‘हाङ हिलीहाङको प्रदर्शन हुँदै’

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ चैत २०७२, सोमवार
‘हाङ हिलीहाङको प्रदर्शन हुँदै’

काठमाडौं । प्रदिप योङहाङ लिम्बूको प्रस्तुति वृत्तचित्र ‘हाङ हिलीहाङ’ आगामी २५ गते प्रदर्शन हुने भएको छ । पूर्वाञ्चलको याङ्वारक थुमको परिचय, शासनकालको अवसेषहरूलाई खिचिएको उक्त वृत्तचित्रमा हिलीहाङको शासनकाललाई केलाउन खोजिएको छ ।

वैरागी काइँला, येहाङ लावती, भवानी बराल, कुमार लिङ्देन, प्रा.डा. नारायणप्रसाद सङ्ग्रौला, भेषनारायण दाहाल (नेपाल पुरातात्विक विभाग), हर्कबहादुर योङहाङ लिम्बू (अध्यक्ष, हिलीहाङ फाउण्डेशन), भगिराज इङ्नाम, कल्पना योङहाङको अन्तर्वार्तालाई समेत समेटेर हिलीहाङबारे बुझ्न सजिलो बनाउने प्रयास गरिएको निर्देशक लोकेन साँवाले जानकारी दिएका छन् ।
वृत्तचित्रमा अशोक लोहरूङको पाश्र्व संगीत, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया