नयाँ शक्तिको जोखिम

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१ असार २०७३, बुधवार
नयाँ शक्तिको जोखिम

ठूलै तामझामका साथ नेपाली राजनीतिमा नयाँ शक्ति नामक अर्को राजनीतिक दल भित्रिएको छ । पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्व र उनकै डिजायनमा तयार भएको यो नवोदित दलको भविष्यबारे अहिले नै अनुमान गर्न सकिन्न । किनभने कुनैपनि राजनीतिक दल स्थापित हुन धेरै तहहरुमा खरो उत्रिएर अग्नी परिक्षा पार गर्नु पर्ने हुन्छ । खासमा त जनताबाट अनुमोदित भए पछि मात्र दलको हैसियत थाहा हुने भएकाले अहिले नै नेपाली राजनीतिको बैकल्पिक शक्तिको उपमा दिनु निकै हतारो हुन्छ । तर, जुन प्रचारबाजीका साथ नयाँ शक्ति मैदानमा देखियो यसले नेपाली राजनीतिमा गहिरो छाप छोड्नेमा भने विवाद छैन । बास्तबमा यो नेपाली राजनीतिमा गरिने नयाँ प्रयोग हो । आखिरी प्रयोग भनेको प्रयोग नै हो, सफल पनि हुन सक्छ, असफल पनि हुन सक्छ । 

प्रयोगका दृष्ट्रिकोणले नयाँ शक्तिलाई धेरै थोकमा जोखिम  छ । पहिलो  जोखिम त यो दल बिचारधारामा स्पष्टता छैन । कुनै पनि राजनीतिक दल बिचारधाराले बन्ने हो । नयाँ शक्तिले समाजबादमा जाने भनेर मात्र पुग्दैन । बिश्वमा समाजबादका पनि आफना–आफना मोडल छन् । अहिले बैचारिक खाका पनि कोरिएको छैन । नयाँ दर्शन प्रतिपादन गरेर स्थापित बन्नु निकै टाडाको कुरा हो । त्यसै पनि नयाँ शक्तिमा भेला भएका आम कार्यकर्ताको पृष्ठभूमि हेर्दा यो क्वाँटी प्रकृतिको छ । त्यहाँ थरी थरीका मानिसहरुको उपस्थिति देखिन्छ । माक्र्सबादी देखि राजाबादीसम्मको झुन्ड बीचबाट रुपान्तरणकारी नयाँ दर्शनको प्रतिपादन कमसेकम यो माहौलमा सम्भव देखिन्न ।  

प्रयोगका दृष्ट्रिकोणले नयाँ शक्तिलाई धेरै थोकमा जोखिम  छ । पहिलो  जोखिम त यो दल बिचारधारामा स्पष्टता छैन । कुनै पनि राजनीतिक दल बिचारधाराले बन्ने हो । नयाँ शक्तिले समाजबादमा जाने भनेर मात्र पुग्दैन । बिश्वमा समाजबादका पनि आफना–आफना मोडल छन् ।

आर्थिक समृद्धिलाई जोड दिनु नयाँ शक्तिको मौलिक बिचार होइन । हरेक राजनीतिक क्रान्ति पछि बिश्वमा यस्तै नारा लाग्ने गर्दछ । नेपालमा पनि दशबर्षे जनयुद्धले संविधानसभा मार्फत नयाँ संविधान जारी गरेपछि एउटा क्रान्तिको शिलसिलाले बिश्राम लिएको छ । यहाँ स्मरण गरिरहन परोइन, यो क्रान्तिले धेरै उपलव्धीलाई व्यबस्थित गरेको छ । तर यो नै अन्तिम उपलव्धी भने होइन । समाज बिकास र सामाजिक आवश्यकताका आधारमा आजका उपलव्धी भोलि  प्रतिगामी पनि हुन सक्छ । यस आधारमा भन्नु पर्दा राजनीतिक  लडाई सकियो, आर्थिक क्रान्तितर्फ अगाडि बड्नु पर्छ भन्नु प्रकारान्तरणले  यथास्थितिबादकै पक्षपोषण गर्नु हो । नयाँ शक्ति यो बाटोमा लागेको छ । राजनीतिक परिबर्तनलाई पूर्णबिराम दिनु व्यक्तिका लागि सामन्य बिषय भए पनि राजनीतिक दलका लागि असमान्य बिषय हो । व्यक्ति एक शताव्दी होलान तर राजनीतिक दल एक जुगको हुन्छ ।  

