नयाँ नेपाल र बहुभाषिक शिक्षा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ पुष २०७२, बुधवार
नयाँ नेपाल र बहुभाषिक शिक्षा

भीम राई

तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल रसियामा सम्पन्न भएको ‘बाघ सम्मेलन’बाट भाग लिएर फर्किएको समय थियो । सोही सन्दर्भमा भाषाशास्त्री प्रा. डा.योगेन्द्रप्रसाद यादवले अर्का भाषाशास्त्री प्रा.डा.नोबलकिशोर राईसँग मार्टिन चौतारीमा भएको एक छलफलमा भनेछन्– “मान्छे खाने बाघको बारेमा नेताहरुमा यत्रो चर्चा र चासो छ तर त्यहि मान्छेलाई बचाउने भाषाप्रति भने कसैको ध्यान छैन ।”

हाल नेपालमा वहुभाषिक भाषा नीतिको चर्चा छ । तर जारी संविधान २०७२ मा पनि भाषा आयोग गठन गरेर उसको सिफारिशमा बल्ल प्रदेशमा नेपाली बाहेक थप कुन भाषा सरकारी कामकाजको भाषा बनाउने भनिएको छ । मातृभाषामा विद्यालय खोल्ने हक हुनेछ भनिएको छ तर सरकारी स्तरबाट त्यसको कार्यान्वयनको ठोस जिम्मेवारी लिइएको छैन । यसलाई अझै पनि हात्तीको देखाउने दाँतको रुपमा मात्रै अघि सारिएको छ ।

जारी संविधान २०७२ मा  मातृभाषामा विद्यालय खोल्ने हक हुनेछ भनिएको छ तर सरकारी स्तरबाट त्यसको कार्यान्वयनको ठोस जिम्मेवारी लिइएको छैन । यसलाई अझै पनि हात्तीको देखाउने दाँतको रुपमा मात्रै अघि सारिएको छ ।

मातृभाषामा शिक्षा दिने विषयमा धेरैको यस्तो भनाई पाईन्छ कि ‘यो आधुनिक तथा विश्वव्यापिकरणको जमानामा के को मातुभाषाको कुरा ? विश्व कहाँवाट कहाँ पुगिसक्यो, हामी भने नेपाली या अन्य मातृभाषाको कुरा गर्ने ?’ या अंग्रेजी भाषामा पढाइएन भने छोरा–छोरी ‘पछाडि’ पर्ने सम्मको तर्क या भनौ ‘चिन्ता’ छ र यस्तो सोच्नु पर्ने नेपाली अभिभावकको विवशता छ । तर बझ्नु पर्ने तथ्य यो छ कि हरेक भाषा र संस्कारमा ‘भिन्न या नयाँ सोच्ने र अन्तरक्रिया गर्ने भिन्नै शैली र ज्ञान’ अन्तरनिहित हुन्छ । प्रत्येक भाषा नै आफैमा ज्ञानको ‘भण्डार’ हो ।
मानवशास्त्री डा.मुक्तसिंह तामाङ्ग र प्रा. डा.योगेन्द्रप्रसाद यादवको विचारमा भाषा र संस्कारभित्र यस्ता ज्ञानका भण्डार अथाह हुन्छ, जसले मानिसलाई हरेक कुरालाई फरक तर उत्कृष्ट शैलीमा बुझ्न सघाउछ । तसर्थ शिक्षामा बहुभाषिक नीति हुन पर्छ भन्नु केवल बालकको मानवअधिकारको (राजनीतिक) रुपमा मात्रै नबुझेर  भाषिक सवाल एउटा सिकाईको अभिन्न सैद्धान्तिक पाटो हो भन्ने कुरा ख्याल गर्नु जरुरी छ । 

जस्तो कि पपुवान्युगिनी भन्ने देशमा ९०० वटा त स्थानीय भाषै वोलिन्छ र त्यसमध्ये बिद्यालयमा ५०० वटा मातृभाषामा  सरकारले बालबालिकालाई शिक्षा दिइन्छ । एक भाषिक अध्ययनले देखाए अनुसार जसमा दुई फरक भाषाहरु जुन  स्थानीय मातृभाषामा  शिक्षा दिइने सरकारी स्कूल  थियो र अर्को अंग्रेजी भाषामा शिक्षा दिने ‘बोर्डिङ्ग स्कूल’को वीच तुलनात्मक अध्ययन गरिएको थियो ।  यसले के देखायो भने जुन बालबालिकालाई मातृभाषामा शिक्षा दिइएको थियो, उनीहरु विज्ञान र गणितजस्ता विषयमा पनि अंग्रेजी भाषा माध्यम भएकाहरुको तुलनामा अब्बल दरिएका थिए ।

पपुवान्युगिनी भन्ने देशमा ९०० वटा त स्थानीय भाषै वोलिन्छ र त्यसमध्ये बिद्यालयमा ५०० वटा मातृभाषामा  सरकारले बालबालिकालाई शिक्षा दिइन्छ । 

