भ्रमित मान्यतासँग जुधिरहेको जाँडरक्सीको साँस्कृतिक विविधता

कोइँचबु काःतिच (उत्तम)
कोइँचबु काःतिच (उत्तम)११ जेठ २०८०, बिहिवार
भ्रमित मान्यतासँग जुधिरहेको जाँडरक्सीको साँस्कृतिक विविधता

‘अन्न कुहाएरै उठीबास लागेको ।’ धेरैको कथन छ जाँडरक्सी पकाउने र खाने समुदायको वारेमा टिप्पणी गर्ने सम्बन्धमा । ‘जचा तुचामि जिन्दगी फिउ’ भन्ने विद्वानहरुलाई अंकमा विश्वास छ भने ‘जचातुचामा फिउ’ हुनेको जिन्दगी त ‘फिउ’ भयो तर ‘जचातुचा’ नै नगर्नेहरुको जिन्दगी चाहिँ के कारण ‘फिउ’ भइरहेको छ ? त्यो दृष्टिकोणबाट कसैले चासो लिएको पाइँदैन ।

कुनै पनि अन्न पखाएर लिँःख अर्थात् मर्चा मोलेर ओथरा राखेर बनाइएको एक किसिमको पेया पदार्थलाई जाँड भनिन्छ भने जाँडको बफालाई चिसाएर पुनः तरल बनाइने पेय पदार्थलाई रक्सी भनिन्छ । कोइँच समाजमा जाँडलाई सेजो, तोङ्बा, छानुवा, सरुवा वा निघार, अराकु, चिराकु, रिब्दोको रुपमा सेवन गर्ने चलन छ ।

जनधारणार यथार्थ
जुन समुदायमा जाँडरक्सीको परम्परागत प्रचलन छैन उनीहरुले जाँडरक्सीलाई अशान्तिको वीउ ठान्छन् । गरीबी हुने बाटो मान्छन् । कुलतको आधार ठान्छन् । होहल्ला गर्ने औषधि भन्छन् । जाँडरक्सी भनेको रोगको जरा भन्ने गर्छन् ।

जाँडरक्सीलाई मुर्ख बनाउने साधन वा बुद्धीहिन मान्छेको आहार ठान्छन् ।यसैले रक्सीलाई साँस्कृतिक रुपमै असुरहरुले प्रयोग गर्ने पेय पदार्थ सोमरस, प्रहामना समेत भन्ने गरेका पाइन्छ । फलफूलबाट बनाइएको रक्सीलाई भने अमृत ठानेर पिउने गर्छन् । 

कोइँच समुदायमा अन्नलाई पाँच ग्रेडमा वर्गीकरण वा खण्डीकरण गरिन्छ । सबैभन्दा पहिला बीउको लागि छुटाइन्छ । त्यसपछि पाहुनाहरुको लागि छुटाइन्छ । मीठो मात्रै भएर पुग्दैन काम गर्दा टन्न अघाउनु पनि पर्ने र शक्तिवर्धक पनि हुनुपर्ने भएर हुनसक्छ तेश्रो ग्रेडको अन्न सामान्य दैनिक खानाको लागि छुटाइन्छ । चौथो ग्रेडको सिधै खाना नमिल्ने वा धेरै मिहिनेत लगाएर केलाएपछि खाना मिल्ने अन्नलाई जाँडको लागि छुटाइन्छ । पाँचौ ग्रेड अर्थात अन्तिममा काम नलाग्ने अन्न भने गाईबस्तु वा कुकुरका लागि छुटाइन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यानुसार वर्षमा तेत्तीस लाख मानिसहरु जाँड रक्सीको कारण मर्ने गर्छन् । यो तथ्य भनेको विश्व स्वास्थ्य संगठनकै रेकर्डअनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट मर्नेहरुको संख्याभन्दा साडे दुईगुण कम हो ।

त्यसैगरी मुटुरोगबाट मर्नेहरु भन्दा पाँचगुना र क्यान्सरबाट मृत्यु हुनेहरु भन्दा तीन गुणा कम हो । जव कि खानेपानीकै कारणवार्षिक पाँच लाख पच्चीस हजार बालबालिका झाडापखला लागेर अकालमै मर्ने गर्दछन् । मधुमेहका कारण पन्ध्रलाख मान्छेहरु मर्ने गर्दछन् । 

कथित ठूलाबडाले पिउँदा भव्य पार्टीको शोभा हुने जाँडरक्सी सामान्य मान्छे र श्रमजीवीले पिउँदामात्रै पनि हाम्रो समाजले रक्स्याहा, जँड्याहाको उपाधी भिराउँछ । जसले जतिसुकै जाँडरक्सी छुन्न भने पनि जातीय र धार्मिकरुपमा छिःछिः दुर्दुर गरे पनिनेपालमा वार्षिक भित्रिने विदेशी रक्सी र नेपालका लिकर्स उद्योगको विस्तार र उत्पादन हेर्ने हो भने पनि नपिउने मानिसको संख्या नगण्य नै मान्न सकिन्छ ।

जाँडरक्सीलाई जतिसुकै घृणाको दृष्टिकोणले हेरे पनि जाँडरक्सीको फाइदा नउठाउने व्यक्ति सन्सारमा पाउन मुस्किल हुनसक्छ । कसैले जाँडरक्सीबाट अछुतो छु भन्छ भने कोरा कल्पना मात्रै हुनेछ । 
विश्वास र मान्यता

मुक्दुममा सुरि नाअÞसोले दाउदाउको सहयोगमा जाँडरक्सी बनाएको उल्लेख छ । यसैले अभैm पनि पिदार शाँबु पकाउनेलाई सुरि नाअÞसो भनेर दोलकुम लगाएर शिर उठाउने गरिन्छ । खापोनिपोले आफ्नो पुर्खालाई चढाएको भात कुहिएर दुर्गन्ध पैmलिने गरेकोले सुरी नाअÞसोलाई साह्रै चिन्ता भयो । अनि न्यासध्यानले प्राणरक्षक दाउदाउको पुकार गरे ।

दाउदाउले पार्मोसिरि र अनिलासिरिले मुखमा थुक्दा मरेको मान्छेलाई इँःगिले लिँख सुवा (चितु र अन्य जडिबुटी) को खुवाएर ब्युँझाएको बताउँदै भातलाई जिउँदो राख्न लिँःख मोलेर लिक्युबाट ताप भरिदिनुभयो । 

केही दिनपछि भात त कुहिनाको सट्टा मग्मग बासना आयो । पितृको प्रसादबाट मीठो बासना आएको हुँदा आकाश धर्ती र पितृलाई चढाउँदै सुरि नाअ्सोले चाखीहेरे । मग्मग बासना आएको भात त अचम्मको गुलीयो स्वादिलो भएको देखेर सुरी नाअÞसो दाउदाउ दाउदाउ भन्दै खुशीले उफ्रिन थाले । यसैले अभैm पनि जाँड थिम्शोनु जाँडको वीच भागमा आगोको कोइला राखेर तीन पटक चिम्टाले खरानी हालेर दाउदाउ भनेर तीन पटक जाँड ओथारा राख्ने भाँडोमा ठोक्ने गरिन्छ । यसैले लिँःखबाट बनाइएको जाँडलाई पवित्र मानिन्छ । यसैले कोइँचको हरेक संस्कारमा जाँडरक्सी अनिवार्य चाहिने गरेको हो ।

बच्चा जन्मिदाको सापुरोलो तथा नेया गेतेक संस्कारमा फाइँशि शाँबु पिदार गरिन्छ । विवाहमा कुरा छिनाउन कोकोर शाँबु र नेगनेगि गर्न ग्याँबे शाँःबुको पिदार गरिन्छ । मृत्युपछि पुर्खाको साथ लागेर जानका लागि खाजापानीको रुपमा चिहान माथि शेपुरिपु शाँबु चढाइन्छ । मृत्यु पस्चात पितृहरुलाई जाँडरक्सी नै चढाएर पूजाआराधना गरिन्छ । कोही विरामी भयो भने स्वास्थ्योपचारको रुपमा बाँदो पोअÞशो शाँबु पिदार गरिन्छ । आफन्तको घरमा निम्तो मान्न जाँदाको अमूल्य कोशेली पनि जाँडरक्सी नै हो । शीर उठाएर विग्रेको सम्बन्ध वा तिक्ततालाई आत्मीयतामा बदल्ने सागुनी हो । 
सामाजिक साँस्कृतिक सभ्यताको प्रतिक पनि हो । जाँडरक्सी मनोरञ्जनको साधान मात्र नभएर कोइँच समुदायको लागिपुर्खको सम्मान, अदृश्य शक्तिसँग सम्पर्क साधन, शक्ति तथा साहासको प्रतिक, शुभअशुभ थाहा पाउने सूचक, कानुनको सम्मान, मेलमिलापको साधान, सत्कारको शोभा, औषधि, आम्दानीको स्रोत, अविस्मर्णीय सुमधुर सम्झनाको सम्मानसूचक साधन, सम्बन्ध विस्तार गर्ने सेतु हो ।

रसायनिक संरचना
जाँडरक्सीको मदाकता दिने घटक वा भागलाई एथानोल वा एथाइल भनिन्छ । जाँडरक्सी मुख्यत कार्बोहाइड्रेट भएको हुँदा शक्तिको स्रोत हो । यसमा कुहुन नदिने क्षमता हुन्छ । इथाइल समूहलाई हाइड्रोक्सियल समूहसँग दाँजिन्छ । एथाइलमा दुई कार्वन परामणु हुन्छ ।

कार्बन, हाईड्रोजन, र अक्सिजन मिश्रित रासायनिक यौगिक रक्सीको मादकतालाई C2H3O, CH3-CH2-OH वा C2H5OH छोटकारीमा EtOH ले पनि जनाइन्छ । रक्सीमा पानीमा भन्दा कम एसिड हुन्छ । अन्न पकाएर लिँःख राखेर ओथारो(थिम्शा) राखेपछि जाँडमा मादकता (एथानोल) उत्पन्न हुन्छ । जसलाई वष्पिकरण गरेर विशुद्ध रक्सी बनाइन्छ । तर खाना नहुने रक्सी मेन्थल भने रासायिनिक प्रक्रियाबाट बनाइन्छ । 

अन्नको उपयोग र वर्गीकरण
‘अनिकालमा वीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु’ नेपाली उखान छ । तर कोइँच मुक्दुममा ‘जिली माशाम्चा बिलीमा क्याम्चा’ भन्ने भनाइ छ । यसैले अनिकालमा मात्रै होइन सधैं हरेक अन्नपात वा फलफुल वा बोटविरुवा प्रयोग गर्नु पर्दा सबैभन्दा पहिला बीउ छुटाउने गरिन्छ । यसैले जाँडरक्सी बनाउँदा सबैभन्दा खानाको लागि काम नलाग्ने अन्नको उपयोग गरिन्छ । 

कोइँच समुदायमा अन्नलाई पाँच ग्रेडमा वर्गीकरण वा खण्डीकरण गरिन्छ । सबैभन्दा पहिला बीउको लागि छुटाइन्छ । त्यसपछि पाहुनाहरुको लागि छुटाइन्छ । मीठो मात्रै भएर पुग्दैन काम गर्दा टन्न अघाउनु पनि पर्ने र शक्तिवर्धक पनि हुनुपर्ने भएर हुनसक्छ तेश्रो ग्रेडको अन्न सामान्य दैनिक खानाको लागि छुटाइन्छ । चौथो ग्रेडको सिधै खाना नमिल्ने वा धेरै मिहिनेत लगाएर केलाएपछि खाना मिल्ने अन्नलाई जाँडको लागि छुटाइन्छ । पाँचौ ग्रेड अर्थात अन्तिममा काम नलाग्ने अन्न भने गाईबस्तु वा कुकुरका लागि छुटाइन्छ ।

