आङ काजी शेर्पा किसान
एकात्मक हिन्दु धर्म संस्कृतिको प्रतीक गाईलाई हालको संविधानमा राष्ट्रिय जनावर बनाएकोमा मुलुकी ऐन र चौपाया कसुर संम्बन्धि प्रस्तावित विधेयकमा गाई गोरु मारेमा, मरेमा र कुटपीट गरेमा हुने दण्ड सजायबारे नेपालका आदिवासी जनजातिको गम्भिर सरोकार रहेको छ ।
मौजुदा मुलुकी ऐन र चौपाया कसुर संम्बन्धि प्रस्तावित विधेयकमा गाई गोरु मारेको अभियोग लगाएर आदिवासी जनजातिमाथि मुद्धा चलाउदा निम्न कुराहरुमा ध्यान पु¥याउनु पर्ने हुन्छ ।
क) संविधानमा नेपाल धर्म निरपेक्ष राज्य घोषणा गरिसकेको अवस्थामा धर्म निरपेक्षसंग बाँझिएको मूलुकी ऐनको महल ७ चौपाया संम्बन्धि कानुनी व्यवस्थालाई तत्काल खारेज गरिनु पर्ने ।
सोझा सिधा गरिव आदिवासी जनजातिहरुले मासु खानाका लागि मरेका गाई गोरुको मासु खाँदा अति षडयन्त्रपूर्ण तरिकाले गाई गोरु मारेको झुटो अभियोग लगाएर गिरफतार गर्ने र जेल सजाय दिएर दुःख कष्ट दिने गरेको पाईन्छ
ख) एकात्मक हिन्दु अंहकारवादी वाहुन क्षेत्रीहरुले गाउँका सोझा सिधा गरिव आदिवासी जनजातिहरुले मासु खानाका लागि मरेका गाई गोरुको मासु खाँदा अति षडयन्त्रपूर्ण तरिकाले गाई गोरु मारेको झुटो अभियोग लगाएर गिरफतार गर्ने र जेल सजाय दिएर दुःख कष्ट दिने गरेको पाईन्छ । तर वाहुन, क्षेत्रीबाट काठमाडौं उपत्यका र प्रमुख शहरमा संचालित डिपार्टमेन्टल स्टोरमा गाई गोरुको मासु र रेष्टुरेण्टमा गाई गोरुको मासु खुल्ला विव्रmी वितरण गर्दा कुनै कारवाही गरेको पाईदैन ।
ग) हिन्दु अंहकारवादीहरु वाहुन, क्षेत्रीको दवावमा परेर प्रहरीले यथेष्ट प्रमाण नजुटाई आवश्यक छानविन नगरी स्थानीय जनप्रतिनिधि र आदिवासी जनजाति उपस्थिति विना वाहुन, क्षेत्रीहरु मात्रको उपस्थितिमा सर्जमिन मुचुल्का उठाएर र गाई गोरु मारेको अभियोगमा गिरफ्तार भएकालाई डर धम्की देखाएर अभियोग स्वीकार्न वाध्य बनाएर हतारमा मुद्धा दर्ता गरेर गरिब सोझा सिधा गाँउलेहरुलाई दुख कष्ट दिने गरेको पाईन्छ ।
घ) सरकारी वकिलले गिरफतारीहरुको छुट्टै वयान लिनुपर्ने कानुनी व्यवस्था भएता पनि अधिकांश सरकारी वकिलले प्रहरीले तयार पारेका वयानमा हस्ताक्षर गरेर सरकारी वकिलको कार्यालयमा लिएको वयान भनेर उल्लेख गर्दछन् । न्यायालयमा मुद्धाको वहस गर्दा अधिकांश गिरफ्तार भएका आदिवासी जनजातिहरु आर्थिक अवस्था कमजोर भएको कारण आफ्नो तर्फबाट वकिल राखेर वहस गरेको देखिदैन । यदि वहस गर्ने वकिल भएता पनि अधिकांश वकिल वाहुन, क्षेत्री हुने भएकोले वहसलाई अति कमजोर तरिकाले प्रस्तुत गर्ने भएकोले मुद्धा हारेको देखिन्छ । खस भाषामा वयान दिदा खस भाषा नबुझेको कारण आदिवासीहरु आफ्नै वयानमा चुकेको पाईन्छ, उदाहरण गाई म¥यो र खायो भत्रु पर्नेमा गाई मा¥यो र खायो भन्दा कानुनतः अभियोग स्वीकारेको रुपमा लिएको पाईन्छ ।
