जातीयमुक्तिको लागि मेरा संघर्षका पाईलाहरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ चैत २०७२, शनिवार
जातीयमुक्तिको लागि मेरा संघर्षका पाईलाहरु

म टंकवहादुर राई । मेरो पुरा नाम हो टंक वहादुर राई, खम्वु, जिमी, रोदुङ, चाम्लिङ, माल्याकुङछा । म विभिन्न उपनामहरु जस्तै सामलिङ वालाली, के.के. चाम्लिङ, अमर शक्ति, प्रचण्ड देवशा आदिले समेत चिनिन्छु । मेरो जन्म २००८ साल साउन २२ गते खोटाङ जिल्लाको विजयखर्क, वाकलिम भन्ने गाउँमा जन्म भएको हो । मैले खोटाङ जिल्लाको विजयखर्कमा अवस्थीत चम्पावती प्राथमिक विद्यालय, सोही जिल्लाको बुइपा गाविसस्थित चम्पावती माध्यमिक विद्यालय, खार्पाको शारदा माध्यमिक विद्यालयमा अध्यापन गर्नुको साथै निजामती सेवामा केन्द्रय तथ्यांक विभाग, चोभारस्थित कृषि चुन उद्योग लिमिटेड हुदै २०३८ असोज ९ देखि २०७१ साउन २१ गते सम्म त्रिभुवन विश्वविद्यालयमा विभिन्न पदमा रही सेवा गरे । 

मैले विभिन्न लेख, गीत, कविताहरु संकलन तथा सम्पादन गर्नुको साथै पारुहाङ, मि पाक्षिक, रोदुङ वाषिक लगायत विभिन्न पत्रपत्रिकाहरुको सम्पादन गरे । २०३२ सालमा बहिनीको मृत्युमा नामक पहिलो कविता संग्रहबाट पुस्तक प्रकाशनको थालनी गरे र हालसम्म नेपालमा जातीय समस्या र जातिको आत्मनिर्णयको अधिकार, माक्र्सवाद, लेनिनबाद, राष्ट्रिय मुक्ति आन्दोलन, संविधानसभा र आदिवासी जनजातिको समस्या, राज्यको पुनःसंरचना, समावेशी प्रजातन्त्र र किरातहरुको प्रजातान्त्रिक अधिकार, राज्यको पुनःसंरचना र किरात भूमि लगायत ४५ वटा पुस्तक लेखन तथा प्रकाशन गरे । मेरो जिन्दगीको उतार चढाव मेरो ४६ औ पुस्तक हो । यसमा मैले मेरो जिवन यात्राको दौरान प्राप्त गरेको सफलताको उच्च रुप सुखद क्षणको उत्कृष्ट रुप र असफलताको दुःखद क्षणको  वारेमा उल्लेख गरेको छुँ । यो पुस्तक मैले मेरा केही शुभेच्छुकहरु एवं समर्थकहरुले मैले आफनो जिवन यात्रामा घटेका घटनाहरु र अनुभवहरुलाई लिपिवद्ध गर्न वा मेरो जीवनी वा संस्मरण लेख्न पटकपटक अनुरोध वा प्रोत्साहन गर्नुभएकोले यो पुस्तक मेरो आत्मकथा वा आत्मासंस्मरण सम्बन्धी पुस्तक हो ।

 थानाबाट भाग्दा

राजतन्त्रलाई समाप्त नगरि नेपालमा रहेको असमानता, पक्षपात, भ्रष्टचार, भेदभाव, शोषण, दमनको जरा उखेलिदैन । त्यसैले राजतन्त्रको जरो उखेलिनु पर्छ । यस्को लागि जस्ले जहाँबाट सकिन्छ योगदान गर्नैपर्छ भन्ने धारणाका साथ २०३६ साल वैशाखदेखि भदौसम्म खोटाङ जिल्लाको खार्पा, रुभुङ, लेखर्क, चिउरीवास, दमकु, हङचुर, वुईपा, छापागाउँ, गैरीगाउँ, घेवा, तमरुङ, वाकलिम, राम्चे, राम्माडी, वसेरी लगायतका गाउँहरुमा राजतन्त्र मुर्दाबादको नारासहित राजतन्त्र उन्मुलनको कार्यक्रमहरु आयोजना गरे । त्यही कार्यक्रमको आरोपमा मलाई २०३६ साल असोज २२ गते दिक्तेल थानामा पक्राउ गरि राखियो ।