प्रकार र स्वाद
जाँड रक्सीको उत्पत्ति अन्नबाट हुन्छ । अन्नको आधारमा जाँडहरुको नाम पनि फरक फरक किसिमको पाइन्छ । पिठोको जाँडलाई हुरे, चामालको जाँडलाई भाती, विशुद्ध कोदोको जाँडलाई जिर्मा भनिन्छ ।

जाँडको पनि उमेर अनुसार र त्यसको साँस्कृतिक प्रयोग अनि छनाइ अनुसार विभिन्न नामहरु छन् । भर्खरै ओथाराबाट उठाएको जाँडलाई ङास वा ङासि भनिन्छ । बाकुलो किसिमले छानेको आरिमा राखिएको जाँडलाई राँकुदेले, घिउ राखेर पितृलाई चढाइने जाँडलाई लेलेकचुङ÷देलेकचुङ, विभिन्न उत्सवहरुमाा बाँढिने जाँडलाई हुवाले, डबकाभरि बाकुलो जाँडलाई देलेले र पातलो जाँडलाई खेम्खेमतुलि भनिन्छ । आफ्नै प्रतिविम्वा देखिने गरी पतालो जाँडलाई रामछाँया छेङपाल भन्ने गरेको पाइन्छ ।

स्वाद अनुसार पनि जाँडको नामाकरण फरक फरक पाइन्छ । अलि अलि अमिलो हुना लागेको जाँडलाई क्युरुक्युरु भनिन्छ । धेरै तापक्रमले चाँडो छिप्पिएको जाँडलाई अमारे अनि सास गएर बिग्रिन लागेको जाँडलाई ग्युर्शो भनिन्छ । अलि धेरै समय राखेर छिपाएको एक किसिमको गुलियो गुलियो बिस्तारै मताउने क्षमता भएको एकदम मीठो जाँडको स्वादलाई ककाःजिजि भनिन्छ । छिपिएर पनि झन्डै अमिलो हुना लागेको तर पिउन सकिने जाँडको स्वादलाई हाइँ हाइँ भनिन्छ । स्वादसँगै त्यसको गन्धबाट समेत जाँड मिठो नमिठो थाहा पाउने गरिन्छ । तातो तातोमै लिँःख मोलेको वा जाँडको सास गएको केही स्वाद नै नआउने जाँडको गन्धलाई होस्के रिना भनिन्छ ।

रक्सी
रक्सी बोसो पछिको सबैभन्दा बढी क्यालोरी भएको पोषक तत्व हो । रक्सी भनेको इथानोल वा इथाइल मिसिएको पानी हो । यसले मान्छेलाई मताउने काम गर्छ । रक्सीको काम र गुण अनुसार विभिन्न नाम र वर्गमा बाँडिन्छ । 

रक्सीलाई विभिन्न नामले चिनिन्छ अराकु, शेर्शो, रिब्दो, सिजङ्वा, ऐला, वासा, हेङ्मा, नर्सिङ ट्वाक, ठर्रा, डडुवा, तीनपाने, तीनतले, घरचुवा, घरपारुवा, खोया बिर्के, टिन बिर्के, पाखाली, सेन्तेरेम, बाहुन पोका आदि ।

आराकु, चिराकु रक्सी पर्दापार्दै बानबाट निकालेको रक्सी हो । परम्परागत रुपमा पारिने रक्सीलाई तीन पाने, पाँच पाने, सात पाने र नौ पाने गरी छुटाउने गरिएको छ । विशेष मान्छेलाई चाख्नको लागि चुरुक्क दिन पारिने रक्सी हो तीनपाने हो । यसमा एथानोलको मात्र बढी हुन्छ । पाहुनहरुको लागि यादगार भेटघाट र स्वागतको लागि पारिने रक्सी पाँचपाने हो । विभिन्न किसिमको काजभोजको लागि रमाइलो गर्दै खाने वा धेरै समय बसेर खाने रक्सीलाई सातपाने भनिन्छ । 

काजभोजमा अती बढी नै पिएर मातेपछि अभैm थपेर खान खोज्नेहरुको लागि थपुवा रक्सीलाई नौ पाने भनिन्छ । यसमा मादकताको मात्र धेरै कम हुन्छ । रक्सी कति मिठो भयो भनेर जाँच्ने आधार भनेको आगोमा जलाउनु नै हो । अनि भाँडा जस्तै गिलासको भित्तामा बाक्लो टासियो वा तह देखियो भने रक्सी मीठो हुन्छ । रक्सीलाई विभिन्न नामले चिनिन्छ अराकु, शेर्शो, रिब्दो, सिजङ्वा, ऐला, वासा, हेङ्मा, नर्सिङ ट्वाक, ठर्रा, डडुवा, तीनपाने, तीनतले, घरचुवा, घरपारुवा, खोया बिर्के, टिन बिर्के, पाखाली, सेन्तेरेम, बाहुन पोका आदि ।

रक्सी थोरै खाए औषधि हुन्छ धेरै खाए विष हुन्छ । भिटामिन लगायत कतिपय औषधिमा थोरै मात्रामा रक्सी मिसाइएको पनि हुन्छ । रक्सी संसारमा सबैभन्दा लोकप्रिय मनोवैज्ञानिक पदार्थ मध्ये एक हो । यसले तपाईंको भावना र मानसिक स्थितिमा जबर्जस्त प्रभाव पार्दछ । आत्मचेतना र लजालुपन घटाएर, रक्सीले मानिसहरूलाई निषेध बिना कार्य गर्न प्रोत्साहित गर्न सक्छ । एकै समयमा, यसले निर्णयलाई कमजोर बनाउँछ र व्यवहारलाई बढावा दिन्छ जसले मानिसहरूलाई पछुताउन सक्छ । 

कट
अन्नलाई जाँड बनाएपछि अन्तमा कामै नलाग्ने जाँडको अन्तिम रुप नै कट हो । यो रक्सी पारेपछिको वेस्वाद वा खानाको लागि काममा नआउने रहलपहल जाँडको रुप हो । तर यो कामै नलाग्ने कट पनि कोइँच समुदायमा विशेषगरी सुँगुरको लागि खानाको रुपमा उपयोग गरिन्छ । बाख्राको लागि पुरक पोषण, गाइगोरु र भैसीको लागि पुरक पोषणको रुपमा प्रयोग गरिन्छ । तर दुहुना गाई भैसी वा बाख्रालाई दिइँदैन ।

भण्डारण
जाँडलाई कसरी भण्डारण गर्ने भन्ने आफ्नै विशिष्ट ज्ञान छ । जसको अनुसार घाममा राख्नु हुँदैन । आगो नजीक पनि राख्नु हुँदैन । गरमा पातहरु खप्टाएर पुइसु लगाउनु पर्दछ । न तातो नगर्मी वातानुकल स्थानमा भण्डार गर्ने र लामो समय भण्डारण गर्ने हो भने माटो वा खरानी मुछेर दाक लगाउने गरिन्छ ।

आजकाल माटोको भाँडामा राख्नुको सट्टा प्लास्टिकको ड्रम र प्लास्टिकको थैलोमा समेत राख्ने गरेको पाइन्छ । रक्सीलाई भने माटो दाबा, काठको कठुवा, पोङ काँचको बोतलमा राख्ने गरिन्छ । तर रक्सीलाई प्लाष्टिकको भाँडोमा राख्न हुँदैन अमारे हुन्छ भन्ने गरिएको भए पनि ओसारपसार गर्न भने प्लाष्टिककै जार्किन, ड्राम वा बोतल प्रयोग गरेको पाइन्छ । यसरी भण्डारण गर्दा विभिन्न स्वाद (फ्लेबर) दिन वा सास नजावोस भनेर चामल, मटमास, लोङ, सुकमेल रक्सी राख्ने भाँडामा राखिन्छ । 

कति खाने ?
कोइँच समाजको लागि जाँडरक्सी देउतालाई चढाउने पवित्र पेय पदार्थ हो । विभिन्न अनुष्ठान अनुसार शाँःबु पकाउने र पूजाआराधना गर्ने चलन हुन्छ । जुन अनुष्ठानको जाँडमा अल्कोहलको मात्र कम हुन्छ । पिदार शाँबु (पूजा अनुष्ठान) विभिन्न किसिमका हुन्छन । विशेषगरी पित्री कार्य वा अन्य देवदेवीको पुजाआराधनको लागि पकाउने जाँड नै पिदार शाँबु हो । त्यसैगरी विभिन्न संस्कारका  लागि पकाइने जाँडलाई तामार शाँबु भनिन्छ । यसमा फोइँशि शाँबु, कोकोर शाँबु, नेगनेगि शाँबु, शेपुरिपु शाँबु पर्दछन् । विभिन्न किसिमको काम गर्नेलाई खुवाउन पकाइने शाँबुलाई हुवाले भनिन्छ । कुनै पनि व्यक्तिको स्वास्थ्यलाभको लागि पकाइने शाँबुलाई बाँदो शाँबु भनिन्छ ।

हामीले खाएको खाना पेटले पचाउन धेरै समय लगाउँछ तर जाँडरक्सीमा भएको एथोनल छिटै शोसिन्छ । जाँडरक्सी खाने बित्तिकै करिब २० प्रतिशत एथानोल तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ । तत्पश्चात शरीरको सबै कोष–कोषिकाहरु प्रवाह हुन्छन । जसलाई हामी जाँडरक्सी लाग्नु भनेर बुझ्छौं । यसरी रगतमा तत्काल घुलमिल हुने जाँडरक्सीलाई कोइँचहरुले रमाइलोको लागि थोरै र मलो र खाना अगाडि खाने गरिन्छ । 

औषधिको लागि भने खाना पछि झाँनेर खाने गरिन्छ । आपैंm भान्से भएर कहिल्यै जाँडरक्सी खाने चलन छैन । खेतीपाती लगाउँदा र उठाउँदा रक्सी खाजाकै रुपमा अनिवार्य दिने चलन छ । काम गर्दा वा तीर्खा बढीजसो जाँड खाने गरिन्छ । कतै टाढा यात्रामा चाँडो पुग्नको लागि छिटो जोशसँग हिड्न एकदेखि दुई डबका बाकुलो जाँड खाने चलन छ । काममा जाँगर चलाउनको लागि पनि विहानै झाँनेर रक्सी खाने गरिनछ । अचेल खाना खाने अगाडि खाने चलन जाँडरक्सी नखाने समुदायले लुकेर खाने चलनबाट विकास भएको हो । 

कोइँच इतर अन्य समुदाय वा राज्यले भने आ–आफ्नो स्वार्थानुसार जाँडरक्सीको सेवन गर्ने गरेको पाइन्छ । युद्धमा सेनालाई उनीहरुको बहादुरीलाई सक्रिय र उत्तेजित बनाउन रक्सीको प्रयोग अनिवार्य हुन्छ । यसर्थ भूराजनीतिमा पनि रक्सीको महत्वपूर्ण भूमिका छ । 

