मुआव्जा तथा क्षतीपुर्तिको मागराखि परियोजना विरुद्ध धर्ना दिदा डेढदर्जन स्थानीयहरु पक्राउ

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ चैत २०७२, बुधवार

पाँचथर  जिल्लाको  याङ्नाम  गाविस १ र भारापा  गाविस ४  जोेड्ने  हेंवा खोलामा पाँचथर पावर कम्पनीले १५ मेघावाटको हाईड्रको ईन्टेक निर्माण गर्ने क्रममा स्थानीयबासीहरुले खानेपानीको मुहानमा असर गर्ने भएकोले बैकल्पिक व्यवस्था गर्न र हाईड्रो पावर निर्माण गर्दा हडपेको जग्गाको उचित मुआब्जा  तथा  क्षतिपुर्ति लगायतका  माग  राखी विरोध कार्यक्रम गर्दा २ दर्जन भन्दा वढी स्थानीयहरुलाई पक्राउ गरिएको छ ।

आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालका आदिवासहरुको मानव अधिकार सम्बन्धी वकिल समुह  (लाहुर्निप) सरकारले पिडित पक्षलाई सहयोग गर्नुको सट्टा २÷४ जनाको मात्र माग हो भन्दै शान्ति सुरक्षाको नाममा हाल गाउँमा प्रहरी परिचालन गरी त्रासदीपूर्ण बातवरण सिर्जना गरी धरपकड तथा कुटपिट, शारिरिक तथा मानसिक यातना, महिला माथिको दुव्र्यहार जस्ता मानवअधिकार विरोधी कार्य भैरहेको हुँदा सो कार्य तत्काल रोकी वार्ता तथा छलफलका माध्यमबाट शान्तिपूर्ण  रुपमा  समस्याको  समाधानका लागि सम्बन्धि निकायसँग अग्रह गरेको छ । विज्ञप्तीमार्फत सो संस्थाले पक्राउ परेका सम्पूर्ण व्यक्तिहरुलाई तुरुन्त रिहा तथा घाईतेको निशुल्क उपचारको लागि अनुरोध समेत गरेको छ ।

 हेंवा खोलामा पाँचथर पावर कम्पनीले १५ मेघावाटको हाईड्रको ईन्टेक निर्माण गर्ने नाममा स्थानीयबासीहरुले खानेपानीको मुहानमा असर गर्ने भएकोले बैकल्पिक व्यवस्था गर्न र हाईड्रो पावर निर्माण गर्दा हडपेको जग्गाको उचित मुआब्जा  तथा  क्षतिपुर्ति लगायतका  माग  राखी विरोध कार्यक्रम गर्दा २ दर्जन भन्दा वढी स्थानीयहरुलाई पक्राउ गरिएको छ ।

स्थानीयवासीहरुले परियोजनाको विरोधमा फागुन २५ गते कोण सभा गरि चैत्र २६ गते देखी परियोजनाको काममा अवरोध गरेका थिए । त्यसैगरी चैत्र १ गते परियोजनाका पदाधिकारी र आन्दोलित स्थानीयबासीहरुविच बैठक बसेको तर निकास निस्कने वातावरण नबनि वैठक टुङ्गिएको थियो ।

चैत्र २ गते बिहान  ११ बजे करिव ७० जना शसस्त्र प्रहरी तथा प्रहरीहरु स्थानीयको घर घरमा गई सार्वजनिक मुद्दा लगाउछु भन्दै धम्काएको र बेलुका दुई ट्रक शसस्त्र प्रहरी तथा नेपाल प्रहरी गइ गाउँमा त्रासादि पूर्ण बातावरण बनाउनुका साथै स्थानीयको घर घर पसी कुटपिट तथा पक्राउ गरिएको कारण सो क्षेत्रका मानिसहरु घर बस्न नसकी जंगलमा बस्नु पर्ने अवस्था सिर्जना भएको स्थानीयवासीहरुले बताएका छन् ।

स्थानीयवासीहरुका अनुसार चैत्र ३ गते घाम झुल्कीनु अगावै स्थानीय महेश अधिकारी, शारदा सुब्बा, समिर लुवा, राजकुमार हाङसुम्वा, रंगिल हाङसुम्वा, वाला हाङसुम्वा लगायत महिला  तथा पुरुष  लगायत  अन्दाजि  १८ जनालाई  पक्राउ गरिएको स्थानीयको भनाई रहेको छ । पक्राउ परेकोहरुलाई कुटपिट गरि निर्मम यातना दिएको र सो घटनाको अनुगमन गर्न मानवअधिकार कर्मि, पत्राकार, नागरिक समाजका अगुवा समेत घटनास्थलमा गएका थिए ।

स्थानीय समुदायले पटक पटक परियोजना तथा स्थानीय प्रशासनसँग पहिलाको जस्तै बलियो पुल निर्माण, हाईड्रो पावरबाट खानेपानीको मुहानमा असर गरेको हुदा सो खानेपानीको बैकल्पिक उचित व्यवस्था, थप बाटो घाटोको व्यवस्था र हाईड्रो पावर निर्माण गर्दा हडपेको जग्गाको उचित मुआब्जा  तथा  क्षतिपुर्ति लगायतका  माग  राखी सम्बन्धित परियोजना र स्थानीय प्रशासनमा जानकारी, ज्ञापनपत्र तथा मौखिक रुपमा अनुरोध समेत गरेका थिए ।

पाँचथर  जिल्लाको  याङ्नाम  गाविस १ र भारापा  गाविस ४  जोेड्ने  हेंवा खोलामाथि  धेरै  पहिले स्थानीयलाई आवतजावत गर्नका लागि ब्रिटिस वेलफेयरको सहयोग र स्थानीयको श्रमदान तथा अगुवाईमा पुल निमार्ण भई संचालनमा रहेको थियो । उक्तपुलबाट स्थानियले गाई, बाख्रा, भैसी तथा चौपाया तथा मानिसहरु वारपार गर्ने एक मात्र साधनको रुपमा प्रयोग भई आएकोमा पाँचथर पावर कम्पनीले १५ मेघावाटको हाईड्रको ईन्टेक निर्माण गर्न स्थानीय प्रशासनसँगको मिलेमतोमा भत्काई नयाँ पुल साविक स्थान भन्दा अन्दाजि ३५–४० मिटर माथि निर्माण गरिएको तर सो पुलबाट गाई गोरु तथा अन्य चौपाय तर्न मिल्ने नमिल्ने तथा २०२४ सालमा बाढिले ल्याएको ढुङ्गामाथि निर्माण गरेको हुँदा सो पहिलाको जस्तो बलियो नभएका,  भुकम्पले क्षतिग्रस्त भएको र जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने अवस्थाको रहेको छ ।

स्थानीय समुदायले पटक पटक परियोजना तथा स्थानीय प्रशासनसँग पहिलाको जस्तै बलियो पुल निर्माण, हाईड्रो पावरबाट खानेपानीको मुहानमा असर गरेको हुदा सो खानेपानीको बैकल्पिक उचित व्यवस्था, थप बाटो घाटोको व्यवस्था र हाईड्रो पावर निर्माण गर्दा हडपेको जग्गाको उचित मुआब्जा  तथा  क्षतिपुर्ति लगायतका  माग  राखी सम्बन्धित परियोजना र स्थानीय प्रशासनमा जानकारी, ज्ञापनपत्र तथा मौखिक रुपमा अनुरोध समेत गरेका थिए ।

प्रतिक्रिया