ल्होछार महोत्सव समापन

बबिता घिसिङ
बबिता घिसिङ२६ माघ २०७२, मङ्गलवार

बौद्ध, माघ २६ गते
३ दिने ल्होछार ज्ञान महोत्सव २०७२ को समापन तथा पुरस्कार बितरण कार्यक्रमको उपलक्ष्यमा प्रमुख अतिथी प्राज्ञ बैरागी काईलाले हरेक जातजातिले आफ्नो भाषा, संस्कार र संस्कृतिको उत्थानको लागि सम्पुर्ण समुदायले यस्ता महोत्सव गर्नुपर्ने बताउनु भयो । तामाङ जातिले केहि वर्षमा नैै अरु जाति माथि बौदिक हैकम जमाउनेमा पनि उहाँले जोड दिनु भयो ।

प्राज्ञ काईलाले कार्यक्रममा तामाङ भाषा साहित्यामा समर्पित प्रताव बल र प्रजातन्त्र सेनानीमा योगदान दिनु भएका श्याम कुमार तामाङलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ । उहाँले बिज्ञ अमृत योञ्जनको तमाङ नामकोश पुस्तक र सैलुङअनलाइनको समेत विमोचन गर्नु भएको छ ।   

महोत्सवको उपलक्ष्यमा भएको  चित्रकला प्रतियोगितामा पासाङ तामाङ प्रथम हुनु भएको छ भने द्धितिय रोजन राई र तृतिय फुर्वा मोक्तान हुनु भएको छ । त्यस्तै गरी कार्यक्रममा निबन्ध प्रतियोगिताका प्रथम दोर्जे मोक्तान, द्धितिय शान्ति श्रेष्ठ र तृतियमा अनिसा तामाङ हुनु भएको छ । प्रतियोगितामा प्रथम हुनु भएकालाई ३ हजार, दृतिय हुनु भएकालाई २ हजार र तृतिय हुनु भएकालाई नगद एक हजार सहित सम्मान गर्नु भएको थियो ।

महोत्सवमा भुकम्प फोटो प्रदर्शनी, तामाङ पुस्तक विक्री तथा प्रदर्शनी, तामाङ भेषभुषा प्रदर्शनी, तामाङ संस्कृतिक प्रदर्शनी, चित्रकला प्रतियोगिता, तामाङ खाना स्टल र निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरुको डा. गणेश योञ्जन (जापानका लागि नेपालका पूर्व राजदुत) ले समापन गर्नुभयो ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु बबिता घिसिङ