नेपालका संचार माध्यमहरु गाई गोरुको मासु खाएको अभियोगमा गिरफ्तार भएका आदिवासी जनजातिहरुलाई जेल सजाय दिलाउन आवश्यकता भन्दा वढी वढाई चढाई अतिरञ्जित र सुनियोजित तरिकाले असन्तुलित एकपक्षीय समाचार सम्प्रेषण गरेको पाईन्छ
ङ) एकात्मक हिन्दुवादी नेपालका संचार माध्यमहरु गाई गोरुको मासु खाएको अभियोगमा गिरफ्तार भएका आदिवासी जनजातिहरुलाई जेल सजाय दिलाउन आवश्यकता भन्दा वढी वढाई चढाई अतिरञ्जित र सुनियोजित तरिकाले असन्तुलित एकपक्षीय समाचार सम्प्रेषण गरेको पाईन्छ ।
च) अष्टे«लियाको राष्ट्रिय जनावर कङगारु भएता पनि अष्ट्रेलियामा कङगारु मार्न र मासु खाना पाईन्छ । नेपालमा गोरु जोत्ने काममा समेत गरिन्छ । त्यसैले, गाई गोरु मारेमा, मासु खाएमा गिरफ्तार गर्नु र मुद्धा चलाइने कानुनी परम्परा अन्त गरिनुपर्ने देखिन्छ । गैरहिन्दु धर्मवालम्वीहरु आदिवासी जनजातिलाई गाई गोरु मार्न र मासु खान दिएमा सबैको स्वतन्त्रता तथा मानव अधिकारको सम्मान गरेको देखिने थियो ।
छ) धर्म निरपेक्ष राज्यमा गाई गोरुलाई राष्ट्रिय जनावर बनाउनुको अन्तरनीहित कारण गाई गोरुलाई हिन्दुहरुले गौमाताको रुपमा पूजा गर्ने भएकोले गर्दा हो वा आदिवासी जनजातिमाथी हिन्दु संस्कृति लादेर धर्म निरपेक्ष घोषित राज्यलाई पुनः हिन्दु राज्य घोषणा गर्ने षड्यन्त्र हो ? कारण स्पष्ट पार्नु पर्ने देखिन्छ ।
आदिवासी जनजाति तथा हिन्दुबाहेक अन्य धर्मालम्बीले राष्ट्रिय जनावर परिवर्तन गर्नु पर्ने बिषयमा अभियानकै रुपमा निरन्तर बहस चलाउनु अपरिहार्य छ
र, अन्तमा
निर्दलिय पंचायती व्यवस्थाकाल र २०४७ को संविधानमा एकात्मक हिन्दुको प्रतीक चिन्हहरुसहित गाई गोरुलाई राष्ट्रिय जनवार बनाएकोमा आदिवासी जनजातिले ५ लाख हस्ताक्षर संकलन गरि विरोध गरेको थिए । कुनै पनि देशले आफ्नो नागरिकहरुको प्रचलित धर्म, संस्कृति र जीवन पद्धतिको प्रतिकुल हुने गरी संविधान कानुन तथा नियमहरु लेखिनु नहुने सर्वमान्य सैद्धान्तिक मान्यता छ । अतः गाई गोरुलाई राष्ट्रिय जनावर बनाएमा आदिवासी जनजातिको धर्म संस्कृति र जीवन पद्धतिको प्रतिकुल हुने भएकोले नयाँ संविधानमा गाई गोरुलाई हैन, दुलर्भ वन्यजन्तु एक सिङ्घे गैडालाई राष्ट्रिय जनवार बनाउनु पर्ने ब्यापक आवाज उठेको थियो । तर यसको कुनै सुनुवाइ भएन । तर आदिवासी जनजाति तथा हिन्दुबाहेक अन्य धर्मालम्बीले राष्ट्रिय जनावर परिवर्तन गर्नु पर्ने बिषयमा अभियानकै रुपमा निरन्तर बहस चलाउनु अपरिहार्य छ ।
लेखक नेपाल आदिवासी जनजाति महासंघको पूर्व महासचिव हुन्