ऐतिहासिक तेमाल जात्राको तयारी पुरा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ वैशाख २०७३, मङ्गलवार
ऐतिहासिक तेमाल जात्राको तयारी पुरा

                                 वैशाख ९ गते बौद्ध र १० गते स्वयम्भूमा जात्रा लाग्ने 

काठमाण्डौ, वैशाख ७ तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महत्व बोकेको तेमालजात्रा (बौद्धजात्रा) बैशाख ९ गते बौद्ध महास्तूप परिसरमा हुने भएको छ । यो जात्रामा तामाङ समुदायले आफ्नो पितृको नाममा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्ने प्रचलन छ । 

यो जात्रा प्रत्येक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने गर्छ । सो अवसरमा बत्ती बाली पूजापाठ गर्नाले मृतकको आत्माले चिर शान्ति प्राप्त गर्ने र आफन्तजनहरुको समेत मानोकांक्षा पूरा हुने धार्मिक मान्यता रहँदै आएको छ ।

बौद्ध महाचैत्यमा सुरु हने जात्रा पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाआजासहित विसर्जन हुने गर्दछ । यो जात्रा तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक पहिचानको रुपमा समेत रहेको छ । जात्रामा विशेष गरी काभ्रेको तेमालबाट भक्तजनहरुको बढी सहभागिता रहने गर्छ । 

बौद्ध महाचैत्यमा सुरु हने जात्रा पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाआजासहित विसर्जन हुने गर्दछ । यो जात्रा तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक पहिचानको रुपमा समेत रहेको छ । जात्रामा विशेष गरी काभ्रेको तेमालबाट भक्तजनहरुको बढी सहभागिता रहने गर्छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लालगायत रामेछाप, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुलीबाट समेत जात्रामा उल्लेख्य सहभागिता रहने गर्छ । 

यसैबीच तेमालजात्रा (बौद्धजात्रा)को व्यवस्थापनका लागि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा  तेमालजात्रा (बौद्धजात्रा)  व्यवस्थापन समिति–२०७३ गठन गरिएको छ । समितिले जात्रा व्यवस्थापनका लागि विभिन्न तयारीहरु पुरा गरेको जनाएको छ । 

समितिले दिएको जानकारी अनुसार जात्राको उदघाटन श्रद्धेय गुरु नाम्खा ठिले रिन्पोछेबाट हुने छ । रिम्पोछेले बौद्धधर्म सम्बन्धी प्रवचन र आशिर्वाद दिने कार्यक्रम समेत रहेको छ । सोही अवसरमा रक्तदान, निःशुल्क पानी वितरण, स्वास्थ्य शिविरलगायतको तयारी समेत गरिएको छ । 

जात्रामा परम्परागत फापर ह्वाई तथा विविध साँस्कृतिक कार्यक्रम पनि हुने आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया