चर्चेको २ सय बर्षमा पनि लालपूर्जा पाइएन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ असोज २०७२, बिहिवार
चर्चेको २ सय बर्षमा पनि लालपूर्जा पाइएन


काठमाडौ

लेले ललितपुरकी कमला श्रेष्ठ आफ्ना पुर्खाले २ सय बर्ष भन्दा अघिदेखि बनाएको घरबासको लालपूर्जा नुहँदा समस्यामा परेको बिलौना गर्दै थिइन् । उनी भन्दै थिइन्– बैशाख १२ को भूकम्पले पुरै घर लडायो । घर पूर्ण रुपले क्षति भएमा सरकारले २ लाख रुपैया दिने भएको छ । तर घरबासको लालपूर्जा नहुँदा क्षतिपूर्ति दावी गर्न पाइएन ।

राष्ट्रिय भूमिअधिकार मञ्च नेपालद्वारा असोज १३ गते आयोजित पुनर्निर्माणको  प्रकृयामा भूमिसुधारको सवाल बिषयक् सम्वाद श्रृंखलामा कमला श्रेष्ठले उक्त विलौना गरेकी हुन् । कमलाको टोलमा करीब १५० घरको घरबासको लालपूर्जा छैन । जसमा सबैजसो नेवार समुदायका छन् । उनीहरु बेनिस्सा घरबासको लालपूर्जाको लागि कानुनी लडाई लड्दै छन् ।

कार्यक्रममा भूमि प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक कृष्णराज बिसीले आफ्नो नेतृत्वमा असोज ११ गते भूउपयोग नीति संशोधन भइ पारित भएको जनाउँदै भने– नीति जतिसुकै राम्रो भए पनि त्यो कार्यान्वयनमा आएन भने काम हुन्न । त्यसैले यसको कार्यान्वयन पक्षमा जोड दिइनु पर्छ । राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका अध्यक्ष सुरेश ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया