थरुहट आन्दोलनकारीका घाइतेलाई विदेशबाट सहयोग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ असोज २०७२, सोमवार


काठमाडौ

थरुहट आन्दोलनकारीका घाइतेलाई उपचारर्थ साउदी अरबमा बस्दै आएका थारुहरुले सहयोग गरेका छन् । साउदी बस्दै आएका विवेकशील थारु युवा समूह सुनसरी, मोरङका सदस्यहरुले १ लाख १ सय १ रुपैया थारु एराउण्ड वल्र्ड मार्फत् सहयोग पठाएका हुन्  ।

थारु एराउण्ड वल्र्डका अध्यक्ष महावीर चौधरीका अनुसार सो सहयोग रकम खासगरी कैलालीको भदौ ७ को टीकापुर घटनामा घाइते भएका थरुहट आन्दोलनकारीका घाइतेहरुको उपचारमा खर्च गरिने छ । घटनाको भोलिपल्ट कफ्र्युको बीचमा टीकापुरका थारु समुदायका करीब १९ घर, पसलमा आगजनी गरिएको थियो । पसलमा आगजनी भएर असुरिक्षत महशुश गर्दै हाल काठमाडौमा रहेका एक थारु व्यापारीले भने– करीब ५ सय आन्दोलनकारीलाई प्रहरीको छर्रा लागेको अनुमान छ । खुला ढंगले अझै पनि जिल्लामा उपचार गराउने अवस्था छैन । मानवीयताको नाताले सबैले सहयोग गरे राम्रो हुने थियो ।

त्यसअघि अमेरीका बस्ने थारुहरुले थारु कल्याणकारिणी सभा मार्फत् ३ लाख उपलब्ध गराएका थिए ।

प्रतिक्रिया