सामि पिदार तथा नयाँ वर्ष येले थोचे ५०७६

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३० पुष २०७२, बिहिवार
सामि पिदार तथा नयाँ वर्ष येले थोचे ५०७६


–कोइँचबु काःतिच (उत्तम)

किरात कोइँचमा प्रत्येक वर्ष माघ अर्थात् ङारिच १ नाबु (गते) चेलीबेटीको पूजा गरिन्छ । यस दिन महिलाको सम्मान स्वरुप कोइँच सुनुवारहरुले छोरीचेलीको पूजा गर्छन् । विहानै पानीको मूलमा गई मुख धुन्छन् । ढुङ्गाको प्रतिमा बनाउँछन् । अनि फुको धागोेले त्यो प्रतिमालाई सात फन्को बाँधी माई वा धर्तीमाताको प्रतिमा मानेर बनतरुल तथा अन्य फलाहार चढाई प्रकृति पूजा गरिन्छ र सुख, शान्ति, समृद्धिको बर मागिन्छ । त्यही बर मागी पितृ भाकेर घरमा बनतरुल ल्याइन्छ । छोरीचेलीको पूजा गरिन्छ ।

कालो मासको दाल, गेडागुडी, चामल पातको बोहतामा राखेर दाही चामलको टीका लगाएर दक्षिणा दिई मिठा मिठा खानेकुरा ख्वाइ पूजा गर्ने परम्परागत चलन छ । यसै दिन फापर (तिते, मिठे) को रोटी, आफ्नो वरिपरि पाइने अन्य कन्दमूल खाने चलन छ । सम्भवतः जाडोको मौसम भएर होला, गेडागुडीको परिकार र कन्दमूल खाने चलन चल्दै आएको हो ।

सुनुवार विद्यार्थी समाज केन्द्रीय समिति कोटेश्वरले गएको साता दाता सम्मान तथा येले थोचे ५०७६ को शुभकामना आदनप्रदान कार्यक्रम र एक दुई जना सचेत कोइँच सुनुवार मित्रले सामाजिक सञ्जालमा शुभकामना लेखन राखे बाहेक सामि पिदार तथा नयाँ वर्ष येले थोचे ५०७६ को कहीँ कतै चर्चा छैन । न त त्यस सम्बन्धि कुनै कार्यक्रम नै आयोजना गरिएको छ । मर्न लागेको धुक्धुकी लिएर सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले गत वर्ष सगरमाथा टेलिभिजनबाट १५ हजार रुपैया तिरेर कार्यक्रम नै प्रसारण गरे पनि यो वर्ष त्यति चासो लिएको छैन । पोहोर साल भव्य कार्यक्रम गर्ने साथीहरुले यस वर्ष के गर्ने भन्ने चासो राख्नु पर्ने, तर त्यसो गरेको पाइएन । यो सोचनीय विषय हो ।

किरात कोइँचमा प्रत्येक वर्ष माघ अर्थात् ङारिच १ नाबु (गते) चेलीबेटीको पूजा गरिन्छ । यस दिन महिलाको सम्मान स्वरुप कोइँच सुनुवारहरुले छोरीचेलीको पूजा गर्छन् । विहानै पानीको मूलमा गई मुख धुन्छन् । ढुङ्गाको प्रतिमा बनाउँछन्

विगतमा हिन्दू धर्मको श्री पञ्चमीलाई नयाँ वर्ष भनेर सुनुवार सेवा समाजले नै बनभोज आयोजना गरी केक खुवाउने कार्यक्रम गरेको थियो । त्यस कार्यक्रममा मै हुँ भन्नेहरु खुब रमाउँथे । तर सुनुवार सेवा समाजले हिन्दूहरुको श्री पञ्चमी कोइँचको नयाँ वर्ष नभएको ठहर गरेको छ । साहित्यकार बैरागी काइँलाको संयोजकत्वमा गठित यले सम्बत् अध्ययन समितिको विशेष अनुसन्धानबाट कोइँच लगायत किरातीको नयाँ वर्ष श्री पञ्चमी कोइँचहरुको नयाँ वर्ष होइन भन्ने प्रमाणित भएको छ ।

यो समय बाघ पनि लेकबाट खोला झरेर नुहाउँछ र रगत सुँघ्छ रे । पानीमा रगत गनायो भने शिकार पर्ने विश्वास गर्छ रे बाघले । यसैले माघको दिन गोठलाहरु चनाखो हुनु पर्छ भनेर सतर्क हुन्छन् गाउँघरमा । यसै दिन राँके फालेको ठुटो सिटाले गोठमा खिर पकाएर चेलीबेटी र दाजुभाईलाई भोज खुवाउने चलन पनि छ ।

कोइँच बस्तीमा माघको दिन कोशीमा गएर नुहाउने र कालो पाठी तथा परेवा बली दिएर खादिमुदी (माइ) पूजा गर्ने गरिन्छ । यसरी माइ पूजा गर्दा जिउमा खटिरा नआउने, ज्वरो नआउने र देशान महामारी हट्ने विश्वास पनि गरिन्छ । यही कोशी पूजालाई रजगाउँका माझीहरुले लदी पूजा भनेर नदी पूजा गर्ने चलन पनि छ । यसैले कोइँचमा ङारिच १ नाबु सुख, शान्ति, समृद्धि तथा चेलीमाइतिको गाढा सम्बन्धको लागि पनि महत्वपूर्ण छ ।

कोइँच बस्तीमा माघको दिन कोशीमा गएर नुहाउने र कालो पाठी तथा परेवा बली दिएर खादिमुदी (माइ) पूजा गर्ने गरिन्छ । यसरी माइ पूजा गर्दा जिउमा खटिरा नआउने, ज्वरो नआउने र देशान महामारी हट्ने विश्वास पनि गरिन्छ 

जे होस् अरुले जे गरुन्, जसो गरुन् । सामि पिदार र येले थोचे ५०७६ को अवसरमा दुई जना कोइँच सामिबु भने लागि पर्नु भएको छ । सुनुवार सेवा समाजको केन्द्रीय सदस्य तथा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंको कोषाध्यक्ष शोभा सुनुवार र सुनुवार सेवा समाज दोलखा जिल्ला समितिका सल्लाहकार युवा जीवनकुमार सुुनुवार किरातको विशेष पहलमा ङारिच १ नाबु ५०७६ तदानुसार २०७२ माघ महिना १ गते इस्वी सम्बत् २०१६ जनवरी १५ का दिन सुनुवार सेवा समाजको भवन कोटेश्वरमा विशेष शुभकामना कार्यक्रम आयोजना गरेको छन् । यस खुशीयालीमा सबैलाई हार्दिक निमन्त्रणा छ ।

प्रतिक्रिया