प्रेमप्रकाश चौधरी
दराई जाति नेपालका अल्पसंख्यक जातिमध्ये एक हो । शारीरिक रूपले माझीसँग मेल खाने यस जातिका मानिसहरू मंगोलियनजस्तै देखिन्छन् । कालो वर्णका दुब्ला पातला तथा मिहिनेती दराई सीमान्तकृत समूहको आदिवासी जनजाति हो । राज्यका सम्पूर्ण निकायमा यिनीहरूको सहभागिता दयनीय छ । ठाउँअनुसार यी जातिहरू नाम पछाडि ‘दराई’ वा ‘दरै’ लेख्ने गरेको पाइन्छ ।
भारतमा मध्ययुगमा मुसलमानहरूको आक्रमणबाट तर्सिएर पलायन भएका आर्य नारी र पहाडी खण्डका मंगोलियनहरूको संयोजनको परिणामस्वरूप दराई जातिको उत्पत्ति भएको प्रायः दराई र उनीहरूका वरिपरि बस्ने अन्यले विश्वास गर्छन् । पहाडी बेंसी र भित्री मधेसका भागमा वर्षौंदेखि बस्दै आएका दराई जातिको लिखित इतिहास हालसम्म प्राप्त हुन सकेको छैन । यसैले, उनीहरूको वेशभूषा, चलनचल्ती, सामाजिक रीतिरिवाज र बूढापाकाहरूबाट सुन्न पाइने किंवदन्तीकै आधारमा यिनीहरूको इतिहासको खोजी गर्नुपर्ने स्थिति अद्यावधि विद्यमान रहेको प्रभादेवी कैनीले एक पुस्तकमा उल्लेख गरेकी छन् ।
कालो वर्णका दुब्ला पातला तथा मिहिनेती दराई सीमान्तकृत समूहको आदिवासी जनजाति हो । राज्यका सम्पूर्ण निकायमा यिनीहरूको सहभागिता दयनीय छ ।
सूर्यमणि अधिकारीका अनुसार दराईहरूको वर्ण र आकृति हेर्दा मंगोल मूलका हुन् भन्नेमा कुनै शंका छैन । छोटो कद, अलि नेप्टो नाक, साना आँखा, उठेका गालाका हाड यिनीहरूका शारीरिक विषेशता हुन् । पहाडका बेंसी तथा टार र भित्री मधेसको उष्ण हावापानीयुक्त प्रदेशमा रहने भएकाले यिनीहरूको वर्ण मंगोलियन मूलका अरू मानिसको भन्दा केही कालो हुन्छ । हजारौं वर्षसम्म भारोपेली भाषा बोल्नेहरूको सरसंगतले गर्दा दराई भाषा भारोपेली भाषा परिवारको एक उपभाषिकाका रूपमा देखिन्छ ।
दराई जातिको थातथलो
दराई जातिहरूको पुख्र्यौैली बासस्थान भनेको गण्डकी अञ्चलको तनहुँ जिल्ला हो भनेर दाबी गरिए पनि यी जातिहरू कसरी यो ठाउँमा बस्ती बसाए भन्ने तार्किक तथ्यहरू अझैसम्म कसैले व्यक्त गरेका छैनन् । यद्यपि, दराईहरू भारतको दरभंगाबाट आएको किंवदन्तीहरू चर्चित रहेका पाइन्छन् । तर, दराई समाजका अगुवाहरू यो तर्कलाई आधारहीन तथ्य मात्रै भएको बताउँछन् । धर्मराज थापाले दराईहरू दरौंदी, माडी, सेतीकै र गोरखाको भित्तादेखि आएको कुरा आफ्नो किताब चितवन दर्पणमा उल्लेख गरेका छन् ।
समयको कालक्रमसँगै तनहुँका दराईहरू देशका अन्य भूभाग चितवन, नवलपरासी, गोरखा, धादिङ, रूपन्देही, झापा, बर्दिया, दाङ, मकवानपुरसम्म पनि फैलिसकेका छन् । परम्परागत रूपमा पहाडको समथर खोंच र खोलाका बगरहरूमा यिनीहरूको बसोबास अद्यापि रहेको पाइन्छ । तनहुँ जिल्लाका दराईहरूको बसोबास मादी खोलाको किनारमा अझै पनि रहेको पाइन्छ ।
