प्राकृतिक स्रोतबाट बञ्चित हुँदैछ सुनुवार समुदाय

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ कार्तिक २०७२, सोमवार
प्राकृतिक स्रोतबाट बञ्चित हुँदैछ सुनुवार समुदाय


पूर्व सभासद दाल कुमारी सुनुवार

सुनुवार जाति ओल्लो किरात अथवा दोलखाको वारी पारी बस्छन् । नेपालको सुनकोशी, दूधकोशी, तामाकोशी, लिखूको आसपासमा बसोबास गर्ने कोइच सुनुवारहरुको जनसंख्या ५५ हजार ७१२ जनगणना २०६८ ले देखाएको छ ।

हामी सुनुवार जातिहरुको आफ्नै बारी, आफ्नै जग्गा थियो । हामी सुनुवार जातिको मुखियाझैं तालुकहरु जीमबाल, दुवारेहरु हुन् । अहिले सरकारले सुनुवार जातिलाई रुवाएर राखेको छ । साथै हामी ओल्लो किरात सुनुवार, माझ किरात राई पल्लो किरात लिम्बु सबै एउटै हौ । यो सुनुवार, राई, लिम्बु सबै किरातका सन्तान जस्तै हुन् ।

लिखु खोला र सुनुवार समुदायबीच नङ मासुको सम्बन्ध छ । लिखु खोलामा नै उनीहरु माछा मार्ने, सिंचाइदेखि लिएर खानेपानीको प्रयोग गर्दै आएका हुन् । तर अहिले विभिन्न हाईड्रो पावरवालाहरु आएर खोला आफ्नो नाममा गरेको अवस्था छ । हाम्रो भुमि गुप्तेसोर, लिखु खोला वरपर जुन किपट भुमि हो, त्यो हड्पिएको छ । त्यो जग्गा किनेको व्यक्तिले चाहि हाईड्रो पावर बनाउछु भनेको छ रे । तर हाईड्रो पावर नबनाएर भित्रभित्रै बिक्रीवितरण गर्ने काम भइरहेको छ । एकले अर्को व्यक्तिलाई बेच्ने कार्य भई रहेको छ । त्यस कारणले यो लिखु खोला मात्र हैन, आदिवासी जनजातिको अनुमति बिना यी लगायत बिक्री भइरहेका सबै सबै खोला व्यक्तिको स्वामित्वबाट समूहमा ल्याउन जरुरी रहेको छ ।

लिखु खोला र सुनुवार समुदायबीच नङ मासुको सम्बन्ध छ । लिखु खोलामा नै उनीहरु माछा मार्ने, सिंचाइदेखि लिएर खानेपानीको प्रयोग गर्दै आएका हुन् । तर अहिले विभिन्न हाईड्रो पावरवालाहरु आएर खोला आफ्नो नाममा गरेको अवस्था छ । हाम्रो भुमि गुप्तेसोर, लिखु खोला वरपर जुन किपट भुमि हो, त्यो हड्पिएको छ ।

हाइड्रो पावर बनाएपछि शाखा खोला सुक्यो, माछा मार्न पाइएन, खेत रोप्न पनि पाईएन । यहाँ सम्म कि खानेपानी नै बन्द भयो । उसले हाईड्रो पावरबाट व्यक्तिगत रुपमा पैसा खाने भयो । तर समुदायले के पायो ? क्षतिपुर्ति दिन्छु भन्छ तर दिदैन । सारा दुनियाको बारी खनेर, गरीवहरुलाई रुवाएको छ ।  हाईड्रो पावर बनाउनाले क्षति पुगेका घरधनीलाई यथाशीघ्र क्षतिपुर्ति दिइनु पर्छ । यो हाईड्रो पावर बनाएकोमा म चाहि खुसी छैन ।

खोला मात्रै होइन, बनको कुरा पनि उस्तै छ । पहिले घाँस, दाउरा आफ्नो खुसीले काट्न पाइन्थ्यो । किपटको धनीले र साथी भाईहरु सबैले खुसीले चलाउन पाईन्थ्यो । अहिले सामुदायिक बन बनाउने समुहलाई मात्र फाइदा भयो । किनभने एउटा गाबिसमा एउटा कार्यसमिति बन्यो । तर त्यो कार्य समितिले बनजङगल फाँडेर, बेचेर रित्तो बनायो । गाउँको मान्छेले भने एउटा पनि दाउरा पनि काट्न नपाईने, घाँस काट्न नपाईने अवस्था छ । समितिका मान्छेले लाखौको काठ बेचेर बन जङगल दिनहुँ रित्तो बनाउँदैछन् ।

खोला मात्रै होइन, बनको कुरा पनि उस्तै छ । पहिले घाँस, दाउरा आफ्नो खुसीले काट्न पाइन्थ्यो । किपटको धनीले र साथी भाईहरु सबैले खुसीले चलाउन पाईन्थ्यो । अहिले सामुदायिक बन बनाउने समुहलाई मात्र फाइदा भयो ।

जङगलमा कालिज, घोरल, मृग लगायत बिभिन्न चरा, पशुहरु हुन्थे । तिनलाई हामीले पहिला जथाभावी मार्दैन थियो । बनका चराहरु पहिले हामीले घरको कुखुरा काटेर खाएझै खान पाउँथ्यो । अहिले त बनका केही कुरा छुन दिंदैनन् । संरक्षक भनाउँदाहरुले चाहि मारेर खाने गर्छन् । पहिले मेरा ससुरा बाहरुले कुनै जनावर मारेमा त्यसको एउटा फिला सरकारी व्यक्तिलाई दिनु पथ्र्यो । यसरी सम्झौतामा वन्यजन्तु खान पाईन्थो पहिले । अहिले ती दिन सकिए ।

दशै २०१८ सालसम्म सबैले मान्नै पर्छ भन्ने थियो रे । अहिले चाहि धेरैले जवर्जस्ती लाडिएको हिन्दु धर्म मान्न छाडे र आफ्नो जातको संस्कृति नै मान्न थालेका छन् । केहीले दशै माने पनि प्रायः सेतो टीका लाउँछन् । यो सांस्कृतिक जागरण आएको राम्रो कुरा हो । खासमा किरात धर्म हो हाम्रो । 

  पूर्व सभासद दाल कुमारी सुनुवारसंग कुराकानीमा आधारित

प्रतिक्रिया