रक्सीको अत्यधिक सेवनले हानी गर्छ र ठिक खाँदा औषधि हो भनिन्छ । ठिक मात्रामा रक्सी पिउँदा मुटुलाई फाइदा गर्छ । रक्तचाप घटाउँछ । रगतको जम्ने प्रवृत्तिलाई कम गर्छ र मृत्यु हुनबाट बचाउँछ । ठीक भनेको कति हो ? त । रक्सी कति पिउने र कहिले पिउने भन्ने सन्दर्भमा अहिले एक स्वास्थ्य पौढ व्यक्तिले दिनमा कति जाँडरक्सी खाने भनेर अमेरिका तथा युरोपमा त्यसको मात्रा नै तोकिदिएको पाइन्छ ।

एक ४० वर्ष पुगेको व्यक्तिले दिनमा बियर १२ औंस वा ३५५ मि.लिदेखि एक बोतलसम्म, वाइन ५ औंश वा (१४८ देखि २५०मि.लि.) १ गिलाससम्म, डिस्टिल्ड स्पिरिट (हार्ड ड्रिङ्क्स भोड्का, रम, ह्विस्की) हरु १.५ औंश वा (४४ मि.लि. देखि ६० मि.लि) दुई पेगसम्म पिउन ठिक मात्रा मान्ने गरिएको छ । विभिन्न अध्ययनानुसार रगतमा ३० मि.ली. खुशी, ५० मि.ली. सामान्य हिडडुलमा गढबडी, १ सय मि.लि. खुट्टा लर्बरिने तथा २ सय मि.लि.मा विर्सने र ३ सय मि.लि.मा पुरै ढल्ने हुन्छ । मीठो रक्सी बाल्दा चम्किलो नीलो ज्वाला निकाल्छ ।
सवाधानी
जाँडरक्सी मस्तिष्कको लागि फाइदाजनक पनि छ र हानीकारक पनि उत्तिकै छ । यसैले जाँडरक्सी पिउनु स्वास्थ्यको लागि फाइदा छ तर जोखिममुक्त भने होइन । सत्य के हो भने जाँडरक्सीले स्वास्थ्यमा पार्ने प्रभावहरू व्यक्तिहरू बीच भिन्नभिन्न हुन्छ र जाँडरक्सीमा भएको एथानोलको मात्रा र प्रकारमा निर्भर गर्दछ । यदि तपाइँ जाँडरक्सी पिउनु भएको छैन भने नपिउँदा नै राम्रो हुन्छ । जाँडरक्सी खाँदा विशेषगरी घरमै बनाएको वा उच्चाकोटीको ब्राण्डेट रक्सी मात्रै खानुपर्दछ । धेरै र गुणस्तरहीन रक्सीको पिउनु स्वास्थ्यको लागि उच्च जोखिम छ ।

जाँडरक्सी खाने तलतल भएमा डाक्टरको सल्लाह लिएर मात्रै खानुपर्दछ । इथानोलको मात्र बढी भएको जाँडरक्सी बालबालिकाहरुलाई खाना कर गर्नुहुँदैन । अनिच्छितहरुलाई जबरजस्ती गर्नुहुँदैन । र, यो कुरा परम्परागत आदिवासी पद्धतिमा स्वतः सवाधानीका उपायहरु व्यवहारमा लागु हुँदै आए पनि अहिले नियन्त्रण बाहिर गएको हुँदा थप नयाँ किसिमको नियन्त्रणको प्रक्रिया अपनाउनुपर्ने देखिन्छ ।

रक्सी रगतमा छिट्टै घोलिन्छ । रगतमा रक्सी बढी हुँदा दिमाग र स्नायु प्रणालीलाई प्रभाव पार्छ  । सबैभन्दा पहिला दिमाग अनि मुटु र कलेजोमा पार्छ । रक्सी पचाउने काम कलेजोले गर्छ  । कलेजोमा रक्सी टुक्रने र जल्ने गर्दा धेरै शक्ति उत्पन्न हुन्छ । त्यो शक्ति खर्च भएन भने बोसोमा परिणत हुन्छ र कलेजो रक्तनली, मुटुमा जम्मा हुन्छ । रक्सी पचाउनलाई कलेजोले धेरै काम गर्दा कलेजो थाकेर र बोसो जम्मा भएर कलेजोलाई नास गर्छ र लिभर सिरोसिस हुन्छ । शक्तिको सजिलो श्रोत रक्सी हो । रक्सीबाट चाँडै प्रशस्त क्यालोरी प्राप्त हुन्छ । रक्सीले तौल बढाउँछ ।

जाँडरक्सीले हृदयघात, मस्तिष्कघाट भइ प्यारालाइसिस गराउँछ । पिउन नहुनेले पिउँदा वा धेरै पिउँदा मुटु सुन्निने हुनसक्छ । कलेजोमा बोसो जमेर काम नलाग्ने हुन्छ । गर्भवती महिलाले बढी पिउँदा विकृत मुटु भएको बच्चा जन्मने सम्भावना हुनका साथै यूरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ । केही क्यान्सर रोगीहरूले जाँडरक्सी खानु हुँदैन खाएको बढाउने सम्भावना हुन्छ । ड्राइभिङ गर्ने व्यक्तिहरुले पनि खानु हुँदैन । रोग लागि सकेकाले अर्थात् विरामीले जाँडरक्सी खानुहुँदैन ।

हृदय रोग भइसकोको छ भने अचानक मृत्यु हुने सम्भावना हुन्छ । हृदय मांसपेशी क्षति (अल्कोहल कार्डियोमायोपैथी) भएको छ भने हृदयघात हुने सम्भावना हुन्छ । उच्च रक्तचाप भएको व्यक्तिले पिउँदा मस्तिष्कघात भई प्यारालाइसिस हुने सम्भावना हुन्छ । कलेजोमा बोसो जमेर कलेजो काम नलाग्ने लिभर सिरोसिस हुन्छ । डिप्रेसन भएको व्यक्ति छ भने आत्महत्याको सम्भावना हुन्छ ।नजन्मेको बच्चामा मस्तिष्क क्षति र अन्य समस्याहरू हुन्छ ।

परम्परागत नियन्त्रण
आदिवासी चलनमा महिलाबाट जाँडरक्सीको नियन्त्रण हुन्छ । जात्रामा । घरमा । काम गर्दा । यो नियन्त्रण अति कडा हुन्छ । जसलाई खाना मन लाग्छ उसले अरु पाहुना वा साथी ल्याएर सत्कारमा सँगसँगै खाने बाठो काइदा पनि हुन्छ । त्यसरी पनि थाहा पाएमा दिँदै नदिने पनि हुन्छ ।

लैङ्गिक भुमिका
जाँडरक्सी नियन्त्रण गर्ने अधिकार सम्पन्न अधिकारी महिला नै हुन् र यसको ज्ञान पनि उनीहरुसँगै छ । तर उपभोगको हिसावमा पनि महिलाले खाना नहुने पुरुषले खान हुने भन्ने छैन । न बालबालिकाहरुले नै खानुहुँदैन भन्ने हुन्छ । लुकाउनुपर्ने वा लुक्नुपर्ने कुनै कारण हुँदैन । तर जाँडरक्सी बनाउने आदिवासी ज्ञान भने उनीहरुसँग मात्रै छ ।

उपयोग
साँस्कृतिकरुपमा हेर्ने हो भने कुनै कार्य गर्दा अशुभ नहोस् भनि वाधाव्यवधान हटाउन प्रकृतिको पूजा आधारना गरी पुर्खको सम्मान गर्न जाँडरक्सीको उपयोग गरिन्छ । अतिथि सत्कार गर्नको प्रमुख पेय पदार्थ हो । परम्परागत रुपमा लिँख बनाउनको लागि विभिन्न किसिमको वनस्पतिको आवश्यकता पर्दछ । जाँडरक्सी बनाउनको लागि स्यालको मासु, मेथी, सुक्मेल, सिन्कौली, सिलटिमुर, पुस्टकारी, सखरखन्ड, सिस्नुको जरा, पदमचाल, खयर, सुन्तला लगायत विभिन्न किसिमको अन्न, फलपूmल र जाडीबुटीहरुको प्रयोग गरिन्छ । 

यसका लागि ती वनस्पतीको खेती गर्ने र वनमा जोगाउनु वा लगाउनु पर्छ । यसैले जैविक विविधता संरक्षणको दृष्टिकोणले जाँडरक्सीको उपयोग फाइदाजनक देखिन्छ । सामाजिकरुपमा त अग्रजहरुको सम्मान गर्नका साथै कुनै काममा जानी नजानी गल्ती गर्दा वा अपशब्द बोल्दा वा अन्जानमा हात कसैलाई हात लागेमा माफी माग्न वा शिर उठाउन जाँडरक्सीकै उपयोग गरिन्छ ।घाँस दाउरा गर्न, बारी खनजोत गर्न, लामो यात्रामा हिड्न खन्न, हर्हर तिर्खा लाग्दा तीर्खा मेटाउन, कसैसँग नडराइ अमन्ने सामान्य भएर बोल्न वा छलफल गर्नेआँट भर्न, सजिल्यै अन्य समुह वा समुदायसँग घुलमिल गर्न वा हुन, पीरलाई खप्न वा निस्तेज बनाउन,कसैलाई खुशी बनाएर काम लिन  वा लगाउन, कसैसँगको भेटघाट वा कुराकानी वा बसाइलाई जिन्दगी भरि सम्झनालायक बनाउन जाँडरक्सीकै साहारा लिने गरिन्छ । 

पाहुना जाँदा कोसेली पुरानै चालन हुँदाहुँदै पनि वर्तमान समयमा समेत साथीभाई वा हाकिम वा मालिकलाई खुशी पार्न वा रिझाउन रक्सी कोसेली लैजाने चलन जबर्जस्तरुपमा रहेको छ । उच्चस्तरीय कुटनीतिक सम्बन्ध विस्तारमा समेत टोष्ट प्रस्तावमा रक्सीकै प्रयोग गरिन्छ ।यो अभ्यास अन्तराष्ट्रिय रुपमा पनि दुई देशका उच्चस्तरीय सम्बन्ध विस्तारका दौरानमा रक्सीले टोष्ट प्रस्ताव गर्दै रक्सीले नै स्वागत गर्ने प्रचलन छँदैछ ।

नकरात्मक दृष्टिकोणले हेर्दा सोच्दा कसैलाई खुशी पारेर ललाइफकाइ गरी आफ्नो पक्षमा बनाई आफ्नो जमात वा हुल निर्माण गर्न वा अपराधिक क्रियाकलापमा संलग्न गराउनका लागि पनि जाँडरक्सीकै उपयोग गरिन्छ । तर स्वास्थको दृष्टिकोणले हेर्ने हो भने जाँडरक्सीको उचित सेवनले मधुमेह तथा हृदय रोगको जोखिम कम हुन्छ । इस्केमिक स्ट्रोकको जोखिम कम हुन्छ ।  परम्परागत रुपमा शल्याक्रिया गर्दा रक्सीकै प्रयोग गर्ने गरिन्छ । दुःखेको मर्केकोमा मालिस गर्दा आराम दिन्छ । जिउ देखेको निको पार्न वा सर्दी निकाल्न रक्सी झानेर खाने चलन छ । 

विहान छिटो उठ्ने र बेलुका मस्तले सुत्ने पनि जाँडरक्सी खाने गरिन्छ । आधुनिक समयमा पनि एन्टिव्याक्तेरियल र एन्टिफंगल गुण हुने भएको हुँदा जाँडबाट बन्ने रक्सीलाई मेडिकल वाइप, सेनिटाइजर, एन्टिसेप्टिक र कीटणुनासको रुपमा पनि प्रयोग गरिन्छ । इथाइलिन ग्लाइकोल तथा मिथाइल विषक्तता भएको अवस्थामा एन्टिडोटको रुपमा प्रयोग गरिन्छ ।औद्योगिक रुपमा इथाइल एस्टर, एसिटिक एसिड, डाइथाइल इथर र एथिल एमाइन्सको उत्पादनमा समेत रक्सीकै प्रयोग गरिन्छ ।

