मिडियामा ह्योल्मो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ मंसिर २०७२, सोमवार
मिडियामा ह्योल्मो

   
लाक्पा ह्योल्मो

     नेपालका सृ्चीकृत ५९ आदिवासी जनजातिमध्ये ह्योल्मो एक हो । २०५८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार ह्योल्मोहरुको जनसंख्या जम्मा ५७९ मात्र देखाइएको थियो । २०६८ को राष्ट्रिय जनगणनामा पनि १ हजार भन्दा बढी कटेको छैन । तर नेपाल ह्योल्मो समाज सेवा संघ लगायत अन्य संघ सस्थाका अनुसार लगभग ह्योल्मोहरुको जनसंख्या २५ हजारको हाराहारीमा रहेको अनुमान छ । ह्याल्मोहरुको मौलिक थलो सिन्धुपाल्चोक, नुवाकोट र रसुवा हो । यसबाहेक काठमाडांै, कास्की, रामेछाप, गोर्खा लगायत हिमाली तथा पहाडी जिल्लाका करिब १५ जिल्लामा समेत उनीहरुको बसोवास छ ।

       सम्पूर्ण ह्योल्मोको प्रतिनिधित्व गर्ने साझा छाता संगठन नेपाल ह्योल्मो समाज सेवा संघ लगायतले आफ्नो भाषा, संस्कृतिलाई जोगाई राख्न केही पत्रपत्रिका तथा पुस्तक प्रकाशन गरेको पाइन्छ । तर दक्ष जनशतिm, व्यावसयिक पत्रकार, लगानीकर्ता लगायतको अभावले प्रकाशन, प्रसारण भैरहेका पत्रपत्रिका तथा रेडियो कार्यक्रमले जीवन्तता पाउन सकेको छैन ।

 सम्पूर्ण ह्योल्मोको प्रतिनिधित्व गर्ने साझा छाता संगठन नेपाल ह्योल्मो समाज सेवा संघ लगायतले आफ्नो भाषा, संस्कृतिलाई जोगाई राख्न केही पत्रपत्रिका तथा पुस्तक प्रकाशन गरेको पाइन्छ । तर दक्ष जनशतिm, व्यावसयिक पत्रकार, लगानीकर्ता लगायतको अभावले प्रकाशन, प्रसारण भैरहेका पत्रपत्रिका तथा रेडियो कार्यक्रमले जीवन्तता पाउन सकेको छैन ।

              ह्योल्मो पत्रकारिताको इतिहास त्यति लामो छैन । पचासको दशकसँगै ह्योल्मो पत्रकारिताको उदय भएको हो की भन्ने अनुमान लगाउन सकिन्छ । ह्योल्मो फाउण्डेशन तथा समुदायिक आत्मनिर्भर सेवा केन्द्रको संयुक्त प्रयासमा २०५३ मा ह्योल्मो संस्कृति विश्लेषण नामक पत्रिका प्रकाशन गरियो । यो पत्रिका  पहिलो अंकमै सीमित छ । सोही बर्ष ह्योल्मो फाउण्डेशनले ह्योल्मो र नेपाली दुबै भाषामा धिङसाङ ह्योल्मो नामक वार्षिक पत्रिका प्रकाशन ग¥यो । यसले भने जेनतेन तीन अंकसम्म निरन्तरता पायो । २०६१ मा पूर्ण ह्योल्मो ज्याल्गा प्रकाशन समूहले ह्योल्मो ज्याल्ग नामक पत्रिका जम्मा २ अंकसम्म प्रकाशन गर्न सक्यो । २०४७ मा स्थापित ह्योल्मोहरुको एक मात्र छाता संगठन नेपाल ह्योल्मो समाज सेवा संघले २०६२ सालमा ह्योल्मो इतिहास विगतदेखि वर्तमानसम्म नामक स्मारिका प्रकाशन ग¥यो । जसमा नेपाली भाषामा ह्योल्मो समुदायका बारेमा लेख रचना समावेश गरिएको छ ।

यसका अलावा व्यक्तिगत प्रयासबाट पनि केही पुस्तक प्रकाशनको जमर्को भएको पाइन्छ । त्यसमध्ये सन् २००४ मा अन्ना मारिया हारी र छेगु लामाको संयुक्त प्रयासमा ह्योल्मो– नेपाली–अंग्रेजी शब्दकोश प्रकाशन गरेको पाइन्छ । २०६० मा अन्ना मारिया हारीबाट नै ह्योल्मो भाषामा ह्योल्मो लू नामक पुस्तक प्रकाशन गरिएको पाइन्छ । जसमा ह्योल्मो भाषाका गीत संगीतबारे चर्चा छ । त्यस्तै, २०६२ मा सागें लामा ह्योल्मोले तपाईको लागि संग्रह नामक कविता संग्रह प्रकाशन गरेका छन् । जति पनि पत्रपत्रिका र पुस्तकहरु प्रकाशन भएका छन्, ती सबै राजधानी काठमाडौबाट मात्र प्रकाशन भएको देखिन्छ

समुदायमा पत्रकारिता सम्बन्धी ज्ञान र रुचि नभएको, दक्ष र व्यावसायिक पत्रकारको अभाव, पत्रिकामा लगानीकर्ताको अभाव हुँदाहुँदै पनि ह्योल्मो समुदायमा मिडियाको विकासले बिस्तारै फड्को मार्दै गएको छ ।

     एफएम रेडियोमा कार्यक्रम

सन् २००५ मा नेपाल ह्योल्मो समाज सेवा संघ, ह्योल्मो फाउण्डेशन र ह्योल्मो समाज सेवा केन्द्रको संयुक्त प्रयोजनमा रेडियो एचविसि एफएममा ह्योल्मो भाषाको पहिलो कार्यक्रम धिङसाङ ह्योल्मो सुरुवात गरियो । सागें लामा ह्योल्मो सञ्चालिका रहेकी कार्यक्रम हरेक आइतवार बेलुकी ६ः३० देखि आधा घण्टा प्रसारण हुन्थ्यो । कार्यक्रममा ह्योल्मो भाषाबाटै सो समुदायको विविध गतिविधिबारे समाचार, सूचना, जानकारीका साथै ह्योल्मो गीत संगीतबाट मनोरञ्जन प्रदान गरिन्थ्यो । कार्यक्रमलाई निरन्तरता दिन धिङसाङ ह्योल्मो संचालन समिति पनि गठन गरिएको थियो । विविध कारणवश रेडियो एचविसि नै बन्द भएपछि धिङसाङ ह्योल्मो कार्यक्रम पनि बन्द हुन गयो । पछि सोही संचालक समितिले रेडियो नमोबुद्ध एफएममा हरेक मंगलवार वेलुका ६ः३० बजेदेखि सात बजेसम्म ह्योल्मो भाषामा ह्योल्मो लुक्सो नामक कार्यक्रम संचालन ग¥यो । 

समुदायमा पत्रकारिता सम्बन्धी ज्ञान र रुचि नभएको, दक्ष र व्यावसायिक पत्रकारको अभाव, पत्रिकामा लगानीकर्ताको अभाव हुँदाहुँदै पनि ह्योल्मो समुदायमा मिडियाको विकासले बिस्तारै फड्को मार्दै गएको छ ।
   
                                                                 
                                

प्रतिक्रिया