ ।

अन्तराष्ट्रिय श्रम संगठन १६९ ले आदिवासी जनजातिको लागि जतिसुकै अधिकार दिए पनि कोइँचहरुको सोच्ने मानसिकतामा परिवर्तन नआएसम्म आदिवासी जनजाति कोइँचले आफ्नो अधिकार उपयोग गर्न सचेत छैन भन्दा दुइमत नहोला । जबसम्म आदिवासी जनजाति कोइँचहरुले आफ्नो अधिकारलाई उपयोग गर्न सक्ने छैनन् । सुनुवार सेवा समाजमा रहेर विधान विपरित कुरा र काम गर्ने सल्लाहकार, पदाधिकारी र सदस्यहरु छँदै छन् । समाजको विधानमा भाषा, संस्कृति र धर्मको रक्षा गर्ने उल्लेख छ । तर उनीहरुले भाषा संरक्षणको नाममा कहीँ कतै केही काम गरेका छैनन् । मात्र भाषाण र आलोचनाको लागि आलोचना गर्ने र कोइँचको मुद्धमा मौन देखिन्छन् । बरु अरुले गरेको सिर्जनात्मक काममा संस्थागत हुनु पर्छ भनेर बाटोमा खुट्टा तेर्साउने काम चाहिँ गरिरहेको देख्न पाउँछौं । न त संस्कृति संरक्षणमा त्यस्तो गतिलो पत्रपत्रिका, पुस्तक, अनुसन्धान पत्र नै छपाएका छन् । समाजको भौतिक पूर्वाधारको रुपमा रहेको एउटा घरले के नै भाषा संस्कृतिको रक्षा गर्न सक्ला र ? प्रश्न जताततै छ । त्यसैले कोइँचको भावना उजागार गर्न सक्रिया समाजको लागि सामुहिक नेतृत्वको परम्परागत संस्था ‘कोइँच चुपलु’ को विकल्प छैन भन्न सक्छौं ।

–तिःसुप.कात, चुपलु

एचचि : यालाखोम, नेपाल

सन्दर्भ पुस्तक तथा पत्रपत्रिका

१¬) काःतिच कोइँचबु, थामा लोः, २०६५, चुप्लु समाज, काठमाडौं ।

२) काःतिच कोइँचबु, कोइँच र कोइँच दायित्व, २०६५, जागरणको लागि सुसेली १ः१

३) वल्लो किरात स्वायत्त राज्यको आवधारणा, २०६५, सुनुवार सेवा समाज, केन्द्रीय समिति, काठमाडौं

प्रतिक्रिया

अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)