काठमाडौं केन्द्रित जनविद्रोहको तयारी ः समाजवादी फोरम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ माघ २०७२, शुक्रवार
काठमाडौं केन्द्रित जनविद्रोहको तयारी ः समाजवादी फोरम


गोबिन्द छन्त्याल

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालको दोस्रो केन्द्रीय तदर्थ समिति बैठक काठमाडौं उपत्यकाको भिमसेना गोलास्थित  ‘ॐ शान्ति पार्टी प्यालेस’मा माघ ८ गते दिउँसो १ः०० बजे शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने बैठकले काठमाडौंकेन्द्रित जनविद्रोहको तयारीका लागि गहन छलफल हुने बताइएको छ ।

तराई–मधेस–थरुहटमा १ सय ६५ दिनदेखि आन्दोलन भइरहेको तथा मोर्चा र सरकारबिचको वार्ता निष्कर्ष हुन नसकिरहेको अवस्थामा समाजवादीको फोरमको दोस्रो बैठकलाई आम चासोको रुपमा हेरिएको छ ।

मधेसी, आदिवासी जनजाति, शिल्पी÷दलित, मुस्लिम, उत्पीडित खस, महिलालगायतले गत असोज ३ गते संविधान जारी भएदेखि विरोध जनाइरहेका छन् । मधेस–थरुहटमा ६१ जना भन्दा बढीको ज्यान गइसकेको छ । लिम्बुवान, मगरातमा आन्दोलन जारी छ । गत माघ ६ गते मात्रै मोरङको रंगेलीमा प्रहरीको गोलीबाट ३ जनाको ज्यान गएको छ ।

वार्ता आन्दोलनरत पक्षका कारणले होइन, सरकारको कारणले सार्थक हुन नसकेको हो । तीन दलका नेताहरुमा उच्च जातीय अहंकारको मानसिकता नहटेसम्म वार्ता निष्कर्षमुखी हुन सक्तैन ।’

सदिऔंदेखिको उत्पीडनमा रहेका मधेसी, जनजाति, शिल्पी, मुस्लिम, महिलालगायत जनताको जायज मुद्धाहरुलाई वर्तमान सरकार उपेक्षा गरिरहेको मात्र छैन छाती र टाउकोमा ताकीताकी निहत्था जनतालाई गोली बर्साइरहेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बैठकको अध्यक्षतासँगै सम्बोधन गर्ने क्रममा भने, ‘वार्ता आन्दोलनरत पक्षका कारणले होइन, सरकारको कारणले सार्थक हुन नसकेको हो । तीन दलका नेताहरुमा उच्च जातीय अहंकारको मानसिकता नहटेसम्म वार्ता निष्कर्षमुखी हुन सक्तैन ।’

पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरुको सहभागिताले खचाखच भरिएको बैठकलाई सम्बोधन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, भाषिक रुपले उत्पीडित जनताको आसा र भरोसाको पार्टी संघीय समाजवादी फोरम भएको यादवले दाबी गरे । उनले थप भने, ‘पार्टी विचार, संगठन र संघर्षले सञ्चालन हुन्छ त्यसका लागि संघीय समाजवादजस्तो अग्रगामी विचार, सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, सम्प्रदायको प्रतिनिधित्व भएको प्रभावकारी संगठन र उत्पीडित जनताको पक्षमा पार्टी निरन्तर संघर्षमा छ । त्यसैले समाजवादी फोरम अहिलेको आवश्यकताको राजनीतिक शक्ति भएको छ ।’

समाजवादी फोरमको दोस्रो बैठकमा पार्टी सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधान विरुद्धकोसदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन÷विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ताको चर्चा, राष्ट्रियता र जनजीविकाको सवाल, मेची महाकाली सन्देश अभियान, ओली सरकारको १०० दिनको चर्चा र संघीय गठबन्धनको बिस्तारलगायत समावेश गरिएको छ ।

पार्टी विचार, संगठन र संघर्षले सञ्चालन हुन्छ त्यसका लागि संघीय समाजवादजस्तो अग्रगामी विचार, सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, सम्प्रदायको प्रतिनिधित्व भएको प्रभावकारी संगठन र उत्पीडित जनताको पक्षमा पार्टी निरन्तर संघर्षमा छ । त्यसैले समाजवादी फोरम अहिलेको आवश्यकताको राजनीतिक शक्ति भएको छ ।’

पहिचानजनित राजनीतिक र सामाजिक÷समुदायगत शक्तिहरुसँग बृहत गठबन्धन गर्दै काठमाडौंकेन्द्रित विद्रोह हुनुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको छ । नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमार्डौकेन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैठकमा अध्यक्ष यादव, वरिष्ठ नेता अशोककुमार राईलगायत पार्टीका पदाधिकारी तथा सदस्यहरुले पार्टीका केन्द्रीय सदस्य तथा लामो राजनीतिक जिवन जिएका प्रेमकृष्ण पाठकलाई क्रान्तिको योद्धाको रुपमा समेत सम्मान गरिएको थियो । बैठकमा पूर्व उपराष्ट्रपति परमानन्द झाको समेत उपस्थिती रहेको थियो ।

समाजवादी फोरमको दोस्रो बैठकमा संगठनात्मक प्रतिवेदन महासचिव रणध्वज कन्दङ्वा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विजयकुमारले पेस गर्ने सूची रहेको छ । त्यसैगरी माघ ९ गते बैठकको दोस्रो दिन राजनीतिक समिति, केन्द्रीय परिषद्, केन्द्रीय निकायको गठन र केन्द्रीय सदस्हरुको कार्यविभाजन गरिने कार्यसूची रहेको छ ।

समाजवादी फोरमको स्थापना २०७२ जेठ ३२ गते भएको थियो । त्यस लगत्तै असार १ गते काठमाडौंको सो¥हखुट्टेनजिक नेपा व्याङ्वेटमा पहिलो केन्द्रीय तदर्थ समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया