युरोपमा नेपालीको कीर्तिमान  माउण्ट अल्ब्रासमा बुद्ध

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ साउन २०७३, बिहिवार
युरोपमा नेपालीको कीर्तिमान  माउण्ट अल्ब्रासमा बुद्ध

बुधवार विहान आठ बजे माउण्ट अल्ब्रासबाट टेन्डम उठान भरेर विश्व कीर्तिमान कायम राख्न सफल भएका छन् एक नेपाली ठिटो । अहिलेसम्म माउन्ट अल्ब्रासबाट कसैले टेन्डम उडान भर्न आँट गरेको थिएन । इच्चाशक्ति बौलाएपछि मान्छे सामु सफलता कक्रिनु पर्ने रहेछ । शायद यसैले हुनसक्छ सातवटै महादेशका अग्ला चुचुरोबाट हाम् फाल्ने नेपाली ठिटोको रङ्गीन सपना एकपछि अर्को गर्दै विश्व कीर्तिमान कायम गरीरहेको छ । जिन्दगीको रङ्गीन सपना काखी च्यापेर घरबाट भाग्दा उनले दोलखाको किर्नेटारमा घर जस्ता डब्बाहरु मान्छे बोकेर कुद्दा अचम्म मानेका थिए । तर आजकाल उनी कुद्ने होइन उड्ने गर्छन् चिल जस्तै आकाशमा ।

जिन्दगीमा कहिल्यै हार नमान्ने ती ठिटा, असरल्ल स्वैर कल्पना बोकेर काठमाडौं खाल्डो भासिएका थिए तर कर्मले उनलाई पोखरा पु¥यायो । चिलगाडीको नक्कल गर्दै जीउभरि तन्द्रङ तुन्द्रुङ डोरीले जेलिएर आकाशमा उड्न सिके र अरुलाई सिकाउन थाले । आज यही पेशाबाट उनले नेपाललाई विश्वसामु चिनाइरहेका छन् ।

जिन्दगीमा कहिल्यै हार नमान्ने ती ठिटा, कर्मले उनलाई पोखरा पु¥यायो । चिलगाडीको नक्कल गर्दै आकाशमा उड्न सिके र अरुलाई सिकाउन थाले । आज यही पेशाबाट उनले नेपाललाई विश्वसामु चिनाइरहेका छन् ।

रामेछाप जिल्ला रामपुरको साधारण परिवारमा जन्मेका सानोबाबु सुनुवार, सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङ टेन्डम उडान भरेर समुद्र सतह पुगी विश्व कीर्तिमान गर्ने नेपाली हुन् । उनको यो साहासिक कार्यलाई नेशनल ज्योग्राफिक च्यानालले २०१२ को साहासिक व्यक्तिको अवार्ड दिएको थियो । त्यतिबेला सोलु चौरीखर्कका लाक्पाछिरि शेर्र्पालाई लिएर सगरमाथाको चुचुरोबाट उडेर स्याङ्बोचेमा अवतरण गरेका थिए भने माउन्ट अल्ब्रासबाट भने ५६ वर्षीय नाटालिदा साफोनोभालाई लिएर टेन्डम उडान भर्न सफल भएका छन् ।

क्षण क्षणमा मौसम परिवर्तन भएको हुँदा उनी चुचुरो पुगेर फेरि ३८ सय मिटर उचाइमा बास बस्न फर्किन्थे । पाँच दिन त उनले त्यहीँ विताए र बल्ल अनुकूल मौसम भएपछि उनले बुधवार विहान २ बजे उठेर चुचुरो पुगी टेन्डम उडान भर्न सफल भएका हुन् । रसियन माउन्टेनियरिङ एसोसिसनको निम्तोमा माउन्ट अल्ब्रासको शिखर चुम्न पुगेका हुन् । उनले यसभन्दा अगाडि अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुचुरो माउन्ट किलीमान्जारोबाट टेन्डम उडान भरेर किर्तीमान कायम राखेका थिए ।

नेपालबाट युरोपको सबैभन्दा अग्लो चुचुरो माउन्ट आल्ब्रासका लागि प्रस्थान गर्दा तत्कालीन पर्यटन मन्त्रीले एउटा नेपाली झण्डा र बुद्धको मूर्ति हातमा थमाएका थिए ।

यसैले नेपालबाट युरोपको सबैभन्दा अग्लो चुचुरो माउन्ट आल्ब्रासका लागि प्रस्थान गर्दा तत्कालीन पर्यटन मन्त्रीले एउटा नेपाली झण्डा र बुद्धको मूर्ति हातमा थमाएका थिए । सानोबाबु भन्छन्, “मैले बुद्धलाई युरोपको शिरमा प्रतिस्थापना गरेको छु । यसले नेपाल साहासीहरुको देश त हो नै शान्तिप्रेमीहरुको पनि देश हो भन्ने सन्देश दिन खोजेको छु । मलाई आशा छ नेपालमा विस्तारै शान्ति स्थापना हुने छ ।” उनी आफ्नो योजना बताउँछन्, “अब अर्को महादेशको सबैभन्दा अग्लो चुचुरोमा चिल भैंm रमाएर उड्ने योजना छ । कुन महादेश हुन्छ त्यो चाहिँ थाहा छैन । तर अवश्य अर्को उडान अर्कै महादेशमा हुने छ ।”

प्रतिक्रिया