यसको थुप्रै कारणहरुमध्ये भाषाशास्त्री यादवका अनुसार  एउटा कारण “मातृभाषाले बालबालिकाको बुझ्ने मानसिक क्षमता र भाषिक क्षमता संगसंगै हुने (आफ्नो मातृभाषामा पोख्त भएपछि अन्य भाषा सिक्नलाई पनि त्यति गाहे हुँदैन भन्ने भाषिक सिद्धान्त)” भएकाले हो । त्यो भनेको कुनै बालबालिकाले आफ्नो मातृभाषामा कुनै बिषयको बारेमा जति ससक्त तरिकाले आफ्नो भनाई या विचार अभिव्यक्त सक्दछ, त्यो अन्य भाषामा गर्न सक्दैन भन्ने नै हो, जुन बालबालिकाहरुले आफूलाई लागेको कुरा निर्धक्कसँग अभिव्यक्त गर्न सक्दछ, उही नै खुलस्त, भिन्न र आर्कषक ढंगमा प्रस्तुत हुन्छ ।

मातृभाषाको महत्वपूर्ण भूमिका बालबालिकाहरुको शैक्षणिक सवालमा किन रहेछ भन्ने कुरा थाहा पाउन विदेशीहरुको अुनभव या अनुसन्धानमा मात्रै किन भर पर्ने ? टाढा गइराख्नै पदैन हाम्रै समाज वरपर भएका त्यस्ता उदाहरणबाट पनि यो कुरालाई पुष्टि गर्न सकिन्छ । प्रा. डा.यादवले वारा जिल्लामा गरेको अध्ययनमा पनि धेरै गैर पहाडी र गैर नेपालीभाषी विद्यार्थीको (जसको मातृभाषा नेपाली होइन)चाँडै कक्षा छोड्ने दर(ड्रप आउट रेट)  किन उच्च रह्यो भनेर खोज्दा स्कूल घर नजिकै भएपनि ती बालबालिकाहरु स्कूल नजाने र गैहाले भने पनि स्कूल बाहिरै खेलेर बसेको पाईयो । उनीहरुलाई ‘कक्षाकोठामा किन नपसेको’ भनी सोद्धा ‘हाम्रो भाषाको स्कूलै होइन, त्यसैले नगएको’ भनी उत्तर दिएर ती बालबालिकाले अनुसन्धानदाताहरुलाई छक्कै पारेछन् ।

जसरी एउटा बालकले जीवनभरी आमाको दूधमात्रै नचुसेर केहि निश्चित समयपछि अन्य चिज खान थाल्दछ, ठिक त्यसैगरी मातृभाषाको शिक्षाले पनि बालबालिकालाई एउटा ज्यादै ‘आइसोलेटेड’ या शिशु अवस्थामा उसको सिकाई प्रक्रियालाई नबिगार्ने (बे्रक अप नगर्ने) माध्यम  हो ।

तर अब ‘छक्क या आश्चार्य’मा परिरहनु पर्ने त्यस्तो केही कुरा बाँकी छ जस्तो लाग्दैन । जसरी एउटा शिशुको शारीरिक तथा षौष्टिक तन्दुरुस्तीको लागि उसको आमाको दूधको खाँचो या भनौ ‘अमृत समान’ हो भनिन्छ, त्यो खाँचो बहुराष्ट्रिय कम्पनीमा उत्पादित ‘आधुनिक या विकसित’ डेरीका दूध या ‘पाउडर’वाला दूधले कहिल्यै दिन सक्दैन भन्ने त बुझ्नै पर्छ ।
त्यसरी नै ‘विकसित’ अन्तर्राष्ट्रिय अंग्रेजी भाषाले मात्रै बालबालिकाको शिक्षण प्रक्रिया ‘प्रभावकारी’ हुन्छ र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न ‘सक्षम’ हुन्छन् भन्ने कुरा सत्य नभई पाखण्ड मात्र हो । जसरी एउटा बालकले जीवनभरी आमाको दूधमात्रै नचुसेर केहि निश्चित समयपछि अन्य चिज खान थाल्दछ, ठिक त्यसैगरी मातृभाषाको शिक्षाले पनि बालबालिकालाई एउटा ज्यादै ‘आइसोलेटेड’ या शिशु अवस्थामा उसको सिकाई प्रक्रियालाई नबिगार्ने (बे्रक अप नगर्ने) माध्यम  हो ।