वातावरणीय दृष्टिकोणले हेर्दा इन्धनमा रक्सी मिसाउँदा कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ भन्ने विश्वास गरिन्छ। खासमा रक्सी एक प्रमुख औद्योगिक रसायन हो। यसैले जाँडरक्सी कोइँच महिलाहरुको आम्दानीको स्रोत समेत हो ।

हचुवा तर्क
जाँडरक्सी बनाउने र खानेको घरमा अशान्ति हुन्छ भन्ने हचुवा प्रक्षेपण धेरैको पाइन्छ । तर कुनै पनि आरोपीहरुले आधिकारीक डेटा प्रस्तुत् गरेर अशान्तिको वीउ हो भनेर प्रमाणित गर्न सकेका छैनन् । मुख्यतः नेपालको सन्दर्भमा कुरा धार्मिक तथा जातीय दृष्टिकोणले होचाउने चलन छ ।

विरोधाभासपूर्ण व्यवहार भने के हो भने आदिवासीय ज्ञान सीपबाट बनेको जाँडरक्सीलाई आमा समूह वा सुव्यवस्थित र शान्त  समाजको नाममा पोखाउने, फुटाउने नाममा वहुराष्ट्रिय कम्पनीको जाँडरक्सीको प्रवद्र्धन गरी विदेशी मुद्रा सञ्चितीमा कमी ल्याउने काम मात्रै हो ।

वेथितिको कारण
वाह्य व्यापारिक रक्सीको अनियन्त्रित विक्री वितरण । दिने मान्छेबाट नियन्त्रण हुननसकेपछि जति वेच्यो उति फाइदा भएपछि नियन्त्रण निस्क्रिय । वेजिम्मेवारी र परम्परागत रक्सी बनाउने समुदायले राम्रो कुरालाई अन्य समुदायमा लैजान वा बुझाउन नसक्नु । र गलत सोचले समाज ग्रस्त भएर बजारेलाई खाद्य गुणस्तरीय हुने भ्रम सिर्जना गरिनु । बहुराष्ट्रिय रक्सी व्यापारीहरुले बजार विस्तार गर्नु । राज्यले गम्भीरता नदेखाउनु । लोकल रक्सी पाँच लिटर मात्रै बनाउन पाउने कानुनी दायरामा कक्राउनु । र स्थानीय उत्पादनलाई निस्तेज पारी विदेश रक्सीबाट कमिसन कुम्लाउनु । अनि विदेशी मुद्रालाई बाहिर पठाउने कुचेष्ट हुनु ।

उत्पादन सामग्री
लिँःख: जाँड बनाउनको लागि लिँःख (मर्चा) अनिवार्य हुनुपर्छ । लिँःख राम्रो भयो भने मात्र जाँड मीठो हुन्छ । यसैले सबैभन्दा अगाडि लिँःखको जाँच गरिन्छ । हातमा राखेको लिँःखको धुलोमा थुकी कानमा सुनेर लिँःख राम्रो छ कि नराम्रो भनेर जाँच गर्ने गरिन्छ । 

अन्नः जाँडको मुख्य घटक भनेको अन्न हो । कोइँचमा विशेषगरी चिर्सि (कोदो), चेर्बि (गहुँ), लिःचि (मकै), शेःर (चामल) को जाँड बनाइन्छ । व्यापार र औषधिको लागि फलपूmल, जडिबुटि, सक्खरको समेत जाँड बनाउने गरिन्छ । तर यस्तो जाँड साँस्कृतिक रुपमा प्रयोग हुँदैनन् । 

फुङ्सि/खर्कुन्डा/दाब्लो: जाँड पकाउनको लागि फुङ्सि वा खर्कुन्डा चाहिन्छ । तर आजकाल आल्मुनियमको डेक्ची वा तसला पनि प्रयोगमा ल्याउने गरिएको छ । चलाउनको लागि काठकै दाबिलो वा दाब्लो पनि चाहिन्छ ।

गोर्म/बालम/ग्योल/बोरा: हाम्चा अर्थात् शाँबुको लागि पकाएको अन्नलाई ओझाउनको लागि जाँडको परिणम हेरेर ग्योल, गोर्म, बालाम, बोराहरुको प्रयोग गरिन्छ ।
लाक्यो/फाःचिम/आङ्ग्यो: हाम्सो (ओभाएको) अन्नलाई लिँःख मोलेर थिम्चाको लागि लाक्यो वा फाःचिम वा आङ्ग्यो आवश्यक हुन्छ । आजकाल ड्रम वा प्लास्टिकको बट्टामा समेत थिम्तेक (फर्मन्टेसन गर्ने) चलन चलेको पाइन्छ ।

फुःसु/खुलु बास: लाक्यो वा फाःचिम वा आङ्ग्योमा राखेको अन्नलाई ओथारो राख्ने ठाउँलाई फुःसु वा खुलुबास भनिन्छ । यो ठाउँ ओभानो र न्यानो हुन्छ । यसरी ओथारो राखेपछि जाडो मौसममा भने न्यानो राख्नको लागि थप कपडाले हुप्चा वा बफाउने समेत गरिन्छ । थिम्शो अन्न ङासिमा परिणत भएपछि ठीक समयमा ओथ्राबाट निकालिएन भनेरस चुहिएर जान्छ । जसलाई कोइँचहरु चार्चा भन्ने गर्छन् । यस अर्थ शाँःबु मान्छे जस्तै ज्यान भएको जीवित चीज हो भन्ने छ ।

गार: ओथारोबाट उठेको ङासिलाई राख्ने माटोको भाँडोलाई ङासि भनिन्छ । यसमा मादकता वा इथोनलको मात्र हुँदैन ।
ग्लोःलो: रक्सी बनाउँदा नानी राख्ने भाँडो ।
नानी/मटे: रक्सी थाप्ने भाँडा ।
जाँकुर: गार अड्याउने पिरा ।
बाटा: जाँडको वफा चिसाउन ग्लोःलोमाथि राखिने भाँडा ।
... बाटालाई बेर्ने कपडा ।
ताप्के: पानी उघाएर फाल्ने भाँडा ।
खरानी: ग्लोःलो र फुंसी लिम्न वा जोड्न ।
माटो: दक लगाउन ।
पात: पुइस्सु लगाउन ।
ब्राण्डिङ च्याँखे
केही समयदेखि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कुरा उठेको छ । तर, यो प्रसंग आदिवासी आविस्कारलाई पुँजीपतिको हातमा बेच्ने दाउ मात्रै हो । ब्राण्डिङ गर्नु भनेकै आदिवासीको जाँडरक्सी बनाउने ज्ञान सूत्र दलाल पुँजीपतिको हातमा सुम्पनु हो । जसरी कपडा बुन्ने, धागो बनाउने, जुत्ता सिलाउने, कृषि औजार बनाउने सीपलाई विश्व बजारले धारासायी बनायो । त्यसरी नै नेपालका कैयौं महिलाहरुले स्वरोजगारीबाट हात धुनु पर्ने स्थिति हुनेछ । आदिवासीको वौद्धिक सम्पत्ती माथि हस्ताक्षेप हुन्छ । बहुराष्ट्रिय कम्पनीका मालिकहरु आदिवासी ज्ञानले बनाएको जाँडरक्सीको मरिमेटेर लागेको छन् किनभने अभैm नेपाली बजारमा आदिवासीले बनाउने जाँडरक्सीले ठूल हिस्सा ओगटेको छ ।

उनीहरु यो बजारलाई नस्ट गर्न चाहान्छन र अनेक मदिरा ऐनमार्फत घरघरमा जाँडरक्सी उत्पादन गर्न नदिन मरिमेटेका छन् । यसर्थ आदिवासी ज्ञानले बनेको जाँडरक्सीलाई ब्राण्डिङ गर्नु भनेको परम्परागत जाँडरक्सी उत्पादनमा प्रतिवन्ध लगाउने च्याँखे दाउ मात्रै हो । ब्राण्डिङ सूत्र दलाल पुँजिपतिका भरिएहरुको जालझेल हो ।

वार्जित
कोइँच समाजमा जाँड उत्पादन गर्दा गर्न नहुने कुरा पनि छन् । शाँःबु हाम्शो(जाँड फिँजाए) पछि चार्चा ङोइँचा (शौचालय) जानु हुँदैन । घरभन्दा बाहिर जानुहुँदैन । जाँडको लागि पकाएको अन्न फिँजाउदा आँखा लाग्छ भन्ने मान्यतानुसार अरुले नखेख्ने ठाउँमा अलग्गै फिजाउँनुपर्छ । खोम्सा निरा (काखी गन्हाउने) भएकोले छुनु वा भेट्नु हुँदैन । झरीमा रुझ्नु हुँदैन । यदि यसरी बाहिर निस्किनु परेमा फर्केर आउँदा आगोको कोइलाले मन्साएर फाल्नुपर्दछ । र ओथारो राखेको भाँडोमा आगोलाई चढाउने गर्नुपर्दछ । सुनुवारमा जाँड सोमबार पकाइदैन ।

निस्कर्ष
जाँडरक्सी आपैंmमा नराम्रो होइन । खानेमा भरपर्ने कुरा हो । खाना प्रतिवन्ध लगाउने होइन । खाने तरिका सिकाउने हो ।  जाँडरक्सी खाने जाति समुदायकै आधारमा वि.सं. १९१० मा मुलुकी ऐन मार्पmत जङ्गबहादुर राणाले नेपाली समाजलाई मतवाली र गैर मतवालीमा विभाजित गरेका थिए । मतवालीमा पनि दास बनाउन नपाइने नमासिन्या मगर, गुरुङ, राई, लिम्बू, सुनुवार, गैर हिन्दु नेवार र कानुनीरुपमा दास बनाउन पाइने मासिन्या तामाङ्ग, थारु, घर्ति, चेपाङ, कुमाल, शेर्पा वर्गीकरण गरिएको थियो । 

आहार, व्यायाम, क्याफिन र अल्कोहलसहित जीवनशैलीको लगभग सबै अध्ययनहरू बिरामीको सम्झना र धेरै वर्षदेखिको बानीको सत्य रिपोर्टिङमा भर पर्छन् । यसको उच्च अक्सिजन सामग्रीको कारण, इथेनोल सामान्य अनलेडेड पेट्रोल भन्दा बढी पूर्ण रूपमा जल्छ । तपाईंलाई चिसो मौसममा महँगो एन्टीफ्रिज थप्न आवश्यक छैन । रक्सीको कुनै पनि सम्भावित फाइदाहरू अपेक्षाकृत सानो छन् र सबै व्यक्तिहरूमा लागू नहुन सक्छ । वास्तवमा, भर्खरको आहार दिशा निर्देशहरूले यो स्पष्ट पार्छ कि सम्भावित स्वास्थ्य लाभहरूको आधारमा कसैले पनि रक्सी पिउन वा धेरै पटक पिउनु हुँदैन । धेरै मानिसहरूका लागि, सम्भावित लाभहरू जोखिमहरू भन्दा बढी हुँदैनन र रक्सीबाट बच्नु उत्तम पाठ्यक्रम हो ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)