सुशील चौधरीको बिरही बाँसुरी विमोचित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ असोज २०७२, शनिवार
सुशील चौधरीको बिरही बाँसुरी विमोचित

काठमाडौ

मालिक !
हिजोसम्म मलाई कज्याउँदा
चेपारो पार्दै मेरै भाषा र लवजमा
बात मार्दा कत्ति पनि दकस लागेन तिमीलाई
लामो लडाईपछि आज,
मेरो भाषाले पनि सरकारी मान्यता पाउँदा
लेख्न र बोल्न पाउने हुँदा
किन, सकस लाग्दैछ तिमीलाई ?

असोज २३ गते कवि सुशील चौधरी आफ्नो नवीनतम कविता संग्रह बिरहुल बसियाबाट स्वशासनको उद्घोष शीर्षकमा कविता बाचन गर्दै थिए शिल्पी थियटर बत्तीसपुतलीमा । नेपाल प्रज्ञा प्रतिष्ठानका कविता विभाग प्रमुख प्राज्ञ अमर गिरीले बिरहुल बसिया अर्थात् बिरही बाँसुरी कविता संग्रहको विमोचन गरे । पुस्तकबारे टिप्पणी गर्दै प्राज्ञ अमर गिरीले भने– सुशीलका कवितामा देशलाई एकतामा बाँध्ने सुत्र छ । थारु लगायत जनजातिको अधिकारको मागबारे कवितामा बिषयबस्तु आएको छ । सरकारले थारुका जायज मागलाई पूरा गर्नुपर्छ ।

चम्पन सांस्कृतिक समूहको प्रकाशक रहेको बिरही बाँसुरी कविता संग्रहमा २३ थान कविता छन् । सबै कविता थारु तथा नेपाली भाषामा छ । संभवतः दुबै भाषामा आएको यो पहिलो कृति हो । कृष्णराज सर्वहारीले कविको बामपन्थी धारले उनका प्रायः सवै कविता प्रगतिशील रहेको बताए । सो अवसरमा चम्पन सांस्कृतिक समूहको विविध खालको आधा दर्जन थारु नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । कार्यक्रम समूहका अध्यक्ष नन्दुराज चौधरी सर्वहितको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया