विरोध बाहुनको होइन, प्रवृत्तिको

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ पुष २०७२, शनिवार
विरोध बाहुनको होइन, प्रवृत्तिको

                                                बलदीप प्रभाश्वर चाम्लिङ

मैले बाहुन शब्द प्रयोग गर्दा मलाई हाम्रैहरूले बाहुन विरोधी भनेर आरोप लगाइरहेका छन् । मलाई दुःख लाग्यो, उनीहरूको दासत्व चिन्तनले । तर खुशी पनि छु । किनकि मेरा वौद्धिक बाहुन साथीहरूले त्यसलाई स्वाभाविक ठानिदिनु भएको छ ।

हामी कसरी बाहुन विरोधी हुन सक्छौ ? के बाहुन मानव होइन र ? के उसमा मानवता हुन्न र ? के उनीहरु हाम्रा दाजुभाइ होइनन् र ? हो, म कदापि बाहुन विरोधी होइन । तर म अवस्य पनि आफ्नै जनजाति दाजुभाइ विरोधी चाहिँ हुँ, जसले कहिले पनि कुरा बुझेन, जसले बाहुनको दाँजोमा आफुलाई राख्न कहिले जानेन । छिमेकमा अधिकार र पहिचानविहिनलाई राखेर बस्नु सभ्य बाहुनको लागि पनि शोभनीय कुरा होइन ।

नेपालमा जातीय समस्या छ । जातीय समस्या समाधानको लागि बाहुनको प्रसंग आउनु स्वभाविक हो । बाहुनलाई बाहुन नभनेर के यहुदी, तामिल, आईरिस, नेग्रो भन्ने त ?
हो, बाहुनले बाहिर आफ्नो जातीय कुरा गरेर हिड्नुपर्दैन । किनकि उसको जातीय अधिकार र पहिचान संविधानमै सम्बोधन भएको छ । धर्मनिरपेक्षतालाई सनातन धर्म (हिन्दु धर्म) को संरक्षणसंग जोड्नु, हिन्दू धर्मको प्रतीक गाईलाई राष्ट्रिय जनावर बनाउनु र संस्कृत भाषालाई निशान छापमा कुद्नु र यसको विकासको लागि सरकारी लागतमा पठनपाठन गराउनु बाहुनको जातीय मुक्तिको ठोस आयामहरू हुन् । यो कुरा चाहिँ किन बुझ्दैनन् हाम्रा जनजातिहरूले ? विरोध बाहुनको होइन, हाम्रैहरूको हो । यदि बाहुन पनि जनजातिको अवस्थामा रहन्थ्यो भने जातीय कुरा गर्थे कि गर्थेनन् ?

मेलापात जाँदा, घाँसदाउरा जाँदा, दोहोरी जाँदा, भोजभत्तेर जाँदा र युद्धमा जाँदा जनजातिलाई अगाडि लगाउने बाहुनले राजनीतिक रूपमा सिंहदरबार, बालुवाटार र शितल निवास जाँदा चाहिँ पछाडि लगाउँछ । तिनीहरूको गेटमा ताल्चा लगाइदिन्छन् । एम्बुस थापिदिन्छन् ।

सामाजिक रूपमा बाहुन र जनजातिको सम्बन्ध आत्मीय घनिष्ट छ । तर राजनीतिक रूपमा जनजाति र बाहुनको सम्बन्ध द्वन्दात्मक छ । कसरी भने, जनजातिलाई पर्दा बाहुनले सहयोग गर्छ । बाहुनलाई पर्दा जनजातिले सहयोग गर्छ । बाहुन र जनजातिबीच रोटी र बेटीको सम्बन्ध पनि समाजमा कायम छ ।

तर मेलापात जाँदा, घाँसदाउरा जाँदा, दोहोरी जाँदा, भोजभत्तेर जाँदा र युद्धमा जाँदा जनजातिलाई अगाडि लगाउने बाहुनले राजनीतिक रूपमा सिंहदरबार, बालुवाटार र शितल निवास जाँदा चाहिँ पछाडि लगाउँछ । तिनीहरूको गेटमा ताल्चा लगाइदिन्छन् । एम्बुस थापिदिन्छन् ।

बाहुनले विभेद समाजमा होइन, सत्तामा गरेका छन् । त्यसो भएको हुँदा कसैले बाहुनको विरोध गर्छ भने त्यो राजनीतिक हो, मानवीय होइन । किनकि बाहुनको पनि रगत रातै हुन्छ । यो कुरा नबुझी मलाई बाहुन विरोधी कसैले भन्छ भने तिनीहरूप्रति मेरो सहानुभूति छ । किनकि तिनीहरूले जे बुझेका छन् । मैले पनि त्यो बुझेको छु । तर उनीहरूले त्यो बुझेका छैनन्, जो मैले बुझेको छु । यो मेरो संघर्षशील जीवनको निष्कर्ष हो ।

प्रतिक्रिया