कृष्ण किसी
उही भाषा, उही जात, उही संस्कृति, उही परम्परा, उही रहनसहन तर थर भने फरक फरक । यो अचम्म लाग्दो विषय हो भक्तपुर नगरको । एउटै क्षेत्र, भण्डै एउटै धर्म, एउटै जातका यहाँका मानिसका थर भने फरक फरक छन् । परिवारैपिच्छे फरक फरक थर छन् ।
युवा संस्कृतिविद् ओम धौभडेलले गरेको अध्ययन अनुसन्धान अनुसार भक्तपुर नगरभित्र मात्रै ७ सय ५० भन्दा वढी फरक फरक थर भेटिएका छन् । नगर बाहिरका मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र पनि खोतल्ने हो भने यो भन्दा वढी थर भेटिने निश्चित छ । किनकि त्यहाँ पनि उही अनुपातमा घरैपिच्छे फरक फरक थर छन् ।
केही थर पेशाका आधारमा छन् । जस्तो कि माटोको भाँडा बनाउने प्रजापति, सिकर्मीको काम गर्ने शिल्पकार, डकर्मीको काम गर्ने अवाल, दही बनाउने धौभडेल, दही बेच्ने धौबञ्जार आदि । यस्तै अर्काे अच्चम्म लाग्दो विषय त, नेवार परिवारका थरभित्र थापा श्रेष्ठ पनि छन् । नेवार जातको भए पनि उनको थरको अगाडि थापा झुण्डिछन् । त्यसपछि भने श्रेष्ठ जोडिन्छ
यहाँको प्रत्येक थरको एउटा अर्थ लाग्छ । प्रायःजसो यहाका मानिसका थर जनावर, पशुपंक्षी, फलफूल, अन्न, बसोबास आदि आधारमा छन् । जस्तो कि किसी (हात्ती) जनावर, कोजू (काग) पशुपंक्षी, खर्वुजा (फलफूल), छुस्याबाग (आधा गहँु), विजुक्छें (बसोबास) का उदाहरण हुन् । यति मात्रै होइन, यस्ता उदाहरण दिन सकिने सयौं उदाहरणका थर छन् । केही थर शारीरिक वनावटका आधारमा छन् । जस्तो कि कुटुव (मोटों), गाइसी (दुव्ले) आदि ।
यहाँका केही थर पेशाका आधारमा छन् । जस्तो कि माटोको भाँडा बनाउने प्रजापति, सिकर्मीको काम गर्ने शिल्पकार, डकर्मीको काम गर्ने अवाल, दही बनाउने धौभडेल, दही बेच्ने धौबञ्जार आदि । यस्तै अर्काे अच्चम्म लाग्दो विषय त, नेवार परिवारका थरभित्र थापा श्रेष्ठ पनि छन् । नेवार जातको भए पनि उनको थरको अगाडि थापा झुण्डिछन् । त्यसपछि भने श्रेष्ठ जोडिन्छ । यहाँ यस्ता उदाहरण पनि धेरै छन् । यस्तो थर विशेष गरेर मध्यपुर थिमि नगरभित्र छन् । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापा श्रेष्ठ हुन् । उनी मध्यपुर थिमि नगरको बोडेका हुन् ।
प्रत्येक थरको एउटा अर्थ लाग्छ । प्रायःजसो यहाका मानिसका थर जनावर, पशुपंक्षी, फलफूल, अन्न, बसोबास आदि आधारमा छन् । जस्तो कि किसी (हात्ती) जनावर, कोजू (काग) पशुपंक्षी, खर्वुजा (फलफूल), छुस्याबाग (आधा गहँु), विजुक्छें (बसोबास) का उदाहरण हुन् । यति मात्रै होइन, यस्ता उदाहरण दिन सकिने सयौं उदाहरणका थर छन् । केही थर शारीरिक वनावटका आधारमा छन् । जस्तो कि कुटुव (मोटों), गाइसी (दुव्ले) आदि ।
संस्कृतिविद् ओम धौभडेका अनुसार थापा श्रेष्ठ लेख्नेहरुको वास्तविक रुप था श्रेष्ठ हो । तर पछि विस्तारै थापा लेखिन थालिएको हो । उनका अनुसार हरेक नेवार समुदायका थरपछि श्रेष्ठ झुण्डिन्थ्यो । तर अचेल केहीले अरु सवै थरलाई हटाएर श्रेष्ठ मात्रै लेख्ने गरेका छन् । केहीले थरसंगै श्रेष्ठ पनि लेख्ने गरेका छन् । जस्तो कि था श्रेष्ठ । यस्तै कसैले श्रेष्ठ नै लेख्दैनन् । केहीका थर अपहेलित प्रकारका छन् । जस्तो ग्वायमरु (जुंगा नभएको), पेन्टगो (ठूलो चाक भएको), न्हिसुतु (सिंगानें) आदि । यी कारणले पनि धेरैले त्यसलाई हटाएर श्रेष्ठ राख्ने गरेका छन् । थर परिवर्तन गरेर श्रेष्ठ राखेको बताउने रामकुमार श्रेष्ठले सरकारी कामकाजका क्रममा नबुझिने थर भएर जहिले पनि गल्ती आउने भएकाले थर परिवर्तन गरेको सुनाए ।
प्रजापति, सुवाल, दुवाल, बासुकला, शिल्पकार, अवाल आदि भक्तपुरमा वढी भएका थर हुन् । अलि नसुनेको थर भयो कि भक्तपुरे भनेर सवैतिरबाट अनुमान गरिन्छ । त्यही कारण भक्तपुरको अर्काे परिचय अचम्मलाग्दो फरक फरक थर बनेको छ । देशमै सवैभन्दा सानो जिल्ला भक्तपुरमा सवैभन्दा वढी थर छन् । सानो जिल्ला, धेरै थर यहाँ छन् ।