थारु कल्याणकारिणी सभाको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा थारु भषाको संरक्षण, संवद्र्धन तथा एकरुपता कायम गर्ने उद्देश्यले थारु मानक व्याकरण तथा स्तरीकरण प्रारम्भ गोष्ठी होटेल ए वान शंखमूल काठमाडौमा सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरीको सभापतित्वमा तथा थारु आयोगका अध्यक्ष सुबोध सिंङ थारुको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रमको सहजिकरण थारुमहिला समाजकी पुर्व अध्यक्ष गीता चौधरीले गर्नुभएको थियो ।
गोष्ठीमा थारु भाषा, साहित्य, संस्कृति तथा विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता,भाषाविद् र थारु समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा थारु भाषाका विभिन्न उपभाषावीच समन्वय गर्दै साझा मानक व्याकरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।
वक्ताहरुले थारु भाषा नेपालको प्रमुख मातृभाषा मध्ये एक भएकोले यस्को संरक्षण र विकासका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान तथा स्तरीकरण अपरिहार्य रहेको बताएका थिए । साथै भाषाको मौलिकता जोगाउँदै आगामी पुस्तासम्म हस्तान्तरण गर्न मानकीकरण महत्वपरुर्ण हुने बताएका छन् ।
उनिहरुले भाषा शिक्षण,पाठ्यपुस्तक निर्माण, साहित्य सृजना तथा सरकारी कामकाजमा थारु भाषाको प्रभावकारी प्रयोगका लागि मानक व्याकरण आवश्यक हुने धारणा राखे ।
गोष्ठीमा थारु भाषाको लेखनशैली, व्याकरणिक संरचना तथा भाषिक विविधताबीच एकरुपता कायम गर्ने विषयमा डा. महेश चौधरी र डा. राम बाहादुर चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
संयोजक डा. राम बहादुर चौधरीले थारु मानक व्याकरण तथा स्तरीकरण भाषा संरक्षणको लागि अति नै आबश्यक रहेको बताए ।
कार्यक्रममा थारु आयोगका कार्यबहाक अध्यक्ष सुवोध सिङ थारु, थारु आयोगकी सदस्य शान्ती मोदी थारु, सदस्य भोलाराम चौधरी, थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरी लगायतका वक्ताहरु शुभकामना मनतव्य दिएका थिए ।
मन्तव्यकै क्रममा सभापति प्रेमीलाल चौधरीले थारु भाषालाई शिक्षा, सञ्चार तथा सरकारी कामकाजमा प्रभावकारी रुपमा प्रयोग गर्न मानक भाषा निर्माण आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा फोनीजका अध्यक्ष पत्रकार लक्की चौधरीले सामाजिक समावेसीकरणको बारेमा कार्यपत्र प्रस्तुत गर्दै समाजिक समावेसीकरण राजनीतिक क्षेत्र लगायतका हरेक क्षेत्रमा समावेसीकरण हुन जरुरी छ, तर समावेशीकरणको विषयलाई सर्वस्वीकार्य बन्न नसक्नु विडम्बना भयको वताउनु भयो ।
त्यसैगरी बुद्धसेन चौधरीले लैंगिक विभेदको बारेमा कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । नेपालमा रहेको हरेक निकाय तथा थारु संघ सस्थाहरुमा महिला समावेसिताको अध्यन गर्दाखेरी उँहाले हरेक संघ सस्थामा महिला सहभागिता न्युन पाईएको बताउनु भयो ।
अझै पनि थारु समुदायमा लैंगिक समानतामा विभेद रहनु जनचेतनाको कमी र पृतिसतात्मक साेंच कायमै रहेको पुष्टि हुन्छ ।









