थारुहरुको माघी धुमधामको साथ सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ माघ २०७१, बिहिवार

थारु आदिवासीहरुले काठमाडौ लगायत देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर धुमधामका साथ माघे संक्रान्ति मनाए । थारूहरूले यो दिनलाई नयाँ वर्षको रुपमा मनाउँदै आईरहेका छन ।

नयाँ वर्षको अलवा उनीहरु यो दिनलाई स्वतन्त्रताकोे पर्वको रुपमा पनि मनाउँदै आईरहेका छन् ।  मालिकको घरमा एक वर्षका लागि करारमा काम गर्न राखिएका  कमैया र कम्लरीहरू मालिकबाट बिदा लिन चाहेमा माघीकै दिन  फुक्का हुन्थे । र यो दिन उनीहरु आफनो बारेमा निर्णय गर्न स्वतन्त्र हुन्थे ।

सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरे देखि उनीहरु स्वतन्त्रता प्राप्ती गरेका हुन तथापी कतीपय कमैयाबाट मुक्ती पाएका कमैया र कम्लरीहरु उब्जनीका लागि प्रयाप्त जमिन नभएका कारण आर्थिक गुजाराको लागि भौतनु परिरहेको छ ।

थारु अगुवाहरुका अनुसार माघीलाई ठाँउ–विशेषअनुसार माघी, माघ, माघी डेवानी, खिचरा आदि नाम दिई मनाउने चलन रही आएको छ । तर देशका जुनसुकै ठाउँमा वसोवास गर्ने थारुहरुले माघीलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।

थारुहरु अघिल्लो राती नाचगान गरी जाग्राम वस्दछन् । र विहानै सबैजना नजिकैको खोलानालामा नुहाउन जान्छन् । नुहाइसकेपछि आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिने गर्दछन् र प्रत्येक घरघरमा जाने र शुभकामना आदानप्रदान गर्ने गर्दछन् । भने आफ्ना चेलीबेटीलाई उपहार दिने गर्दछन् ।

काठमाडौमा माघी

राजधानीमा बसोबास गर्ने थारूहरूले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव आयोजना गरी एकै थलोमा जम्मा भएका मनाउन थालेका हुन् । यो वर्ष पनि थारुहरुले टुँडिखेलमा माघी महोत्सव आयोजना गरे । त्यसको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको थियो ।

महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला र पहिरन, मौलिक खानाको परिकारहरु, थारुहरुको बारेमा लेखिएको विभिन्न पुस्तकहरु समेत प्रर्दशन गरिएको थियो । साथै, विभिन्न सांस्कृतिक झाँकी र नाचगानहरु पनि आयोजना गरिएको थियो ।


लोकतान्त्रिक प्रक्रिया

माघी थारूहरूको एक महान चाड मात्रै  नभएर लोकतान्त्रिक प्रक्रिया पनि हो । थारुहरुले यही अवसरमा गाउँको अगुवा चुन्ने गर्दछन् । थारुहरुको आफ्नो परम्परगत तथा प्रथाजनित संस्था बडघर मार्फत सामाजिक प्रक्रियाहरु संचालन गर्ने गर्दछन् । समुदायको योजना, कार्यनीति, रणनीति, विकास योजना लगायत सम्पुर्ण कार्यहरु यसै प्रथाजनिक संस्थामार्फत सम्पन्न गर्ने गर्दछन् । यती सम्म की, यदी समाजमा कुनै झैझगडा या अन्याए वा अपराधहरु भएको खण्डामा यही संस्थामार्फत न्याय निशाफ सम्पादन गर्ने गर्दछन् । यही संस्थाको प्रमुख हरेक वर्ष यही अवसरमा चुन्ने गर्दछन् । त्यसकारण प्रत्येक घरको कम्तीमा एक सदस्य उपस्थीत हुनै पर्ने र नभए जरिवाना समेत गर्ने गरिन्छ । त्यसकारण यो दिन थारुहरु चाडको रुपमा मात्र नभएर विशेष अवसरको रुपमा लिने गर्दछन् ।

प्रतिक्रिया