 राजतन्त्र मुर्दाबादको नारासहित राजतन्त्र उन्मुलनको कार्यक्रमहरु आयोजना गरे । त्यही कार्यक्रमको आरोपमा मलाई २०३६ साल असोज २२ गते दिक्तेल थानामा पक्राउ गरि राखियो । थानाबाट पटक पटक उम्कने प्रयास गरिरहे । तर मलाई पक्राउ गर्नेक्रममा प्रहरीहरुले मेरो दाहिने हातको हड्डी भाँचिदिएकाले दौडन सक्दिनथे । तर मैले भाग्ने प्रयास  गरिरहे ।

पञ्चायत व्यवस्थाकै विरोध गर्न असम्भव मानिएको वखतमा पञ्चायत शासनको विरोध गरेकोले ममाथी अराष्ट्रिय तत्व भन्ने आरोप लगाएर यातना दिईयो । कुनै एकमात्र राजाको विरोध होईन, राजतन्त्र नै उन्मुलन गर्ने लक्ष्य लिएर आरम्भ गरिएको त्यो कार्यको योजनाकारको रुपमा मलाई पक्राउ गरि थानामा राखिएको थियो । मलाई पक्रेर थानामा राख्ने अधिकारीहरु नेपालको मुलुकी ऐन २०२० को दफा सुनाउदै राजकाज अपराध गरेकाले मलाई कठिन सजाय दिने धम्की दिन्थे । त्यहाँका मेरा साथी भनाउँदाहरुले मेरो नाममा पक्राउ गर्ने निर्देशन जारी गरेबारे हल्ला चलेको बारेमा सोध्दा त्यस्तो केही छैन भन्ने जवाफ दिईपठाउँथे । म पक्राउ परेपछि समेत मेरो रिहाईको लागि उनीहरुले केही गरेनन् । यति सम्म कि मलाई भेट्न सम्म पनि आएनन् । यसरी आफनै साथी भनाउदाहरु मेरो षडयन्त्रकारी बने । उनीहरु मेरो बारेमा गलत हल्ला समेत चलाएर मेरो चरित्र हत्या गर्ने सम्म उद्धत भएका थिए ।

थानाबाट पटक पटक उम्कने प्रयास गरिरहे । तर मलाई पक्राउ गर्नेक्रममा प्रहरीहरुले मेरो दाहिने हातको हड्डी भाँचिदिएकाले दौडन सक्दिनथे । मेरो दाहिने हातको कुहिनामा सामान्य पट्टीले बाँधेर राखिएको थियो । मेरो अन्तीम उपाय भनेको भाग्नु नै थियो । र मैले भाग्ने प्रयास  गरिरहे । चकमन्न रातमा जब मलाई दीसा गर्न छोडियो । हतकडी खोलिएको मौका पारेर मैले त्यहाँबाट भाग्ने प्रयास गरे । रातको समय, ठाउँकेही देखिदैन थियो । त्यो ठाउको उकालो ओरालोबारे म त्यती परिचित थिईन । त्यसैले भागेर म सुरक्षित ठाउँमा पुग्न सकिन । त्यसैले म भागको केही मीनेटमा नै थानाभरी होहल्ला भयो । व्यापक प्रहरी परिचालित भयो  र म पुन पक्राउ परेँ । मेरो निम्ती खतरा चुलिएको थियो । भागेको वेला ममाथी गोली चलाईन सक्थ्यो । तर गोलि चाहि चलाएनन् । यसरी म मृत्युको खतरा नजिक पुगेर वा जीवन र मृत्युको दोसाँधमा पुगेर बाँचे । २०२८ साल चैतदेखि २०२९ जेठ करिव तीन महिना यसरी दिक्तेल ठानामा वसे र अन्तत म त्यहाँबाट छुटिए । 

