मानव अधिकार, दस्तावेजीकरणर र खोज पत्रकारीता सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ जेठ २०७३, शनिवार

इन्डिजिनियस भ्वाइर््स संवाददाता 
काठमाण्डौ, जेठ २१ 

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप) को आयोजनामा  ५ दिने व्यापार मानव अधिकार, दस्तावेजीकरणर र खोज पत्रकारीता सम्बन्धि क्षमता अभिवृद्धि तालिम काठमाण्डौमा जेठ २१ गते सम्पन्न भएको छ । 

लाहुर्निपका उपाध्यक्ष दिनेश घलेले तालिमको मुख्य उद्देश्य आदिवासी जनजाति पत्रकारहरु तथा मानव अधिकार प्रतिरक्षकहरुलाई मानव अधिकारहरुको घटनाहरु अध्ययन, अनुसन्धान र तथ्यहरुको दस्तावेजीकरणका लागि सीप प्रदान गराउनु रहेको बताउनु भयो । 

उपाध्यक्ष घलेका अनुसार विभिन्न व्यापारिक प्रतिष्ठान र वितिय संघ संस्थाहरुले आदिवासी जनजातिहरुको मानव अधिकार हनन गरिरहेको हुदा आदिवासी पत्रकार तथा मानव अधिकार प्रतिरक्षकहरुलाई यस प्रकारको तालिम दिनु परेको धारणा राख्नु भएको थियो ।

पाँच दिने तालिममा ११ भन्दा बढि जिल्लाको पत्रकार तथा मानव अधिकार प्रतिरक्षकहरुको सहभागिता रहेको सो तालिमका आयोजकले जानकारी दिएको दिनुभएको थियो ।
तालिमका मुख्य प्रशिक्षक डेनमार्कस्थित मिडिया र अनुसन्धका क्षेत्रमा आवद्ध संस्था डेनवाचका खोज पत्रकार सराह डिक्मनले दिनुभएको थियो । 

प्रतिक्रिया