इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ मंसिर २०७२, मङ्गलवार
इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क गठन


काठमाडौ
आदिवासी जनजातिद्वारा सञ्चालित सामुदायिक रेडियो सञ्चालकहरुको भेला मसिर १३ र १४ गते काठमाडौमा सम्पन्न भएको छ । सो भेलाले ‘इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क’ गठन गरेको छ ।
आदिबासी जनजाति समुदायको हितमा सञ्चालित सामुदायिक रेडियोहरु बीच सहकार्य अगाडि बढाउने उद्देश्ले नेटवर्क स्थापना गरिएको हो । नेटवर्कको ९ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा रेडियो नमोबुद्ध काभ्रेका अध्यक्ष जगत दोङ, उपाध्यक्षमा आफ्नो एफएम ओखलढ्ङगाका बिनुमाया राई, महासचिबमा रेडियो नेवा.ं काठमाण्डौका शान्ताराज शाक्य, सचिवमा रेडियो भोजपुरका सरस्वती तामाङ र कोषाध्यक्षमा समाद एफएम सिरहाका जीवछप्रसाद चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा रेडियो कैरन रामेछापका देव सुनुबार, रेडियो मस्र्याङ्दीका गमप्रसाद गुरुङ, कालिन्चोक एफएमका जीवन लामा र रेडियो त्रियुगाका कौशल चेम्जोङ चुनिएका छन् ।

आदिवासी जनजाति समुदायका संस्कार संस्कृति, भाषा, परम्परागत ज्ञान सीप र मुद्धालाई संस्थागत गर्न आदिबासी पत्रकारहरुले आगामी दिनमा साप्ताहिक कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आदिवासी जनजाति समुदायका संस्कार संस्कृति, भाषा, परम्परागत ज्ञान सीप र मुद्धालाई संस्थागत गर्न आदिबासी पत्रकारहरुले आगामी दिनमा साप्ताहिक कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका छन् ।
आदिबासी जनजातिद्वारा सञ्चालित भएका रेडियोका स्टेसन म्यानेजरहरुको भेलामा आदिबासी जनजाति भएर रेडियो सञ्चालन गर्दा धेरै चुनौतीहरु व्यहोर्नु परेको धारणा अधिकांशकोे थियो । आदिबासी जनजाति समुदायका व्यक्ति भएकै कारण मिडिया क्षेत्रमा बिभिन्न समस्याहरु व्यहोर्नु परेको हुँदा आदिवासी जनजाति समुदायले नै ती समस्यालाई समाधान गर्नुपर्ने आवाज उठेको छ ।

प्रतिक्रिया