दराई जाति दशकौंदेखि जंगल छेउछाउको समथर भूभाग र खोलकिनारमा बस्ने हुनाले यिनीहरूको जीविकोपार्जनको पेसा खेतीपाती गर्नु, खोलाका माछा मार्नु नै रहेको पाइन्छ । तर, अहिले माछा मार्ने प्रचलन पनि बिस्तारै हट्दै गएको छ ।
सीमान्तकृत जाति भएकाले राज्यले गणना गर्ने कार्य गर्दा दराई जातिलाई उपेक्षा गरेको उनीहरूको दाबी छ । कतिपय अनुसन्धानकर्ताहरू दराई जाति बौद्ध धर्मावलम्बी हो भनेर कुरा अघि सारेका छन् । तर, उनीहरूको परम्परागत चलिआएको रीतिथितिमा महाभारत, रामायणका पात्रहरूको चरित्रगान हुने गर्छ । यी प्रचलनहरू वर्षौंदेखि चलिआएको दराईहरू स्वीकार गर्छन् । दशकौंदेखि जंगल छेउछाउको समथर भूभाग र खोलकिनारमा बस्ने हुनाले यिनीहरूको जीविकोपार्जनको पेसा खेतीपाती गर्नु, खोलाका माछा मार्नु नै रहेको पाइन्छ । तर, अहिले माछा मार्ने प्रचलन पनि बिस्तारै हट्दै गएको छ ।
स्वायत्तताको चाहना
खासगरी ०४६ सालको आन्दोलनपछि आदिवासी जनजातिहरूले आफ्नो भाषा, संस्कृतिको संरक्षण, जातीय मुक्ति आन्दोलन, महिला आदिवासी आन्दोलन तथा जातीयता स्वायत्तताका लागि थुप्रै आन्दोलनहरू गरेका छन् ।
‘जुगौंजुग बिते । अनेक थरीका मानिस आए, अनेक पौरख, पराक्रम देखाए, लडाइँ गरे । अनि, इतिहास र सभ्यताको सिर्जना गरे । तर, हामी यी सबैदेखि तस्र्यौं, अनभिज्ञ रह्यांै । जंगल र खोलामा सिकार गरेर अनि माछा मारेर जीविका ग¥यौं । न्यानो बगरमा केही खेती ग¥यौं । पुस्तौंपुस्ता बिते । न हामीले संघर्ष ग¥यौं, न सरकारसँग केही माग ग¥यौं, न आज नै यस्तो गर्ने तरखरमा छौं । त्यसैले, हामी नगण्य भयौं । हाम्रो अस्तित्वको कसैलाई वास्ता भएन । ठूलाठूला परिवर्तन र प्रगतिले हामीलाई नाघेर गए । हरेक पटक हामी जंगल र खोंचमा लुक्यौं । यही हो, हाम्रो पुरानो कहानी ।’ यी हरफहरू दनुवार, माझी र दराईको बारेमा समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ पुस्तकमा उल्लेख गरेका छन् । यी हरफहरू हाल पनि एकदमै सान्दर्भिक लाग्छन् । किनकि, दराईहरू सोझा थिए र छन् पनि । अहिलेसम्म उनीहरूले राज्यसँग केही मागेनन्, न त माग्ने तरखरमा देखिन्छन् । आधुनिक राज्यको विस्तार भएयता नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू आए पनि उनीहरूले राज्यसँग कुनै पनि जातीय माग तथा मुद्दाहरू उठाएको छैनन् ।
दराईहरू सोझा थिए र छन् पनि । अहिलेसम्म उनीहरूले राज्यसँग केही मागेनन्, न त माग्ने तरखरमा देखिन्छन् ।
दराईहरू आफ्नो आदिवासी हक–अधिकारको सवालमा पछाडि परेका देखिन्छन् । धेरथोर जिल्ला स्तरमा केही मात्रामा सांगठिनक गतिविधि भए पनि केन्द्रमा उनीहरूको पहुँच एकदमै न्यून छ । ‘नेपाल दराई उत्थान समाज’ले पनि सक्रिय रूपमा आफ्नो गतिविधिलाई बढाएको पाइँदैन । जबकि, ‘नेपाल दराई उत्थान समाज’को स्थापना २०३७ सालमा भर्ई २०५६ सालमा जिल्ला प्रशासन चितवनमा विधिवत् दर्ता भएको थियो । दराई जातिका विद्यार्थी युवाहरूले विद्यार्थी संगठनको निर्माण जिल्ला तहमा सामान्य रूपमा गरे पनि केन्द्र स्तरमा विद्यार्थी संगठन नभएकाले जातीय आन्दोलनमा यिनीहरूको सहभागिता न्यून नै छ ।
