खपाङ्गी र ओनसरीलाई सम्मान सहित जीबसीम पुरस्कार प्रदान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ चैत २०७२, शनिवार
खपाङ्गी र ओनसरीलाई सम्मान सहित जीबसीम पुरस्कार प्रदान

नेपालको इतिहासमा पहिलो महिला सम्माननीय सभामुख ओनसरी घर्ति मगर ‘उषा’ लाई जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले काठमाडौंमा सम्मान ग¥यो । मगरका धरोहर, आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी, नेपाल मगर संघ (तत्कालिन, नेपाल लाङ्घाली परिवार)का संस्थापक केन्द्रीय सदस्य, पूर्व अध्यक्ष एवं पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगरलाई सम्मान सहित 
रु. २०,०००÷– नगदको जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१, प्रमुख अतिथी सम्माननीय सभामुख ओनसरी घर्ति मगरले खपाङ्गीका श्रीमतिलाई  प्रदान गरे । 

त्यसैगरी मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले रु. ५०,०००÷– नगद र सम्मानपत्र जीबसीम साहित्य पुरस्कार–२०७१, पोखरा–७, एयरपोर्ट निवासी रुद्रबहादुर हितान मगर, र रु. १०,०००÷– नगद र सम्मानपत्र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१, मिरुल–५, दाइपो, रोल्पा निवासी समिप बैरागी (टंकबहादुर झाँक्री मगर), लाई  प्रदान गरे । 


जीबसीम साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. ५०,०००÷– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००÷– ले बृद्धि गर्दै लगिएको छ । मगर भाषामा  ‘लाङ्घाके आरमेट्नाङ्’ 
(गाउँलाइ सम्झन्दा, कविता संग्रह–२०५०) र ‘लखन ठापा ल्हीङ–रील्हीङ्’ (लखन थापा, गीती काव्य–२०७१) लेखेका हितान मगर, मगर जातिका अभियन्ता पनि हुन् ।
 
जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. १०,०००÷– छ । अठार मगर खाम भाषामा पहिलो मुक्तक संग्रह ‘जिन्दगीला यम’ (मुक्तक संग्रह–२०७२) लेखेका बैरागी प्रतिभाशाली लेखक हुन् ।

पुरस्कार वितरण समारोहमा विशेष अतिथी सुरेश आले मगर अतिथी सुलोचना मानन्धर, पुरस्कृत व्यक्तित्व रुद्रबहादुर हितान मगर र समिप बैरागी मन्तव्य राखेको थियो । सन्त गाहा मगरको स्वागत मन्तव्य लेखक माकिमले सञ्चालन गरेको कार्यक्रम सञ्जोग लाफा मगरको सभापतित्वमा भएको थियो । व्यक्तित्वलाई २०७२ चैत्र २७ गते शनिवार काठमाडौंमा भव्य समारोह विच सम्मान सहित पुरस्कार वितरण गरिएको थियो । 

प्रतिक्रिया