पहिचानजनित खोज पत्रकारिता 

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२३ जेठ २०७३, आइतवार
पहिचानजनित खोज पत्रकारिता 

पहिचानजनित पत्रकारिता नेपाली परिबेशमा स्थापित हुन सकेको छैन । पछिल्लो काल खण्डमा आदिवासी जनजाति पत्रकार संघ (अनिज र परिवर्तितरुपमा फोनिज) को स्थापना र यसका गतिबिधिहरुबाट केही सकारात्मक परिणामहरु देखिए पनि नेपाली पत्रकारितामा स्थापित बिषय बन्न सकेको छैन । पहिचानजनित पत्रकारिता एक प्रकारको भावना मात्र हो । यसको दीगो विकासको असल अभ्यास कतै देखिएको छैन । 

 


थालनी कुरा 

समग्र नेपाली पत्रकारितामा खोज पत्रकारिताको अभ्यास नौलो हो । अझ पहिचानजनित पत्रकारितामा त यसको थालनी नै हुन सकेको छैन भन्दा पनि हुन्छ । त्यसो त पहिचानजनित पत्रकारिता नै नेपाली परिबेशमा स्थापित हुन सकेको छैन । पछिल्लो काल खण्डमा आदिवासी जनजाति पत्रकार संघ (अनिज र परिवर्तितरुपमा फोनिज) को स्थापना र यसका गतिबिधिहरुबाट केही सकारात्मक परिणामहरु देखिए पनि नेपाली पत्रकारितामा स्थापित बिषय बन्न सकेको छैन । 

नेपाली पत्रकारितामा पहिचानजनित विषय बिसं २०३६ को दशकबाट शुरु भएको हो । खासगरेर जनमतसंग्रहका कारण राजनीतिक खुलापनका कारण सबै खाले पत्रकारिताको आगमनसंगै कोङपी र छहरा जस्ता बिचारप्रधान पत्रकारिताको प्रबेशले पत्रकारितामा पनि नयाँ दृष्ट्रिकोण नयाँ क्षेत्रको क्षितिज देखाई दियो । यसैको प्रभावस्वरुप पत्रकारितामा प्रबेश गर्ने आदिवासी जनजातिका युवाहरु पहिचानका कुरा गर्छन् । तर अभ्यासहरुले के देखाएको छ भने पहिचानजनित पत्रकारिता एक प्रकारको भावना मात्र हो । यसको दीगो विकासको असल अभ्यास कतै देखिएको छैन । 

पत्रकारिता आफैमा महंगो साधन हो । पत्रिका निकाल्न पैसाको आवश्यकता पर्छ । रेडियो वा टेलिभिजन चलाउन पैसा भएर मात्र हुँदेन । प्रबिधिसंग खेल्न सक्ने दक्ष प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । स्मारिका निकाल्ने काम पत्रकारिता होइन, पत्रकारिता निरन्तर चल्नु पर्दछ । पत्रकारिता समाज सेवा होइन  । 

आजको पत्रकारिता भावनाले होइन, बजारले थेग्ने गर्दछ । पत्रकारिता आफैमा महंगो साधन हो । पत्रिका निकाल्न पैसाको आवश्यकता पर्छ । रेडियो वा टेलिभिजन चलाउन पैसा भएर मात्र हुँदेन । प्रबिधिसंग खेल्न सक्ने दक्ष प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । यसका लागि दैनिक कार्य सञ्चालन गर्न  सञ्चारगृह आर्थिक रुपले सबल हुनु पर्दछ । यो सबै कार्य भावनाले चल्दैन । कतै कतै एक दुई अंक प्रकासन गर्न, स्मारिका निकाल्ने काम पत्रकारिता होइन, पत्रकारिता निरन्तर चल्नु पर्दछ । पत्रकारिता समाज सेवा होइन, समाजसेवी भावनाले एक दुई दिन त चल्ला तर त्यसको गुणस्तर र स्थायीत्वको पाटो भने खाली नै हुन्छ । 

विकल्प व्यबसायिकता

उदार तथा खुला बजारमूखि अर्थतन्त्रका कारण आजको पत्रकारिता मिडिया उपभोक्ताको हातमा गएको छ । स्वभाविक हो, मिडिया उपभोक्ता भनेका पाठक, श्रोता तथा दर्शक हुन् । उनीहरुलाई निरन्तर आकर्र्षीत गराई रहन खोजपूर्ण सामाग्री पस्कनु पर्दछ । यसकारण पहिचानजनित पत्रकारितामा प्रबेश गर्न इच्छुक यसवाहरुले अनुसन्धानमा आधारित व्यबसायिकता तर्फ आफनो दक्षता अभिबृद्धि गर्न सकेमा यो पत्रकारिता पनि दीगो हुन सक्ने देखिन्छ । 

हामी सकैलाई के हेक्का हुनु पर्दछ अखबार, टेलिभिजन, रेडियो र अनलाइनका लागि बनाईने समाचारजन्य सामाग्री खोजेर मात्र तयार हुन्छ । अमूक नेताले ‘यसो भन्नु भयो’ भन्ने प्रकारको समाचार अव समाचार हुन छाडेको छ । यसकारण व्यबसायिकता दिनका लागि खोज पत्रकारिता तर्फ धेरै पत्रकारहरुको ध्यान जान थालेको छ । हु न त समग्र पत्रकारिता खोज नै हो । कुनै पनि समाचार नखोजी बन्दैन । तर सबै समाचारदाताले खोज्ने समाचार भन्दा पहिचानजनित पत्रकारले खोज्ने बिषय फरक हुन्छ । घटना एकै भए पनि बिषयबस्तुको हेराईमा, भोगाईमा र निश्कर्षमा पहिचानजनित पत्रकारिताले नयाँ र नौलो कुरा उद्घाटन गर्न सकेमा मात्र त्यो पहिचानजनित खोजपत्रकारिताले व्यबसायिकताको आकार ग्रहण गर्दछ । 

खोज पत्रकारिता 

पहिला पहिला सबै समाचारदातालाई खोज पत्रकार भन्ने चलन थियो । तर समय र परिस्थितिले खोज पत्रकारिताको यो परिचयलाई परिवर्तन गरेकोछ । सामन्य पत्रकारितामा पनि खोजपत्रकारले अरू पत्रकारले भन्दा बढी अनुसन्धान गर्नुपर्छ, खोजी गर्नुपर्छ । उसले धेरै थरीका मानिससँग कुराकानी गर्नुपर्छ । घटना र प्रक्रिया आफैँले अवलोकन गर्नुपर्छ । खोज पत्रकारले सामान्य समाचारमा समेटिनेभन्दा बढी जानकारी खोतल्नुपर्छ । सबै भन्दा महत्वपूर्ण कुरा त खोज पत्रकारिता गर्न सामन्य समाचारदाताले भन्दा बिषयगत जानकारी हुनु पर्छ । यो बिशेषता पहिचानजनित खोज पत्रकारमा पनि हुनै पर्छ, यसमा थप कुरा पहिचानजनित सन्दर्भहरुको पनि जानकार हुनु पर्दछ । 

नेपाली समाजको समुदायगत विविधतामा भाषिक, साँस्कृतिक, भौगोलिक क्षेत्रको अस्तित्व र राज्य निर्मित नीति र नियमले त्यस समुदायलाई पारेको असरका बारे सामन्य जानकारी राख्न सकिएन भने पहिचानजनित खोजपत्रकारिता सम्भव छैन ।

नेपाली समाजको समुदायगत विविधतामा भाषिक, साँस्कृतिक, भौगोलिक क्षेत्रको अस्तित्व र राज्य निर्मित नीति र नियमले त्यस समुदायलाई पारेको असरका बारे सामन्य जानकारी राख्न सकिएन भने पहिचानजनित खोजपत्रकारिता सम्भव छैन । यसकारण समाजको आधारभूत चरित्र, राज्यसत्ताको रबैया र त्यसमा पहिचानजनित समूदायको स्थानका विषय कै केन्द्रीय बिषयबस्तुमा पहिचानजनित खोजपत्रकारिता हुनु पर्दछ । हामीले खोजपत्रकारितालाई ‘पहिचानजनित’ विशेषण थपि रहँदा पहिचानका आधारलाई पनि ख्याल राख्नु पर्दछ । समाजमा एउटै व्यक्तिका अनेक पहिचानहरु हुन्छन् । जस्तोः वर्गीय, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक, सामुदायिक, पेशागत, लैंगिक, क्षेत्रगत आदि आदि ।  पहिचाजनित  खोज पत्रकारिताको प्रारम्भ विन्दू त्यो पहिचानको सम्मान र मर्यादाबाट शुरु हुनु पर्दछ । 

मूलधारको सन्दर्भमा खोज पत्रकारितालाई कसैले लुकाउन खोजेको बिषयलाई खुलासा गर्ने प्रक्रियाका रुपमा खोज पत्रकारितालाई लिने गरिन्छ । तर बद्लिदो सन्दर्भमा कसैले लुकाउन खोजेको कुरालाई प्रकासमा ल्याएर मात्र खोज पत्रकारिताको उदेश्य पुरा हुँदैन । राज्य संयन्त्रले उदेश्यमूलक ढंगले ध्यान नदिएको क्षेत्र र त्यसले समूदायलाई पारेको असरलाई उजागर गर्नु चाही खोज पत्रकारिताको बास्तविक उदेश्य हो । विश्वव्यापी रुपमा खोज पत्रकारहरुको ध्यान जाती, भाषा, धर्म, संस्कृति तथा जीवन शैलीमा राज्यसिर्जित भेदभाव तर्फ केन्द्रीत हुँदै गएको छ । लैगिक बिभेद बिरुद्ध खोज पत्रकारको सक्रियता बड्दो छ । तर नेपालमा पत्रकार उत्पादन गर्ने कारखनाका रुपमा अगाडि आएका तालिम प्रदायक संस्थाहरु यी सन्दर्भमा मौन जस्तै छन् । भएकै बिषयमा पनि उनीहरु जानकारी दिदैनन् । पत्रकारितासंग सम्बन्धीत पाठ्यक्रम लेखक र त्यसका गुरुवा पनि उनीहरु आफै छन् । यहीकारण पनि अन्य भन्दा फरक र खोजपत्रकारिताको दायरालाई फराकिलो बनाउन पहिचानजनित खोज पत्रकारिताको  आवश्यकता भएको हो । 

खोज पत्रकारितालाई कसैले लुकाउन खोजेको बिषयलाई खुलासा गर्ने प्रक्रियाका रुपमा खोज पत्रकारितालाई लिने गरिन्छ । तर बद्लिदो सन्दर्भमा कसैले लुकाउन खोजेको कुरालाई प्रकासमा ल्याएर मात्र खोज पत्रकारिताको उदेश्य पुरा हुँदैन । राज्य संयन्त्रले उदेश्यमूलक ढंगले ध्यान नदिएको क्षेत्र र त्यसले समूदायलाई पारेको असरलाई उजागर गर्नु चाही खोज पत्रकारिताको बास्तविक उदेश्य हो ।

उदाहरणका लागि भन्ने हो भने केही साता अगाडि सिन्धुलीका आदिवासी जनजातिहरु ढल्केबर २२० केभी प्रसारणलाईनको परियोजना बिरुद्ध डटेर संघर्षमा उत्रिए । यस्तै गोर्खाको खानेपानी आयोजना बिरुद्ध पनि संघर्षमा ओलिए । केही आदिवासी जनजातिहरु त यो काण्डमा अझै जेलमा छन् । बाग्लुङको ढोरपाटन शिकार आरक्षमा सेना परिचालन बिरुद्ध पनि उनीहरु संघर्षमा होमिए । तर नेपाली पत्रकारिता फाँट यसमा मौन रह्यो । मूलधारका पत्रकारहरु त मौन रहे रहे, पहिचानमा कलम चलाउनेहरु पनि मौन रहे । यसले के पुष्टि गर्दछ भने पहिचानको बिषय भनेको हामी केवल राज्यको नामाकरण, सिमाँकन मात्र बुझने गर्दछौ । आईएलओ १६९ले प्रत्याभूत गरेको प्राकृतिक स्रोत र साधनको अग्राधिकार र पूर्व सूसुचित मन्जुरी सहितको परामर्सको प्रयोग कहाँ कहिले गर्ने भन्ने सावलमा आदिवासी जनजातिका अभियानकर्ताहरु र अझ स्पष्ट शव्दमा भन्दा आदिवासी जनजाति मूलका पत्रकारहरु कम जानकार छौ । यसका लागि पहिचानजनित पत्रकारिको षेत्रमा धेरै काम गर्नु पर्ने कुराको पुष्टि गर्दछ । 

व्यबहारिक कुरो 

पहिचानजनित खोज पत्रकारिता पनि सामान्य समाचार सङ्कलन कै एक प्रक्रिया  हो । यसमा पनि ६ क (को, कहाँ, के, कहिले, किन, कसरी आदि) को जवाफ खोज्नु पर्दछ । तर खोज पत्रकारले अन्य सामन्य समाचार खोज्ने पत्रकारभन्दा बिशिष्ट रुपमा धेरै  कुरामा जानकारी राख्नु पर्दछ । धेरै मानिसहरूसँग कुराकानी गर्नुपर्छ । एउटै मात्र स्रोतलाई सूचनाको आधार मान्दैन । पहिचानजनित खोज पत्रकारिताले समूदायलाई केन्द्रमा राखेर विश्वव्यापी मानव अधिकारको वकालत गर्दछ । लोकतन्त्रात्रिक पद्धति र सामाजिक न्यायको पक्षमा उभिएर  भेदभाव, बहिस्करण, बेथितिको अन्त्य गर्ने लक्षका साथ समाचार सामाग्रीको संकलन गर्दछ । र प्रस्तुत गर्दछ । यसतो सामग्रीले गलत परम्परामा परिवर्तन ल्याउन सक्छ, गलत नीति तथा ऐन, कानुन संशोधन गराउन सक्छ र मानिसका गलत व्यवहार फेरबदल गर्न सक्छ भन्ने कुरामा विश्वास लिन्छ । 

पत्रकारिताको काम सूचना दिनु, शिक्षित पार्नु र मनोरञ्जन गराउनु भन्ने चलन छ । तर अव यसले मात्र पत्रकारिताको लक्ष पुरा हुँदेन । समाजलाई सही दिशा निर्धारण गर्न सहयोग गर्नु पनि पत्रकारिताको काम हो । आम मानिसले समाजमा भएका सबै घटना र सबै समस्याका बारेमा थाहा पाउन सम्भव हुँदैन । सञ्चारमाध्यमले छानेर दिएको घटना र समस्याहरु मात्र आम मानिसले थाहा पाउँछन् । सामन्यतयाः मूलधारका सञ्चारमाध्यमले पस्कने समाचार तथा सूचनाहरु  शक्तिशाली बर्गको आवाज र बिचारमा आधारित हुन्छन् । तर निमूखा बर्गको आवाज र समस्याहरु सञ्चारमाध्यममा वास्ता नगरिएका बिषयमा पर्दछ ।  यदी यस्ता घटनाहरु आजसम्म त लुकेर नै बस्यो, अव पनि  बाहिर नआउने हो भने तिनका बारेमा राज्यले पनि वास्ता गर्दैन । यसै कारण सामाजिक, राजनीतिक क्षेत्रमा वास्ता नगरिएका बिषयलाई बाहिर ल्याएर सामाजिक र राजनीतिक दिशा परिवर्तन गराउन पहिचानजन्य खोज पत्रकारिताले योगदान दिन आवश्यक छ । 

पत्रकारिताको काम सूचना दिनु, शिक्षित पार्नु र मनोरञ्जन गराउनु भन्ने चलन छ । तर अव यसले मात्र पत्रकारिताको लक्ष पुरा हुँदेन । समाजलाई सही दिशा निर्धारण गर्न सहयोग गर्नु पनि पत्रकारिताको काम हो । आम मानिसले समाजमा भएका सबै घटना र सबै समस्याका बारेमा थाहा पाउन सम्भव हुँदैन । सञ्चारमाध्यमले छानेर दिएको घटना र समस्याहरु मात्र आम मानिसले थाहा पाउँछन् ।

नेपाली समाजमा वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक, सामाजिक, सांस्कृतिक,  राजनीतिक लगायत विभिन्न बिषयमा विभेद र असमानताहरु जिवितै छन् । तिनलाई समाप्त गर्दै भविष्यका संभावना र संभावित जनआकाङ्क्षालाई व्यबस्थापन गर्न राजनीतिक अभ्यासहरु भएका छन् । तर राजनीतिक पाटोले मात्र समाजको लामो र जटिल विकास प्रक्रिया संभव भएको छैन ।  अहिलेसम्म हामीले समाजको यो विविधतालाई गहना मात्र भन्यौ । यहाँ विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक र भौगोलिक क्षेत्रका बीचमा सम्पत्ति, शिक्षा, स्वास्थ्य, शासनमा पहुँच जस्ता कुरामा असमानता भएको कुरालाई उठाएनौ । किनभने हामी माथि शान्ति र अमनचयनमा खतरारुपी खतराको घण्टी झुन्ड्याइएको छ । असमानता कुनै पनि मनबअधिकार र लोकतन्त्र भएको मुलुकका लागि सुहाउने कुरा होइन । तर हाम्रो मूलधारको पत्रकारिताको ध्यान त्यतातिर जाने गर्दैन । पहिचानजन्य खोज पत्रकारले यस्ता विषयलाई ल्याउन सक्छ । 

शिक्षा र स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता आधारभूत सेवा दिने जिम्मा संविधानतः राज्यको हो । सरकारले यस्तो सेवा प्रदान गर्न विभिन्न सुविधा पनि दिन थालेको छ । उदाहरणका लागि प्राथामिक स्वास्थ्य सेवा केन्द्रमा ८० प्रकारका औषधि निशुल्क बितरण गरिन्छ । ती सेवासम्म समाजका निमुखाहरूको पहुँच हुँदैन । आदिवासी जनजाति, दलित, सीमान्तीकृत समूदाय मधेशी, मुस्लीम, पिछडाबर्गले यस्ता कुरा नसुनेका हुन सक्छन् । अर्थात यसमा बेथिति हुन सक्छ । सरकारी क्षेत्रले प्रदान गर्ने यस्ता सेवा प्रभावकारी भएनन् भने तिनमा समाजका तल्लो वर्ग, समुदायको पहुँच हुँदैन । यस्ता विषयमा खोज पत्रकारिता गरेर निमुखा नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । शिक्षामा पनि प्राथामिक कक्षा निशुल्क व्यबस्था गरिएको छ । केही बिद्यालयमा खाजाको व्यबस्था, अभिभावकलाई रोजगारी, मातृभाषामा शिक्षा जस्ता कैयौ सुविधा गएका छन् । ती बिषयको अनुगमन पनि छैन र यसको लेखाजोखा पनि हुँदेन । पहिचानजनित  खोज पत्रकारले यी बिषयलाई सतहमा ल्याएर सुविधामा पहुँच गराउन सक्छ । 

सार्वजनिक निकायहरु (जिविस, नगरपालिका, गाविस) मा विपन्न आदिवासी जनजाति लगायतका समूदायका लागि कार्यक्रम बनाएर कार्यन्वयन गर्नका लागि न्युनतम १५ प्रतिशत रकम विनियोजन गर्नु पर्ने व्यबस्था छ । तर यसको चरम दुरुपयोग भएको कुरा आई रहन्छ । तर मूल प्रबाहको समाचारमा यस्ता विषय प्राथामिकतामा पर्दैन । खोज पत्रकारले मात्र यसलाई उजागर गर्न सक्छ ।  पहिचानजनित पत्रकारिता अव सेमिनार, गोष्ठी वा  बैठकमा होइन, आम नागरिक बस्ने घर गाऊ र टोल बस्तीमा पुग्न सकेमा मात्र सार्थक हुन सक्छ । 

र अन्त्यमा, 

हामी पत्रकारितामा छौ तर पत्रकारिता केवल पत्रकारिता मात्र होइन यो अधिकारबादी मान्यतामा आधारित हुन्छ । कुनै संस्थाले रक्तदान गरेको समाचार लेखेर पत्रकारिताको धर्म पुरा हुँदेन । पत्रकारिता त्यसमा पनि पहिचानजनित पत्रकारिता गर्नेहरुले खोज पत्रकारिता त गर्ने पर्छ, थप व्यबसायिकताको साँध सीमाना पनि बनाउँदै लैजानु पर्छ ।

प्रतिक्रिया