धार्मिक विश्वास र मान्यता
शासकहरूको एक भाषा, एक नीति, एक धर्म व्यवस्थाका कारण सोही प्रभावले गर्दा दराईहरू आफूलाई हिन्दू धर्मावलम्बी बताउँछन् । हिन्दू धर्मसम्मत चाडपर्व मनाउने र आफ्नै किसिमले भए पनि महादेव, पार्वती, विष्णु, भवानीजस्ता हिन्दू देवदेवीको अर्चना गर्ने गरेका हुनाले उनीहरूलाई हिन्दू धर्मावलम्बी नै हुन् कि जस्तो पनि देखिन्छ । ‘धेरै लामो समय हिन्दू समाजको सम्पर्कमा रहेकाले उनीहरूले यस्तो प्रभाव ग्रहण गरेका हुन्’ भनेर विद्वान्हरूले उल्लेख गरेको पाइन्छ । तर, जस्तोसुकै धार्मिक परम्पराहरू अवलम्बन गरे पनि दराई जातिको आफ्नै मौलिक परम्परा छ । यिनीहरूले दैनिक जीवनमा गर्ने यावत् क्रियाकलापहरूमा आफ्नै किसिमको प्राकृत धर्मको मौलिकता पाउन सकिन्छ ।
आफूलाई प्रकृतिपूजक भन्ने दराई जाति वर्षैभरि कुनै न कुनै पूजाआजा गर्ने गर्छन् । जसले उनीहरूको दैनिक जीवनलाई सजिलो र खुसी बनाएको महसुस गर्छन् । नेपालका अन्य जनजातिजस्तै दराईहरू अदृश्य शक्तिको विश्वास गरी प्रकृतिको विविध पक्षको पूजा उपासना गर्ने प्रथाका अनुयायी देखिन्छन् ।
दराई समाजमा आफ्ना देवताहरूलाई तल्लो र उपल्लो दर्जाको भनेर वर्गीकरण गरिएको पाइन्छ । उपल्लो दर्जाको देवतालाई परेवा, भेडा, बाख्राको बलि दिनुपर्छ भने तल्लो दर्जाको देवतालाई सुँगुर, कुखुरा, राँगा बलि दिने प्रचलन रहेको छ ।
दराई समाजमा आफ्ना देवताहरूलाई तल्लो र उपल्लो दर्जाको भनेर वर्गीकरण गरिएको पाइन्छ । उपल्लो दर्जाको देवतालाई परेवा, भेडा, बाख्राको बलि दिनुपर्छ भने तल्लो दर्जाको देवतालाई सुँगुर, कुखुरा, राँगा बलि दिने प्रचलन रहेको छ ।
स्वास्थ्य
दराई जातिले बढीजसो परम्परागत औषधोपचारमै विश्वास राख्ने गरेको पाइन्छ । अधिकांश दराईहरू बिरामी भएमा सबैभन्दा पहिले गुराउकहा“ जाने गर्छन् । गुराउकै सल्लाहअनुसार उनीहरूले उपचार पद्दतिलाई अगाडि बढाउने गरेको पाइन्छ । गुराउले भूतप्रेत लागेको छ कि भनेर मन्त्रद्वारा झारफुक गर्छ । उसले औषधीको रूपमा जडीबुटी पनि दिने गरेको पाइन्छ । गुराउले बिरामीलाई सन्चो पार्न सकेन भने मात्र बिरामीलाई स्वास्थ्य चौकी लाने गरिन्छ ।
सुरुका दिनहरूमा दराई जातिले आफ्नै गाउ“घरमा पाइने जडीबुटी खाएर आपूmलाई सन्चो बनाउने प्रयास गर्दथे । जुन निकै फलदायी पनि थियो । तर पछिल्लो समयमा भने उनीहरू पनि आधुनिक चिकित्सा विज्ञानको औषधीमै भर पर्न थालेको पाइन्छ । अहिले दराईहरूले सरसफाईमा पनि निकै ध्यान दिने गरेको पाइन्छ । तराईतिर प्रायः सबैको आ“गनमा पानी तान्ने हाते पम्पहरू देख्न सकिन्छ भने पहाडतिर खानेपानीको त्यति सुविधा भएको पाइ“दैन । खाना पकाउन र दिशापिसाबको लागि दराई समाजमा गोबर ग्यासस“गै चर्पी बनाउने प्रचलन पनि विस्तारै बढ्दै गएको छ । अहिले गाउ“कै छेउछाउमा स–साना क्लिनिक तथा स्वास्थ्यचौकीको स्थापना भएको पाइन्छ । तर पहिलो प्राथमिकता अभैmपनि परम्परागत उपचार पद्दति नै रहेको पाइन्छ ।
गुराउमा विश्वास
दराई समाजमा मुखियापछिको सम्मानित स्थान गुराउको हो । धार्मिक पुजारी तथा औषधी उपचार गर्ने व्यक्तिलाई दराई समाजमा गुराउ भनिन्छ । दराई समुदायमा गुराउलाई दानवीय शक्तिलाई परास्त गर्नसक्ने दैवीशक्ति सम्पन्न व्यक्तिको रूपमा चिनिन्छ । कुनै दैवीप्रकोप तथा रोगव्याधी पैmलियो भने गुराउकै सल्लाहअनुसार पूजाआजा गरिन्छ । पहिले गुराउले पूजाआजा, उपचार आदि गरेवापत कुनै पनि किसिमको दस्तुर लि“दैनथे । तर आजकल उसलाई गच्छेअनुसारको नगद, अन्नपात तथा काम गरिदिएर सेवाको मूल्य चुकाउनुपर्छ । गाउ“मा एक÷दुई जना मात्र गुराउ हुन्छन् । गुराउको अर्को काम गाउ“मा गरिने सबै किसिमको पूजाको आवश्यक सरसामानको संयोजन गर्नु पनि हो । उसकै संयोजकत्वमा सामाजिक पूजापाठहरू सम्पन्न गर्ने गरिन्छ ।
हरेक प्रकारको धार्मिक र सांस्कृतिक कार्य सम्पन्न गर्नका लागि गुराउले दिएको निर्देशन एकदमै महŒवपूर्ण मानिन्छ । दराई समाजमा गुराउलाई सबै प्रकारका रोगव्याधीका ज्ञाता मानिन्छन् ।
हरेक प्रकारको धार्मिक र सांस्कृतिक कार्य सम्पन्न गर्नका लागि गुराउले दिएको निर्देशन एकदमै महŒवपूर्ण मानिन्छ । दराई समाजमा गुराउलाई सबै प्रकारका रोगव्याधीका ज्ञाता मानिन्छन् । कुनै व्यक्ति बिरामी पर्नुका कारणहरू देवीदेवता रिसाएर, बोक्सी लागेर अथवा भूतप्रेत र पिसाचले दुःख दिएर हुनसक्छ भन्ने उनीहरूको विश्वास छ (कैनी, २०६३) ।
कोही बिरामी भए अथवा दुर्घटनामा परे गुराउको सल्लाहअनुसार अघि बढिन्छ । उसकै सल्लाहमा बलि चढाइन्छ । प्रायः बिरामी परेको अवस्थामा परेवा, कुखुराको भाले वा बोकाको बलि दिइन्छ । भूतप्रेतका लागि दोबाटो तथा खोलाको छेउछाउ धुप, चामल, दाल तथा बेसार छर्किने चलन पनि रहेको पाइन्छ ।
वर्तमानमा मुखियाको भूमिका लोप भएर गए पनि गुराउको महŒव अभैm छ । मानसम्मानको दृष्टिले अहिले गुराउको मानसम्मान उच्च रहेको पाइन्छ । सामाजिक कार्यक्रमदेखि विवाहको कार्यक्रमसम्ममा गुराउको सहभागिता अनिवार्य हुन्छ ।
गुराउकहा“ झारफुक गराउन अन्य समुदायका मानिसहरू पनि आउने गर्दछन् । गुराउले झारफुक गर्नुका साथै जडीबुटीको औषधीहरू पनि दिने गरेको पाइन्छ । मन्त्र गरेर र जडीबुटी खुवाएर विभिन्न किसिमको बिरामीहरूलाई ठीक पार्नसक्ने भएकाले मानिसले अभैmसम्म पनि गुराउलाई महŒवका साथ मानसम्मान गर्ने गर्दछन् ।
गुराउ मुखिया प्रणालीजस्तो सामाजिक प्रणाली होइन । कुनै व्यक्ति विशेषले भूतप्रेत तथा रोगव्याधीको प्रभावलाई निस्तेज पार्नसक्ने आफ्नो पुर्खाबाट सिकेको एक किसिमको ज्ञानलाई ऊर्जामा बदल्नसक्ने विश्वास गरिएको व्यक्ति गुराउ हो । गुराउले प्रयोग गर्ने ज्ञानलाई मन्त्र भनिन्छ । बिरामीलाई सन्चो पार्न गुराउले विभिन्न विधिहरू अपनाउन सक्छन् । गुराउले कुनै पनि बिरामीलाई झारफुक गर्दा पहिले आफ्नो सम्पूर्ण देवताहरूको नाम पुकार्ने गर्दछन् । देवीदेवता रिसाएर बिरामी भएको गुराउले ठहर गरेमा त्यही अनुसारको बलि दिने प्रचलन रहेको पाइन्छ ।
शिक्षा
तनहु“कै एक खस शिक्षकले दराई विद्यार्थीको बारेमा भनेका थिए, ‘दराईका बालबच्चाहरू ७÷८ कक्षासम्म राम्रै उपस्थिति रहेको हुन्छ, २६ मा १६ हुन्छन् । तर जब ९÷१० तिर उक्लिन्छन्, त्यसपछि एक÷दुई जना मात्रै स्कुलमा अडिएको पाइन्छ ।’
नेपाल सरकारले सन् २०१५ सम्ममा सबै नेपालीलाई शिक्षित बनाउने लक्ष्य लिएको छ । शिक्षाको अधिकारबाट कोही पनि वञ्चित नहोस् भनेर सरकारले विभिन्न किसिमका प्याकेज कार्यक्रमहरू अघि सारेको छ । तर पनि भौगोलिक विविधताले विकट क्षेत्रका बालबालिकाहरू शिक्षाबाट अभैm पनि वञ्चित छन् । छोराछोरीका लागि विद्यालयले तोकेको पोशाक किनिदिन नसकेर विद्यालय पठाउन नसकेको थुप्रै उदाहरणहरू छन् । माध्यमिक तहसम्म सरकारले निःशुल्क शिक्षाको घोषणा गरे पनि सरकार आफ्नो उद्देश्यमा पुग्न कति सफल हुन्छ, त्यो हेर्न बा“की नै छ ।
जातीय जनसङ्ख्याको दृष्टिले हेर्दा केही पिछडिएका जातिको तुलनामा दराईहरूको शैक्षिक स्थिति केही सन्तोषजनक देखिन्छ । यद्यपि अभैm पनि कतिपयमा छोरीलाई धेरै पढाउनु हु“दैन भन्ने अन्धविश्वास रहेको पाइन्छ । वि.सं. २०४८ र २०५८ को सरकारी तथ्याङ्कले दराईको साक्षरता प्रतिशत क्रमशः ३६.५ प्रतिशत र ६२.३ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी स्नातक गरेकाहरू २०४८ सालको ९ जनाबाट बढेर २०५८ मा ३३ पुगेको छ । तर १० वर्षको अवधिमै साक्षरता प्रतिशतमा दोब्बर वृद्धि देखिनु तथ्याङ्कमाथि शङ्का गर्ने ठाउ“ देखिन्छ ।
तनहु“कै एक खस शिक्षकले दराई विद्यार्थीको बारेमा भनेका थिए, ‘दराईका बालबच्चाहरू ७÷८ कक्षासम्म राम्रै उपस्थिति रहेको हुन्छ, २६ मा १६ हुन्छन् । तर जब ९÷१० तिर उक्लिन्छन्, त्यसपछि एक÷दुई जना मात्रै स्कुलमा अडिएको पाइन्छ ।’ तत्कालका लागि गा“स, बास र कपासको जोहो गर्न उनीहरूले पढाई छाडेको देखिन्छ । पढ्दा सा“झ–बिहान हातमुख जोर्न धौधौ हुने तर त्यही समयमा काम गरे दिनको पचास÷सय रुपैया“ कमाउन सकिने भएकाले उनीहरूको शिक्षातिरको लगाव घटेको अनुमान गर्न सकिन्छ ।
उच्च शिक्षातिर हेर्ने हो भने दराई विद्यार्थीको उपस्थिति एकदमै कम देखिन्छ । तर विस्तारै नया“ पुस्ताले भने पढाईको महŒव बुभ्mदै गएको पाइन्छ । छोरीहरूलाई स्कुल नपठाउने दराईहरूले समेत छोराछोरीलाई बराबर शिक्षा दिनुपर्छ भन्ने गरेको पाइन थालेको छ ।