पोखरामा मगरातको बृहत शक्ति प्रदर्शन हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० मंसिर २०७२, बिहिवार
पोखरामा मगरातको बृहत शक्ति प्रदर्शन हुने

प्रादेशिक सीमाङ्कन गर्दा ऐतिहासिक मगरात भूमिलाई क्षतविक्षत पारिएको भन्दै मगर समुदायले यसका विरुद्ध सशक्त आन्दोलन गर्ने भएका छन् । संविधानमा मगरात क्षेत्रलाई विभिन्न प्रदेशमा टुक्रायाइपछि संयुक्त संघर्ष समितिले विभिन्न चरणको आन्दोलन गर्दै आइरहेको छ ।

सोही क्रममा मञ्चले आगामी मंसिर २८ गते पोखरामा बृहत् शक्ति प्रदर्शन गर्ने भएको छ । अधिकार र पहिचानसहितको मगरात स्वायत्त प्रदेश घोषणाका लागि संघर्षका कार्यक्रम पनि सार्वजनिक गरिएको छ । मगरात क्षेत्रका १८ वटै जिल्लामा संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरेको समितिले मगरात क्षेत्रसँग जोडिएका अन्य जिल्लामा पनि संयुक्त संघर्ष समिति गठन गर्दैछ । यसै क्रममा गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की र पर्वतमा समेत संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरिएको छ ।

पहिलो चरणको घोषित कार्यक्रमअनुसार मगरात क्षेत्रका १८ वटै जिल्ला र त्यससँग जोडिएका अन्य जिल्लामा समेत सरकारले बनाएको प्रादेशिक सीमाङ्कनविरुद्ध वालपेन्टिङ, होर्डिङ बोर्ड (पोष्टर ब्यानरिङ) लगायत प्रचारात्मक कार्यक्रम, छलफल, गोष्ठी गरिँदैछ ।

त्यस्तै, मौलिक भेषभूषा, धनुषकाँडसहित मगरात क्षेत्रका सबै जिल्ला सदरमुकाममा बृहत् ¥याली प्रदर्शन र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक बसन्त घर्ती मगरले बताएका छन् । रोल्पा, तनहुँ, पाल्पा र बाग्लुङमा पनि बृहत् प्रदर्शनको तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया