जनजाति र दशैं

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ कार्तिक २०७२, सोमवार
जनजाति र दशैं


डा. तारालाल श्रेष्ठ

 

शक्तिका अनेक स्वरुपले अनेक आयाममा मूलधारबाट बाहिर हुत्याइएका, हरेक तवरले तल पारिएका वर्ग, हेपिएका, पिल्सिएका समुदाय अर्थात् सल्बार्टन वर्ग समुदायका बारेमा अध्ययन र अनुसन्धान गरिरहेको अवस्थामा मैले आदिबासी जनजातिका विगत र वर्तमान अवस्थालाई पनि अध्ययन गरिरहेको छु । आदिवासी जनजातिका भाषा, साहित्य र संस्कृतिलाई पनि अध्ययन गरिरहेको छु ।

संस्कृति मानव सभ्यताको मुख्य आधार हो । सबै संस्कृतिको महत्व हुन्छ । यद्यपि, संस्कृति सबै महान हुन्छ भन्ने हैन । हैकमवादी पनि हुन्छन् संस्कृति । सांस्कृतिक हैकम अझ बढी दीगो र खतरनाक हुन्छ । वर्तमान नेपालमा हिन्दु संस्कृतिले अन्य संस्कृति, अर्थात् आदिवासी जनजातिको संस्कृतिलाई पेलेको पेलै छ । अति महत्वपूर्ण भइकन पनि राज्यसत्ताले अन्यजनको संस्कृति ठानेर ठेलेको ठेलै पेलेको पेलै गरेर अति अधिनस्थ र सीमान्तकृत अवस्थामा पु¥याइएको छ । परायाकरणको मारमा परेर अन्यजनका संस्कृतिहरु मासिदै गएका छन् ।

 दशैं दशा होइन । यसको पनि आफ्नै विशेषता छन् । तर दशैंलाई अति बढी महत्व दिनु र आम आदिवासी जनजातिको संस्कृतिलाई भने परायाकरण गर्नु दुर्भाग्य हो ।

सांस्कृतिक हैकम अन्य हैकमभन्दा पनि धेरै नै शक्तिशाली हुन्छ । अहिलेसम्म नेपालमा हिन्दुबादी सांस्कृतिक हैकमले नेपालका अन्य जातिका संस्कृतिलाई थिचिएको अवस्था छ । हिन्दु धर्मलाई संरक्षण गर्नकै लागि नेपाल सरकारबाट दशैंमा बोनस दिने गरिन्छ । यति मात्र हैन, नेपाल सरकारले हिन्दु धर्मलाई बचाउ गर्नका लागि दशैमा लामो बिदा दिने गर्छ । हिन्दु संस्कार संस्कृतिलाई बढी संरक्षण गरेकै हो र अन्यलाई बेवास्ता गरेकै हो । दशंैलाई बहिष्कार गर्नेभन्दा पनि यसका केही सकारात्मक कुरालाई लिएर अगाडि जानु पर्छ । 
जनजातिका मौलिक पहिचानहरुलाई पनि समान किसिमले अगाडि लाने गर्नु पर्छ । हामी सबैको संस्कृतिको समान महत्व र हैसियत छ भन्ने कुरा हामीले बुझ्नु पर्छ । नेपालका आदिवासी जनजति मध्येको थारुको संस्कृति यति धेरै रङ्गीन रहेको छ, त्यो भनि साध्य छैन । यी र यस्ता संस्कृतिको हामी सबैले सम्मान गर्नु पर्छ । नेपालमा पर्यटनहरु आउनुको मुख्य कारण भनेको सांस्कृतिक मौलिकता हेर्न आउनु नै हो । बिदेशीहरु नेपालमा क्रिश्चियनको संस्कार संस्कृति हेर्न आएका हैनन् । न त हिन्दुको मात्रै संस्कृति हेर्न आएका हुन् । उनीहरु नेपालको बहुल सांस्कृतिक मौलिकतालाई हेर्न आएका हुन् ।

बिश्वका अनुसन्धानकर्ताहरु किन यो संस्कृतिको पछि लागेका छन् भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ । त्यसै त, अनुसन्धानकर्ताहरु संस्कृतिको अनुसन्धान गर्न हिंड्दैनन् होला । यदि हामीले आफ्ना राम्रा संस्कृतिलाई जोगाएर राख्न सक्यो भने सबैको लागि राम्रो हुन्छ । संसारकै मानव सभ्यताको नीति हो हाम्रा विविध संस्कृति । दशैं दशा होइन । यसको पनि आफ्नै विशेषता छन् । तर दशैंलाई अति बढी महत्व दिनु र आम आदिवासी जनजातिको संस्कृतिलाई भने परायाकरण गर्नु दुर्भाग्य हो ।

सल्बार्टन बारे विद्याबारिधी गरेका लेखक त्रिवि अंग्रेजी केन्द्रिय विभागमा प्राध्यापनरत छन्

प्रतिक्रिया