नेपाल बारमा आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा दलितको प्रतिनिधित्व गराउन छुट्टै समुह चयन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ फागुन २०७२, शनिवार
नेपाल बारमा आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा दलितको प्रतिनिधित्व गराउन छुट्टै समुह चयन

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको २४ औं केन्द्रिय कार्यसमितिको नेतृत्व चयनमा आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा दलितको प्रतिनिधित्व गराउने उदेश्यकासाथ पहिचान, संघियता, समावेशी एवं स्वतन्त्र पेशागत कानुन व्यवसायी समुह (आइफिल एलाईन्स) ले छुट्टै समुह बनाई उम्मेदवारी खडा गरेको छ ।

आज काठमाडौमा एक कार्यक्रम आयोजित गरि आफ्नो वैकल्पिक तेस्रो समुहको उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा पहिचान, सार्थक संघियता एवं समानुपातिक समावेशीता सहितको एकिकृत नेपाल, स्वायत्त, संघीय, निर्भिक नेपाल बार एशोसिएशन र न्यायपालिका हाम्रो अभियान भन्ने आफनो नारा लिई अघि बढेको, न्याय पालिकाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाल बार एशोसिएशन मुख्यत दलगत रुपमा बढेको र आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा दलितको प्रतिनिधित्व सुनिस्चित नगरिएको तथा यि समुहहरुको प्रतिनिधित्व केवल दलिय सिफारिसमा मात्र भएको जस्ले समुदायको प्रतिनिधीत्व नगरी केवल दलको मात्र प्रतिनिधीत्व गर्ने हुदा छुट्टै समुह बनाई निर्वाचनमा खडा भएको जानकारी गराइएको थियो ।

वैकल्पिक तेस्रो समुहमा उमेदवारहरु अधिवक्ता मनोहर शाह (अध्यक्ष), अधिवक्ता  बिरेन्द्र कुमार ठाकुर (उपत्यका उपाध्यक्ष), अधिवक्ता चेत बहादुर आले (महासचिव), अधिवक्ता निना डंगोल (कोषध्यक्ष), अधिवक्ता आशा राई (सदस्य महिला खुला), अधिवक्ता दिपक राई (सदस्य खुला) र अधिवक्ता अजय कुमार स्वर्णकार (सदस्य खुला) रहेका छन् ।

नेपाल बार एशोसिएशनको २४ औं केन्द्रिय कार्यसमितिको नेतृत्व चयनको लागि चुनाव आगामी चैत्र २० गते काठमाडौमा हुदैछ । नेपालभरका करिव १५,००० कानून व्यवसायीहरुमध्येबाट करिव ९,५०० मतदाताहरु रहेका छन् ।

प्रतिक्रिया