जनजाति आयोगको गञ्जागोल

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० पुष २०७२, शुक्रवार
जनजाति आयोगको गञ्जागोल


                           अधिवक्ता कुन्साङ लामा

कानुन बनाउने सन्दर्भमा अव मानब अधिकारको एउटा अंश आदिवासी जनजाति पनि एक हो भन्ने बोध गरेर अगाडि बढ्नु पर्छ ।

एकजना अध्यक्ष र ४ जना सदस्य रहेर जनजाति आयोग गठन गर्ने भनिएको छ । यो चाहि संबैधानिक परिषदमा राष्ट्रपतिले नियुक्त गर्ने छन् । यो अहिले राष्ट्रिय योजना आयोगको जस्तै रहेको छ । यसको पदाबधि ६ बर्ष रहने भनेर नयाँ संबिधानमा व्यवस्था गरिएको छ । तर काम, कर्तव्यको बारेमा संबिधान मौन रहेको छ ।

जबकि राष्ट्रिय महिला आयोग, मानब अधिकार आयोग, समाबेशी आयोगको सन्दर्भमा भने संबिधानमा नै काम, कर्तव्य उल्लेख गरेको छ । संघीय कानुनले व्यवस्था गरे बमोजिम अगाडि बढ्ने भनेपछि संघीय कानुन निर्माण गर्नु चाहि जरुरी हुने भयो । यसको काम, कर्तव्य, त्यहाँ जाने सदस्यहरुको योग्यता बारेमा बोल्ने गर्दछ ।

कानुनमा त्यहाँको सदस्य, अध्यक्षको योग्यताको बारेमा, गठन बिधिका बारेमा केही कुराहरु भए पनि त्यो आदिबासी जनाजाति आयोगको काम, कर्तव्यको बारेमा भन्दा नेपाल सरकारबाट कसरी स्रोतहरु जान्छ भन्ने कुरा पनि छ । यो आयोगको क्षेत्राधिकारको बारेमा नेपाल सरकार कुन हदसम्म जबाफदेही हुनुपर्छ भन्ने कुरा पनि छ । आयोगले गरेको सिफारिश चाहि बन्धनकारी हुने कि नहुने भन्ने वा उसको सिफारिश रिफ्रेन्सको रुपमा हुने हो कि के हो भन्ने कुरा चाहि कानुनमा हुन्छ । त्यो प्रष्ट छैन ।

आयोगले गरेको सिफारिश चाहि बन्धनकारी हुने कि नहुने भन्ने वा उसको सिफारिश रिफ्रेन्सको रुपमा हुने हो कि के हो भन्ने कुरा चाहि कानुनमा हुन्छ । त्यो प्रष्ट छैन 

मूलतः यो काम, कर्तव्य, अधिकारको सन्दर्भमा कुरा गर्दा यो आदिबासी जनजाति आयोगको औचित्य नै के हो भन्ने कुरामा ध्यान केन्द्रीत हुन जरुरी रहेको छ । त्यो आयोगको औचित्यको कुरा गर्दा यो आयोगसंग आदिवासी जनजातिको पहिचानको कुरा जोडिन आउँछ । राज्यले आदिवासी जनजातिलाई सम्मान गर भन्ने, नेपाल सरकारले गरेका सन्धि  र महासन्धिले दिएका अधिकारलाई सरकारले सम्मान गर भन्ने कुरा यो आयोगसंग सम्बन्धित छ । यो अधिकार सुनिश्चित गर्नु पर्छ । यदि हुन सकेन भने यो आयोगको औचित्य रहदैन ।

यो आयोगले आदिवासी जनजातिको स्वपहिचानलाई सम्मान गर्नको लागि आफ्नो भूमिका निभाउन सक्ने कुरा गर्न सक्ने हुनुपर्छ । जल, जंगल, जमिनसंग आदिवासी जनजातिको सम्बन्धको बारेमा संसदमा भन्न सक्ने हैसियत पनि यो आयोगको हुनुपर्छ । आदिवासी जनजातिको अधिकार राज्यले, धेरै समुदायले हनन गरेको छ भने यसलाई संरक्षण गर भनेर भन्न सक्ने अधिकार यो आयोगलाई हुनुपर्छ । अथवा त्यस्तो अधिकार हनन गर्ने पक्षलाई कार्वाही गर्न सक्ने क्षेत्राधिकार हुनुपर्छ । त्यो हुन सक्यो भने यो आदिवासी जनजातिको औचित्य रहन्छ । त्यसैगरी आदिवासी जनजातिका भाषा, सांस्कृतिक पाटोलाई संरक्षण गर्न यो आयोगले सिफारिश गर्न सक्ने हुनुपर्छ । अहिले जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गर्ने काम कर्तव्य जस्तो भन्दा पनि यो आयोगले गरेको सिफारिश लागु गर्न सरकार बाध्य हुने अवस्था सिर्जना गर्नुपर्छ ।

संविधानमा आयोग हुने भनेपछि सम्भावना त धेरै नै रहेको छ । तर औपचारिकतामा सीमित हुने गरी आयोग गठन त हुदैन ? प्रश्न टड्कारो छ । यो आयोग पनि मानव अधिकार स्तरको आयोग भएकाले यसको काम, कर्तव्य संबिधानमा नै व्यवस्था हुनुपथ्र्यो

संविधानमा आयोग हुने भनेपछि सम्भावना त धेरै नै रहेको छ । तर औपचारिकतामा सीमित हुने गरी आयोग गठन त हुदैन ? प्रश्न टड्कारो छ । यो आयोग पनि मानव अधिकार स्तरको आयोग भएकाले यसको काम, कर्तव्य संबिधानमा नै व्यवस्था हुनुपथ्र्यो । कानुन बनाउने सन्दर्भमा अव मानब अधिकारको एउटा अंश आदिवासी जनजाति पनि एक हो भन्ने बोध गरेर अगाडि बढ्नु पर्छ ।

थारु आयोग र आदिवासी आयोगको कुरा गर्दा संबिधान निमार्ण गर्दा संबिधान सभाले नै पुस्ट्याई गर्न सकेको छैन । आदिवासी जनजाति आयोग निर्माण भएपछि यो थारु आयोगको निर्माण हुनुको कुनै औचित्य रहेन । तर थारु आन्दोलन भएकैले गर्दा यो आयोग गठन भएको हो भने आन्दोलन सकिएपछि यो आयोगको औचित्य पनि समाप्त हुन्छ ।

आदिवासी जनजाति भित्र नै थारु पर्ने भएकाले आदिवासी आयोग थारुप्रति पनि जिम्मेबार हुनुपर्छ । बरु दुबै आयोगलाई एकै बनाएर अधिकार सम्पन्न बनाएको भए राम्रो हुन्थ्यो । कि त थारुहरु आदिवासी जनजाति हैन भनेर छुट्टिनु प¥यो । थारुहरु आदिबासी जनजाति नै हो । यसमा कुनै शंका नै छैन । यहाँ दुईटा आयोगले एउटा समुदायलाई हर्ने तरीका र पहिचानको कुरालाई दुबै आयोगले हेर्ने भएको छ । यहाँ अन्तर्राष्ट्रिय कानुनको हिसाबले र सामान्य बुझाईको दृष्टिकोणले पनि यो मिलेको छैन ।

 

प्रतिक्रिया