राजवंशी भाषाको अवस्था

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२० मंसिर २०७२, आइतवार
राजवंशी भाषाको अवस्था

 फूलसिंह राजवंशी

राजवंशी राजा विश्वसिंह र नरनारायणको समयमा राजवंशी कामरुपी वा कामतापुरी भाषामा लेखिएका अनेक हिन्दू धार्मिक ग्रन्थहरु पाइन्छ । राजवंशी महाराज नरनारायणको युगलाई राजवंशी भाषा साहित्यको स्वर्ण युग भन्नुपर्छ । तर असमिया साहित्यकारहरुले नरनारायणकै काललाई असमिया साहित्यको स्वर्ण युग मानेका छन् भने उता बंगाली विद्वान तथा साहित्यकारहरुले पनि नरनारायणकै युगलाई ठूलो महत्व दिँदै यस युगलाई बंगला साहित्यको उर्वर युग मानिएको छ । तर राजवंशी राजा नरनारायणको समयमा असम र असमिया भाषा थिएन, बंगाल र बंगला भाषा पनि थिएन । वर्तमान कामरुप, पूर्व बंगाललाई समतट, पश्मिम बंगाललाई कर्ण सुवर्ण एवम् दक्षिण समुद्र तटलाई तम्रलिप्त भनिन्थ्यो ।

बंगला भाषा साहित्यको विकास राजाराम मोहनरायको समय (इ.सं. १८००) तिर मात्र देखिन्छ । किन्तुक राजवंशी र नरनारायणको समय (इ.सं. १५००) तिर नै आएको देखिन्छ । अतः यस कुराबाट बुझ्न सकिन्छ कि बंगला भाषा साहित्यभन्दा राजवंशी भाषा साहित्य तीन बर्षको जेठो हो ।

राजवंशी भाषा, साहित्य, संस्कृति उत्थान गर्न, गराउनका लागि वि.सं. २०३९ साल भाद्र ११ गते झापाको भद्रपुर नगरपालिकास्थित देवकोटा स्मृति भवनमा राजवंशी भाषा प्रचार समिति नामक संस्था गठन भएको थियो ।

डा. द्रोणकुमार उपाध्यायले आफ्नो पुस्तक राजवंशी परिचय, भाषा, लिपि र व्याकरण खण्डमा बंगला, मैथिली, असमिया र राजवंशी यी सवै भाषाहरु साह्रै नजिकका नातेदार हुन्, भगिनी भाषा हुन् भनेका छन् । उक्त पुस्तक २० डिसेम्बर १९९८ मा राजवंशी भाषा प्रचार केन्द्रीय समितिबाट प्रकाशित भएको छ ।

भाषा प्रचारमा पहिलो कदम

राजवंशी भाषा, साहित्य, संस्कृति उत्थान गर्न, गराउनका लागि वि.सं. २०३९ साल भाद्र ११ गते झापाको भद्रपुर नगरपालिकास्थित देवकोटा स्मृति भवनमा राजवंशी भाषा प्रचार समिति नामक संस्था गठन भएको थियो । समितिद्वारा इ.सं. १९८२ मा समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशीको सम्पादनमा राजवंशी साहित्यिक पत्रिका उदय (इ.सं. १९८२), साधारण शब्दावली (जुलाई १९९१) राजवंशी भाषा प्रचार समिति (क्या प्रश्नोत्तरमाला) १९९७ अक्टोबर २ मा तथा राजवंशी संस्कृति(इ.सं. २००१) मा राजवंशी बुलेटिन प्रकाशित भएका छन् ।
राजवंशी भाषा प्रचार समिति केन्द्रीय समितिमा परिणत भएपछि २० जनवरी १९९४ मा तत्कालीन सरकारबाट विधिवत रुपमा मान्यता प्राप्त गरेको छ । वर्तमान परिस्थितिमा यो समिति राजवंशी समाज विकास समिति नाममा परिणत भएको छ ।

राजवंशी भाषा बोल्ने मानिसहरु नेपाल, भारत, बंगलादेश र भुटानमा पनि पाइन्छ । भारतको पूर्वाेत्तर क्षेत्रको असमस्थित कोक्राझार जिल्लास्थित चन्द्रपारा उच्च माविको प्रागणमा २३ देखि २५ सेप्टेम्बर २०११ मा राजजंशी भाषा,  साहित्य, संस्कृत सम्बन्धि अन्तर्राष्ट्रिय सेमीनार भएको थियो । त्यो सेमिनारमा भारत लगायत नेपालबाट फूलसिंह राजवंशी, बरतलाल राजवंशी, हंशलाल राजवंशी, सुरेन राजवंशीले भाग लिएका थिए । 

भाषाशास्त्रीहरुका अनुसार राजवंशी भाषा भारोपेली परिवारभित्र पर्दछ । राजवंशी शब्द संस्कृतबाट आएको र संस्कृतबाट उद्भव भएको भाषा हो । ‘चर्चा पद र गोपी चन्द्रेर गान’ महाकाव्य यी राजवंशी भाषाका प्राचीन साहित्य कृति हुन् ।

वर्तमान अवस्थामा नेपालमा तथा विहार, बंगाल असमका राजवंशीहरु राजवंशी भाषा, साहित्य र संस्कृतिको लागि संघर्ष गरिरहेका छन् । राजवंशी समाजका भाषाविद तथा साहित्यकारहरुले राजवंशी भाषाको व्याकरण र शब्दकोष जस्ता महत्वपूर्ण पुस्तक प्रकाशन गर्नुका साथै अनेक पुस्तक पुस्तिका पत्रपत्रिकाहरु प्रकाशित गरिसकेका छन् । राजवंशी भाषामा बोलचाल र लेखन शैलीको विविधतामा एकता ल्याउन धरानमा राजवंशी भाषा बर्ण विन्यास गोष्ठी ५ जनवरी २००४ भएको थियो । गोष्ठीको आयोजना त्रिवि भाषा विज्ञान केन्द्रीय विभाग कीतिपुर तथा नेपाली राष्ट्रिय भाषाहरुको संरक्षण संस्था काठमाडौंबाट गरिएको थियो ।

भाषाशास्त्रीहरुका अनुसार राजवंशी भाषा भारोपेली परिवारभित्र पर्दछ । राजवंशी शब्द संस्कृतबाट आएको र संस्कृतबाट उद्भव भएको भाषा हो । ‘चर्चा पद र गोपी चन्द्रेर गान’ महाकाव्य यी राजवंशी भाषाका प्राचीन साहित्य कृति हुन् । तत्कालीन राजवंशी राजा नरनारायणको आर्दशमा पुरुषोत्तम विद्या बागिसले प्रयोगरत्न शाला नामक संस्कृत व्याकरण लेखेका छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरद्वारा राजवंशी मातृभाषाका लागि कक्षा १ को राजवंशी भाषा किताब वि.सं. २०६६ प्रकाशित भएको छ । यस पाठ्य पुस्तकको लेखन विष्णुप्रसाद राजवंशीले गरेका छन् भने यसको सम्पादन चन्द्रकुमारी राजवंशीबाट भएको छ । यद्यपी यसको पठनपाठनको व्यवस्था सरकारी तवरबाट हुन सकेको छैन ।

प्रतिक्रिया