जोखिमका बीचमा नयाँ शक्तिमा ग्रासरुट राजनीतिक संगठनकर्ताको अभाव अर्को जोखिमका रुपमा देखिएको छ । डा. बाबुराम आफै जनस्तरमा संगठन गर्ने स्वभावका होइनन् । माओवादी पार्टीमा रहँदा जुन हैसियत आर्जन गरे, त्यो सामुहिक पुँजी मात्र हो । नयाँ राजनीतिक दल खोले पछि पार्टीको नीति र कार्यक्रम जनस्तरमा लैजान सक्ने खुबी भएको संगठनकर्ताको आवश्यकता पर्दछ । अहिलेसम्म नयाँ शक्तिमा संगठित सदस्यहरुको पृष्ठभूमि पनि जनस्तरमा राजनीति गर्ने खालको  दैखिदैन । पूर्ब प्रशासक, गैरसरकारी संस्थाका अभियन्ता, अधिकारकर्मीहरु संगठनकर्ता हुन सक्दैनन् । राजनीतिक पृष्ठभूमिका कार्यकर्ताले मात्र संगठनमा खटिन सक्छन् । 

हुन त नयाँ शक्तिमा आबद्ध व्यक्तिहरुमा ठूलो पङ्ति पूर्बमाओबादी लडाकू छन् । बिगतमा माओबादी बिद्रोहमा प्रत्यक्ष संलग्न भएका र शान्ति प्रक्रियामा आएपछि राज्यसत्ताको पहुँचमा पुग्न नसकेका यस्तो समूह घोर निराशाको मनोदशाबाट गुज्रिरहेका छन् । उनीहरुको मनोबल त्यति उन्नत छैन । बिगतमा माओबादी पार्टीमा लागेका कारण धेरै जिल्लामा यस्ता व्यक्ति प्रति सामाजिक धारणा सकारात्मक बनेको पाईदैन । राजनीतिमा मानिसको आकर्षणका लागि सामाजिक रोल मोडलको खोजी हुन्छ । नयाँ शक्तिमा संगठित सदस्यहरु समाजमा यस प्रकारले स्थापित भएका छैनन् । एक्लो बाबुरामको व्यक्तित्वलाई महसुष गर्ने क्षमता हरेक नागरिकमा हुँदैन । 

डा बाबुराम भट्टराई नेपाली राजनीतिका रोल मोडल अवश्य हुन्  । खास गरेर प्रधानमन्त्री भए पछि उनले आर्जन गरेको ख्यातीप्रति धेरै मान्छे प्रसंशक नै छन् । काठमाडौमा सडक बिस्तार गर्ने उनको निर्णका कारण पनि उपत्यकामा कमै मान्छेले आलोचना गर्ने गर्दछन् । तर यो सन्देश गाऊँमा पुगेको छैन । गाऊमा बाबुरामलाई चिन्दैनन् ।

डा बाबुराम भट्टराई नेपाली राजनीतिका रोल मोडल अवश्य हुन्  । खास गरेर प्रधानमन्त्री भए पछि उनले आर्जन गरेको ख्यातीप्रति धेरै मान्छे प्रसंशक नै छन् । काठमाडौमा सडक बिस्तार गर्ने उनको निर्णका कारण पनि उपत्यकामा कमै मान्छेले आलोचना गर्ने गर्दछन् । तर यो सन्देश गाऊँमा पुगेको छैन । गाऊमा बाबुरामलाई चिन्दैनन् । केही साता अगाडि दैलेखमा यो स्तम्भकारले स्थानीयबासीसंग गरेको अन्तरक्रियामा बाबुराम नचिनेको बताएका थिए । बरु उनीहरु जिल्ला, गाउँमा हुने प्रशासनिक झमेला फुकाईदिने, सानातिना साह्रोगाह्रोमा ढाढस दिने नेताहरु आफना लागि पुज्यरहेको बताई रहेका थिए । यसकारण जनताले ठूला नेता चिन्दैनन्, जनताले चिनेका भनेको स्थानीय अगुवाहरु नै हुन । जुन अगुवाहरु नयाँ शक्तिको पहुँचमा छैन । 

केही बर्ष अगाडिसम्म देशको राजनीति शिक्षकको हातमा थियो । कुनै पनि राजनीतिक दललाई सफल पार्ने वा विफल पार्ने भनेको शिक्षकहरुले राजनीति गरेर गर्दथे । अहिले पनि केही स्थानमा शिक्षकहरु समाजमा सम्मानित र उदाहरणीय पात्र बनेर बसेका छन् । शिक्षकले राजनीति गर्न हुँदैन, तर ग्रामिणतहमा पुग्नका लागि शिक्षकको जरुरी पर्दछ । फेरि अहिले नयाँ शिक्षा ऐनले शिक्षकलाई राजनीति गर्न छुट दिएको हुँदा राजनीतिक दलको सफलताका पछाडि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने अवस्था छ । नयाँ शक्ति शिक्षक त के, बिद्यार्थी फाटमा पनि छैन । त्यसै गरी स्थानीय तहमा राजनीति पु¥याउनु छ भने स्थानीय तहमा गाविस सचिब र सामाजिक परिचालकहरु निर्णायक भएर आएका छन् । घर घरमा सामाजिक सुरक्षा भत्ता पु¥याई दिने राज्यका स्रोत र साधनहरुको परिचालनमा सहजीकरण गर्ने सामाजिक परिचालकहरु प्रति जनताको अपार बिश्वास रहेको मैले पाएको थिएँ । अब देश हाक्ने राजनीतिक दलले त्यो तहसम्मको सन्जाललाई बिस्तार गर्न सक्नु पर्दछ ।  नयाँ शक्ति अहिले नयाँ नै छ, तर जनस्तरमा त्यसरी फिजन्छ भन्नेमा भने मेरो कम विश्वास छ । 

सबै राजनीतिक दलको अन्तिम लक्ष समुन्नत आर्थिक विकास, सामाजिक न्याय नै हुन्छ,  नयाँ शक्तिले त आर्थिक विकासलाई मूल नीति बनाएको छ । तर त्यहाँसम्मको यात्रा तय गर्न विश्वासिलो र व्यबहारिक कार्यनीति चाहिन्छ । नयाँ शक्तिले त्यस्तो कार्यनीति बनाएको छ जस्तो लाग्दैन ।

सबै राजनीतिक दलको अन्तिम लक्ष समुन्नत आर्थिक विकास, सामाजिक न्याय नै हुन्छ,  नयाँ शक्तिले त आर्थिक विकासलाई मूल नीति बनाएको छ । तर त्यहाँसम्मको यात्रा तय गर्न विश्वासिलो र व्यबहारिक कार्यनीति चाहिन्छ । नयाँ शक्तिले त्यस्तो कार्यनीति बनाएको छ जस्तो लाग्दैन । नयाँ कार्यसमितिले त्यस्तो कार्यनीति बनाउने सभावना पनि छैन । बनाईहाले पनि कार्यन्वयनमा ल्याउन गाह्रो छ । नीति कार्यन्वयनमा आउनका लागि राजनीतिक दलमा लाग्नेहरु बीच स्वार्थ मिल्नु जरुरी हुन्छ । बास्तवमा राजनीति स्वार्थको खेल हो । यहाँ सबैको स्वार्थ मिलेको छैन । कोही माओबादीको भाटे कारबाही व्यहोररे जिल्ला छोडेका व्यक्तिहरु नयाँ शक्तिमा ढल्केका छन् भने कोही साहुकार ऋणग्रस्तताले सहर भासिएका मानिसहरु नयाँ शक्तिको फेर समातेका छन् । नयाँ शक्तिमा लाग्नेहरुको सामाजिक तह पनि मिलेको छैन, बर्गीय स्वार्थ पनि मिल्ने छाँट छैन । बास्तबमा यो सामुहिक स्वार्थबिहिन व्यक्तिगत स्वार्थको प्रस्तुति जस्तो मात्र देखिएको छ । यसले नयाँ शक्तिलाई कहाँ पु¥याउने हो अहिलेका लागि चिन्तनको मात्र बिषय हो ।  

दशरथ रंगशालामा देखिएको भीड र ठूला केही दैनिक पत्रिकामा छापिने ज्याकेट बिज्ञापनले नयाँ शक्तिले मात्र नयाँ शक्तिलाई आँकलन गर्न सकिन्न । प्रचार गरेजस्तो यो नेपाली राजनीतिको बैकल्पिक शक्ति भएको छैन । राजनीतिक रुपमा नयाँ शक्तिका रुपमा उदाउनका लागि त्यही ढंगको जनमान्यता प्राप्त गर्न सक्नु पर्दछ । अहिले नामका लागि नयाँ शक्ति भनिएपनि साँचो अर्थमा यो नयाँ शक्ति होइन । रंगशालामा मान्छे जम्मा गरेर भाषण गर्दैमा राजनीतिक शक्तिको मान्यता प्राप्त हुँदेन । शक्ति प्रदर्शन हुन सक्छ, अरुलाई ध्वाँस दिने बाटो हुन सक्छ, दशरथ रंगशालामा मानिस भेला भएको स्थितिलाई मात्र बिश्लेषण गर्ने हो भने यो नयाँ शक्ति प्रति मानिसको आकर्षण भने पक्कै देखिन्छ । यो आकर्षण नयाँ शक्तिले केही गर्छ कि भनेर होइन । अहिलेका मूलधारका राजनीतिक दलहरुको विकर्षणले मात्र यस्तो संभावनाको आकर्षण देखिएको हो । यस्तो आकर्षण स्थायी पनि होइन । तर नयाँ शक्तिका अभियन्ताहरुले आफना घोषित मान्यताहरुलाई निरन्तरता दिएभने नयाँ शक्ति साच्चिकै बैकल्पीक राजनीतिक शक्ति हुन असम्भव भने छैन । 

प्रतिक्रिया