इन्डिजिनियस भ्वाईस रेडियो कार्यक्रमको प्रभाव

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ पुष २०७२, मङ्गलवार
इन्डिजिनियस भ्वाईस रेडियो कार्यक्रमको प्रभाव

आदिबासी जनजातिका बिबिध समस्याहरु छन् । कुनै समस्या राजनीतिक प्रकृतिको रहेको छ भने कुनै समस्या संबैधानिक, कानुनी प्रकृतिका छन् । आदिवासी जनजातिले दावी गर्दै आएको भूमि अधिकार,  प्राकृतिक स्रोत साधन माथिको अग्राधिकार, भाषिक, सांस्कृतिक अधिकारबारे सम्बन्धित समुदायमा जानकारीको अभावले अधिकारबाट बन्चित हुन परिरहेको छ भने कतै कतै जातीय बिभेदका कारण अधिकारबाट बन्चित गराईएको अवस्था छ ।

यही पृष्ठभूमिमा स्वतन्त्र सामाजिक सञ्चार संस्था इन्डिजिनियस मिडिया फाउन्डेशनले इन्डिजिनियस भ्वाईस रेडियो कार्यक्रम मुलुक भरका १७ भन्दा बढी एफएमहरुमा ४० अंक साप्ताहिक रुपमा प्रसारण ग¥यो । पहिलो चरणमा यो कार्यक्रम मुलुकमा जारी रहेको संविधान निर्माण प्रक्रिया तथा त्यसका अन्तरबस्तुमाथि केन्द्रित थियो भने दोस्रो चरणमा अन्तर्राष्ट्रिय सन्धी महासन्धी र राष्ट्रिय नीतिहरुले आदिवासी जनजातिलाई उपलव्ध गराएको अवसर, संबैधानिक र कानुनी व्यबस्थामा  केन्द्रित थियो ।

इन्डिजिनियस भ्वाईस रेडियो कार्यक्रममा १९२ जना व्यक्तित्वहरुले आफनो ज्ञान अरुलाई सुनाउने मौका पाएका थिए । जसमध्ये १६९ जना आदिवासी जनजाति मूलका र २३ जना गैर आदिवासी जनजाति थिए 

इन्डिजिनियस भ्वाईस रेडियो कार्यक्रममा १९२ जना व्यक्तित्वहरुले आफनो ज्ञान अरुलाई सुनाउने मौका पाएका थिए । जसमध्ये १६९ जना आदिवासी जनजाति मूलका र २३ जना गैर आदिवासी जनजाति थिए । यस कार्यक्रमको प्रभाबकारिताबारे रेडियो भोजपुरका स्टेसन म्यानेजर सरस्वती तामाङ को टिप्पणी छ– रेडियो कार्यक्रम इन्डिजिनियस भ्वाइस प्रायः सबै अंक निकै प्रभावकारी रह्यो । जलजला रेडियो रोल्पाका मौसम रोकाया मगरले यस कार्यक्रमले  आदिबासी जनजातिको हक र अधिकारको बारेमा प्रशिक्षण गरेको बिचार राख्छन् । आदिवासी जनजातिका लागि आफ्नो बिचार धारणा राख्ने अवसर रेडियो कार्यक्रमले सिर्जना गरिदिएको र आदिवासी जनजातिका आगामी चुनौतीहरुका बारेमा पनि प्रष्ट पारिदिएको भनाई राख्नु हुन्छ, उदयपुरस्थित त्रियुगा एफएमका अध्यक्ष कौशल चेम्जोङ ।

इन्डिजिनियस भ्वाइस रेडियो कार्यक्रममा आदिबासी जनजाति बिज्ञका रुपमा आदिवासी जनजाति सभासद, अधिकारकर्मी, आन्दोलनकर्मी, आदिवासी जनजातिका अभियानकर्ता, भाषा, धर्म, सस्कृति तथा स्वशासनबारे बिज्ञता हासिल गर्नु भएका व्यक्तित्वहरुको बिचारहरु कार्यक्रममा प्राथामिकतामा परेका थिए । त्यसैगरी आदिवासी जनजातिका संघ संस्थाका पदाधिकारी र प्रतिनिधिलाई पनि समेटिएको थियो । रेडियो लिखुका अध्यक्ष मनप्रसाद सुनुवार तथा रेडियो मस्र्याङदीका सन्चालक समितिका अध्यक्ष गम प्रसाद गुरुङ भन्छन्– विद्याबारिधि गरेकालाई मात्र बिज्ञको रुपमा लिनु हुन्न । मुख्य भनेको स्थानीयहरुले के कस्ता समस्याहरु भोगेका छन् भन्ने नै हो । त्यो अलिक कम भयो कि । तर कालिन्चोक एफएम दोलखाका स्टेशन म्यानेजर जीवन लामाले कार्यक्रमले स्थानीय बिषयलाई पनि जोड्ने गरेको बताउँदै भने– यसले गर्दा जिल्ला तहका श्रोताहरुले केन्द्रमा के भईरहेको छ भन्ने जानकारी समेत पाए । तर हामीले अहिलेसम्म हाम्रा कुरा सुनायौ मात्र । यसको कार्यान्वयनको बारेमा भने हामी मौन नै रहेका छौ । आगामी दिनमा कार्यान्वयनको पक्षलाई ध्यानमा राख्न सके यस कार्यक्रमको प्रभावकारी अझै धेरै हुने थियो ।

स्थानीय एफएमहरुले केन्द्र र स्थानीय दुबै तहलाई समेटेर कार्यक्रम उत्पादन गर्न कठिन भएकोे अवस्थामा आदिवासी जनजातिको हक, हित र अधिकारबारे बताउने यो कार्यक्रमले भने टेवा पुगेको विचार राख्छिन् आफ्नो एफएमकी स्टेशन म्यानेजर बिनु राई

सिराहा लहानस्थित रेडियो समादका स्टेशन म्यानेजर जीवछ चौधरीको प्रतिक्रिया छ– इन्डिजिनियस भ्वाईस कार्यक्रम आदिवासी जनजातिको लागि अति नै उपयोगी थियो । तर विज्ञ संगको कराकानीको सन्दर्भमा उहाँहरुको भाषा वढी कुटनैटिक प्रकृतिको हुने र अंगे्रजी भाषा पनि धेरै प्रयोग भएको पाईयो । यसमा सुधार गर्न सके राम्रो हुन्थ्यो ।

स्थानीय एफएमहरुले केन्द्र र स्थानीय दुबै तहलाई समेटेर कार्यक्रम उत्पादन गर्न कठिन भएकोे अवस्थामा आदिवासी जनजातिको हक, हित र अधिकारबारे बताउने यो कार्यक्रमले भने टेवा पुगेको विचार राख्छिन् आफ्नो एफएमकी स्टेशन म्यानेजर बिनु राई । त्यस्तै, भोजपुर एफएमका स्टेशन म्यानेजर अवतार राई तथा रसुवा एफएमका स्टेशन म्यानेजर दिपक लामाका अनुसार आदिवासी जनजातिको आवाज बोल्ने यो एक उत्कृष्ट कार्यक्रम बनेको छ । कसरी हामीले प्राकृति स्रोत साधनको प्रयोग गर्न सक्छौ भन्ने बिषयमा पनि यो कार्यक्रमले जानकारी दिएको छ । स्थानीय रुपमा आवाज संकलन गर्नको लागि एफएमसंग सहकार्य गर्न सके हुन्थ्यो भन्ने हो । त्यसैगरी सबैले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

 

प्रतिक्रिया