मानवशास्त्री डम्बर चेम्चोङ्गले नर्वेमा एमफिल गर्ने क्रममा अनुभव गरेको अर्काे उदाहरणको रुपमा  लिउँ । उहाँसँगै बसेर पीएचडी गर्दे गरेका नेपाली मुलका बाहुन थरका ती नेपालीको दुई बालबालिकालाई स्कूलमा भर्ना गर्नुपर्ने भएछ । शिक्षामा राज्यले दायित्व बोक्ने भएकाले स्कूलले ती बालबालिकाको ‘राष्ट्रियता’ र उनीहरुले बोल्ने मातृभाषा खोज्दा नेपाली भाषा मातृभाषा हो भन्ने थाहा पाएपछि, नेपाली भाषामै पढाउन सक्ने शिक्षकको खोजी गर्न विज्ञापन ग¥यो । नेपालमा चार पाँच वर्ष जति प्राथामिक तहमा पढाएको ‘अनुभव’को मुल्याङ्कन गर्दै चेम्चोङ्गलाई नै ती नेपाली मातृभाषा भएका बालबालिकालाई पढाउने जिम्मेवारी दिएर ‘एउटा प्रजातान्त्रिक राज्यको सरकारले सिकाईको त्यो सैद्धान्तिक मर्म र कर्तव्य’लाई पूरा गर्दै बालबालिकाको बौद्धिक विकासलाई ‘ब्रेक अप’ गर्न चाहेन ।

मातृभाषामै शिक्षा किन दिने भन्ने सन्दर्भमा दुई कुरालाई समापेक्षिक रुपमा हेर्नु पर्छ । जस्तो कि काठमाडौंमा बसेर पढिरहेको एउटा थारु, राई, लिम्बु या तामाङ्गको बालबालिकालाई मातुभाषामा शिक्षा दिन उसलाई गाह्रो होला या त्यो आवश्यक नपर्ला । किनकी उसले आफ्नो मातृभाषा विर्सिसकेको होला । तर त्यहि समुदायका बालबालिका जो आफ्नो पुख्यौंली बसोबास भएको ठाउँमा बस्छन् र आफ्नै मातृभाषामा बोल्छन् भने उसले नेपाली भन्दा त आफ्नै मातृभाषा बढी सिक्दो रहेछ भन्ने तथ्यलाई स्वीकार्ने पर्छ ।

राज्यरुपी मालीले सबै जातका भाषिक फूलहरुलाई बराबर स्याहार, गोडमेल गरेर हराभरा र रंगिन फूलबारी पारे पक्कै पनि  पृथ्वीनारायण शाहले चिताएको या देखेको सपना पुरा हुने थियो । यो कुरा पुरा गर्न बहुभाषीक शिक्षा दिनु अपरिहार्य छ ।

भाषाशास्त्री  यादवका अनुसार मातृभाषाको प्रयोग सधै नभएर एक निश्चित समयावधिसम्म मात्र हो । त्यो भनेको प्राथामिक तह या ६÷७ वर्षदेखि सुरु गदै वीचमा समुदायमा बहुसंख्यकले बोल्ने भाषालाई सम्पर्कको भाषा र विस्तारै अन्तर्राष्ट्रियस्तरको भाषालाई पनि सिकाउदै लगिने हो । तर नेपालमा अझै पनि बहुभाषिक नीतिले  ‘सामाजिक अराजकता’ निम्त्याउने या ‘राष्ट्रियता कमजोर’ हुने र त्यसले अन्ततः ‘देश विखण्डन हुने÷टुक्र्याउने’  सम्मको अवफाह फैलाइन्छ ।  शिक्षामा बहुभाषिक नीति लागू गर्ने भन्ने विषयलाई ‘पिछडिएका बर्गहरुको राजनीतिक मुद्दा’ मात्र हो भन्ने मानसिताबाट माथि उठी यो एक विशुद्ध सिकाई प्रणालीको सैद्धान्तिक पाटो हो, जसले अन्ततः तिनै ‘पिछडिएका’ वर्गको मागलाई सम्वोधन गर्नेछ र त्यसले नै आजको संघीय नेपालको ‘राष्ट्रियता’ दरिलो पार्छ भन्ने तथ्य चाहिं बुझेजस्तो लाग्दैन ।

नेपालमा विशेषतः आदिवासी जनजाति, दलित, पिछडिएका तथा महिलाहरुको दोस्रो आन्दोलन २०६२÷६३ पछि भाषिक लगायत जातीय पहिचानको मुद्दाहरु धेरै उठिरहेको छ,जो हिजोको राणा तथा पञ्चायत शासनमा पूर्ण या भनौ सम्बोधन हुन पाएको थिएन । बालकृष्ण माबुहाङ्ग भन्छन्– ‘चार जात, छत्तिस वर्णको साझा फूलबारी’मा अब त्यस्ता पछाडि पारिएका आदिवासी तथा दलितहरुलाई केवल “झारपात” मात्रै नसम्झिदिएर बरु राज्यरुपी मालीले सबै जातका भाषिक फूलहरुलाई बराबर स्याहार, गोडमेल गरेर हराभरा र रंगिन फूलबारी पारे पक्कै पनि  पृथ्वीनारायण शाहले चिताएको या देखेको सपना पुरा हुने थियो । यो कुरा पुरा गर्न बहुभाषीक शिक्षा दिनु अपरिहार्य छ ।

[email protected]

प्रतिक्रिया