थानाबाट पटक पटक उम्कने प्रयास गरिरहे । तर मलाई पक्राउ गर्नेक्रममा प्रहरीहरुले मेरो दाहिने हातको हड्डी भाँचिदिएकाले दौडन सक्दिनथे । मेरो दाहिने हातको कुहिनामा सामान्य पट्टीले बाँधेर राखिएको थियो । मेरो अन्तीम उपाय भनेको भाग्नु नै थियो । र मैले भाग्ने प्रयास  गरिरहे । 

मेरा अधुरा चाहानाहरु

मैले देशभित्र वोलिने सवै भाषाहरुमा क्याम्पस तथा विश्वविद्यालयहरुमा पढाई भएको र पालैपालो रेडियो नेपालमा कम्तीमा १÷१ घण्टा कार्यक्रम प्रशारण भएको, नेपाल टेलिभिजनमा कम्तीमा १÷१ घण्टा देख्न र सुन्न सकिने कार्यक्रम हेर्ने र सुन्ने चाहाना राखेर आफ्नो तहबाट वकालतको साथै पहलकदमी गरेपनि त्यो अवसर अझसम्म आएन । देशभित्र वोलिने सम्पुर्ण आदिवासीहरुको मातृभाषामा शिक्षा पाउने व्यवस्था र पाउने चाहाना भएर त्यसको निम्ती पहलकदमी चलियो तर त्यो चाहना अझै अधुरो छ ।संघियता, आदिवासीहरुको आत्मनिर्णयको अधिकार, स्वयत्तता, जातीय, क्षेत्रीय स्वशासन हुनुपर्ने वकालत गर्दै आए, समग्र अदिवासी र मेरो त्यो अधिकार प्राप्तीको चाहना अझै पुरा भएको छैन । देशमा आदिमकालदेखि बोलिदै आएका सम्पूर्ण भाषाहरुको विकास, आदिवासी जनजातिको अधिकार प्राप्ती, शोषण, बहिष्करण, असमानताको अन्त्य र शान्त, समृद्ध समानतायुक्त समाजको सृजना हालसम्म अपूर्ण र एक परिकल्पनाको रुपमा रहेको छ ।

मेरा साथी भनाउँदाहरुले मेरो नाममा पक्राउ गर्ने निर्देशन जारी गरेबारे हल्ला चलेको बारेमा सोध्दा त्यस्तो केही छैन भन्ने जवाफ दिईपठाउँथे । म पक्राउ परेपछि समेत मेरो रिहाईको लागि उनीहरुले केही गरेनन् । यति सम्म कि मलाई भेट्न सम्म पनि आएनन् । यसरी आफनै साथी भनाउदाहरु मेरो षडयन्त्रकारी बने । उनीहरु मेरो बारेमा गलत हल्ला समेत चलाएर मेरो चरित्र हत्या गर्ने सम्म उद्धत भएका थिए । 

यो लेख किरात विद्घान टंक बहादुर राईद्धारा लिखित मेरो जिन्दगीको उतारचढावबाट सम्पादन सहित साभार गरिएको केही अंश हो । यो पुस्तक आज राजधानीमा विमोचन गरिएको थियो । विशेषगरी किरात समुदायहरुको भाषा, साहित्य, संस्किृति, र ईतिहासको क्षेत्रमा अनुसन्धान तथा निरन्तर लेखनको माध्यमबाट योगदान पुराउनुभएका राईले आफ्नो आत्मवृतान्तको साथै, आदिवासीहरुको आत्मनिर्णयको अधिकार, राज्यको पुनःसंरचना र किरात गणराज्यको स्थापना, भाषिक अधिकारको संवैधानिक सुनिश्चितता र कार्यान्वयनका बारेमा अवधारणहरु समेत उल्लेख गर्नुभएको छ  यो पुस्तकमा  । 

प्रतिक्रिया