लिम्बु भाषाको पढाईमा जोड दिएका छौं

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ कार्तिक २०७२, बुधवार
लिम्बु भाषाको पढाईमा जोड दिएका छौं

                            
                                                  अर्जुन लिम्बु,

                                        अध्यक्ष, किरात याक्थुङ चुम्लुङ

                                               
अर्जुन लिम्बु किरात याक्थुङ चुम्लुङको केन्द्रिय अध्यक्ष हुन् । चुम्लुङको बार्षिक नीति बनाउने राष्ट्रिय परिषदमा संलग्नतासँगै केन्द्रिय सदस्य, कोषाध्यक्ष, महासचिव र उपाध्यक्षको जिम्मेवारीसँगै क्रमशः उनी दुईपटक अध्यक्ष भए । प्रस्तुत छ, उनीसँग चुम्लुङको गतिबिधिमा केन्द्रित रही गरिएको कुराकानी ।

किरात याक्थुङ चुम्लुङ कहिले गठन भएको हो ?

हामीले २०४६ साल भदौ १७ गते हाम्रो संस्था दर्ता गरेका हौं । हाम्रो जातीय संस्था दर्ता गर्दा धेरै अप्ठयारो स्थितिको सामना गर्नु प¥यो । शुरुमा जातीय संघ संस्था खोल्नेहरुलाई सम्प्रदायिक दंगा फैलाउने, बिखण्डनकारी, राष्ट्रघातीको संज्ञा दिइन्थ्यो । हामी यी सबै चुनौती झेल्दै आज यहाँसम्म आइपुगेको छौ । यसको १३ वटा पुर्वी पहाडी जिल्लामा शाखा छ ।

संस्था जुन उद्धेश्यले स्थापना गरियो । त्यो कत्तिको पुरा भएको छ ?

लिएका उद्धेश्य सबै पुरा पक्कै हुँदैन । हाम्रै संस्थाको पहलमा चासोक तम्नाम पर्वको दिन सार्वजनिक बिदाको घोषणा सरकारले गरेको हो । आफ्नो उद्येश्यलाई मार्गनिर्देशन गर्दै अघि बढ्ने क्रममा भाषा, संस्कृति र परम्परा जगेर्ना गर्न लागी परेका छौं । लिम्बु भाषामा शिक्षा, क्षमता अभिबृद्धि, बिषय बस्तुको उठान गर्ने, आफ्नो वर्गको वकालत गर्ने, जनचेतना र संजाल निमार्णको लागि हामी दत्तचित भएर लागेका छौं ।

 लिम्बु भाषामा शिक्षा, क्षमता अभिबृद्धि, बिषय बस्तुको उठान गर्ने, आफ्नो वर्गको वकालत गर्ने, जनचेतना र संजाल निमार्णको लागि हामी दत्तचित भएर लागेका छौं ।

संस्थाको कार्यसमितिमा लैंगिक सहभागिता कस्तो छ ?

महिलालाई पनि पुरुष सरह शिक्षा, स्वास्थ्य र हरेक क्षेत्रमा समान अवसर उपलब्ध गराउनुपर्छ भन्ने मान्यता हामी राख्छौं । त्यसैले, लैंगिक सहभागिताको सवालमा केन्द्रिय कार्य समितिमा महिला ५० प्रतिशत छन् । उनीहरुको अर्थपूर्ण सहभागिता छ ।

किरात याक्थुङ चुम्लुङबाट हाल मुख्य रुपमा के कस्ता कार्यक्रम सञ्चालित छन् ?

पुर्वको जिल्लाहरुमा लिम्बु भाषामा प्राथमिक स्तरको पढाइ शुरु भएको छ । हाम्रो माग उच्च माविसम्म मातृभाषाको अध्ययन अनिवार्य हुनुप¥यो भन्ने छ । औपचारिक शिक्षा सँगसँगै मातृभाषामा अनौपचारिक शिक्षा पनि समय समयमा हामीले दिने गरेका छौं । त्यस्तै महिलाका लागि आर्थिक उत्थान र स्वरोजगारको बिभिन्नखाले तालिमहरुको पनि ब्यस्था गर्ने गरेका छौ, जसको प्रतिफल राम्रो आएको छ । 

पुर्वको जिल्लाहरुमा लिम्बु भाषामा प्राथमिक स्तरको पढाइ शुरु भएको छ । हाम्रो माग उच्च माविसम्म मातृभाषाको अध्ययन अनिवार्य हुनुप¥यो भन्ने छ । 

तपाईको जातीय संस्थाको कार्यालयको भौतिक संरचना हेर्दा संस्था धेरै सम्पन्न छ जस्तो देखिन्छ । आर्थिक सहयोग कसले  गर्छ नि ?


राजधानी लगायत अन्य जिल्लामा पनि चुम्लुङ हिम (सामुदायिक भवन) हाम्रो संस्थाको नाममा  छ । पहिलो त  आफ्नै समुदायबाट आर्थिक रुपिमा सहयोगको हार्दिक अपिल गर्छौ । आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले पनि सानोतिनो सहयोग गरेको छ  र कहिलेकाही  दातृसंस्थाबाट पनि सहयोग पाइएको छ ।

लिम्बुवान राज्यको मागबारे यहाँको भनाइ के छ ?

नेपाल बहु भाषिक, बहु धार्मिक, बहु संस्कृतिले भरिएको देश हो । यहाँका सबै जातजतिको पहिचानसँगैको मागलाई सम्बोधन गर्दै एक जातिको हकहितको संरक्षण गर्ने भन्ने निहुँमा अर्को जातिको पतन नहुने हिसाबले अब जायज प्रदेशको खाका कोरिनुपर्छ । सबै जातिलाई अधिकार सम्पन्न बनाउनुपर्छ । लिम्बुवान राज्यको मागको सम्बोधन हुनैपर्छ ।

प्रतिक्रिया