नाचघरमा सप्ताहव्यापी आदिबासी जनजाती चलचित्र उत्सब

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ वैशाख २०७३, सोमवार
नाचघरमा सप्ताहव्यापी आदिबासी जनजाती चलचित्र उत्सब

काठमाडौं, १२बैशाख : साँस्कृतिक संस्थान जमलमा शनिबारबाट ‘आदिबासी जनजाती चलचित्र उत्सब–२०७३’ सुरु भएको छ । आगामी १७ बैशाखसम्म दैनिक रुपमा हुने यो उत्सबमा आदिबासी जनजाति समुदायक एक दर्जन भन्दा बढी चलचित्र प्रदर्शन गरिने भएको छ । 

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले शनिबार सप्ताहव्यापी  यो उत्सबको उद्घाटन  गरे । आफुहरुले राम्रो नियतले वितरण सुरु गरेको सेलिब्रेटी कार्ड हाल बिबादमा परेकोमा चिन्ता व्यक्त गर्दै नीतिगत रुपमा र चलचित्र विकाशबोर्डले बुझाए अनुसार मन्त्रालयले सो कार्ड प्रदान गरेको उनले स्पष्ट पारे ।  मन्त्री राईले आदिबासी सिनेमाको लागि सेन्सर जिम्मा आदिबासीलाई दिनु पर्ने धारणा राखे । उनले बोर्डबाट प्रतिनिधि, सम्बन्धित समुदायको विज्ञ व्यक्ति र आदिबासी जनजाती चलचित्र महासंघको प्रतिनिधि लगायतको एउटा समिति बनाएर आदिबासी जनजाती सिनेमा सेन्सर गरिनु पर्ने सल्लाह दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राईले आदिबासी र जनजाती चलचित्रको अनुकुलमा यथासक्य दर्ता, सेन्सर नीति आउने जानकारी गराए । जनजाति चलचित्र क्षेत्रमा बोर्डबाट बिगतको भन्दा धेरै नै काम भएको अध्यक्ष राईले बताए ।

आदिबासी जनजाती चलचित्र महासंघ र सँस्कृतिक सँस्थानले आयोजना गरेका सो कार्यक्रममा आदिबासी जनजाती महासंघका महासचिब एवं संसाद पेम्बा भोटेले आदिबासी जनजाति चलचित्रले आदिबासी जनजातीको पहिचान जोगाउन ठुलो योगदान पुराएको बताए । ंत्यसैले आदिबासी जनजाति चलचित्रको विकाशको पक्षमा महासंघ भएको धारणा उनले राखे । ‘इन्डिजिनियस फिल्म अर्काइभ’का अध्यक्ष एवं चलचित्र निर्देशक नविन सुब्बाले आदिबासी जनजाति चलचित्र आदिबासी सौन्दर्यबाट निर्माण हुन जरुरी भएको धारणा राखे । आदिबासी जनजातीका विषयमा निर्माण हुने चलचित्रको विकाश बारे राज्य गम्भिर नभएको सुब्बाले टिप्पणी गरे ।

साँस्कृतिक संस्थानका महाप्रबन्ध राजेश थापाले आदिबासी जनजाती चलचित्रको विकासका लागि संस्थानले आदिबासी जनजाती चलचित्र महासंघसंग मिलेर यो सप्ताहव्यापी उत्सब आयोजना गरेको हो भने । उनले नेपालको सबै आदिबासी जनजातिको भाषा सँसकृति मुलुककै सम्पति भएकोले यसको जर्गेना गर्नु सांस्कृतिक सँस्थानको दायित्व भएको उनले बताए । आयोजक संस्था आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले आदिबासी जनजातिको पहिचानलाई जिवन्त राख्दै पर्यटन बिकासमा टेवा पु¥याएको बताए । आदिबासी
जनजाती चलचित्रलाई सांस्कृतिक संस्थानमै अब नियमित व्यबसायिक प्रदर्शनमा ल्याउने जानकारी पनि उनले गराए ।

उत्सबको उद्घाटनका क्रममा शनिबार हिमाल पुन मगर द्घारा निर्देशित मगर समुदायको लघु चलचित्र सोरठी र सञ्जोग लाफा मगर निर्देशित चलत्रिच आसे प्रदर्शन गरियो । यसैगरी उत्सबको दोस्रो दिन आईतबार पशुराम चौधरी द्घारा निर्देशित थारु समुदायको बेटी र टोमा लामा द्घारा निर्देशित मुगाल समुदायको सोल्जी प्रदर्शन गरिएको थियो । सत्र गते शुक्रबार सम्म चल्ने उत्सबको मंगलबार सुनुवार र लिम्बु समुदायको चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया